आर्थिक

    Showing 321-330 of 4,486 items.
  • दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ ।मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी छन् । उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि।स। २०४५ सालदेखि नै केहि उद्योगहरुले भाडा तिर्न बाँकी राखेका थिए । केहि दिन अगाडि करि

    • प्रकाशित मितिः असार १६, २०८३
    • 225 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं—  नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ओरालो लागेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा यो भारी गिरावट आएको व्यवसायीहरूले बताए

    • प्रकाशित मितिः असार १६, २०८३
    • 387 पटक पढिएको
  • कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक पूर्ण अवरुद्ध

    मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।सोमबार मध्य राति करिब १२:३० बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । निरन्तर वर्षा भइरहेका कारण पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ ।मंगलबार बिहान ५ः३० बजेदेखि ठिंगनस्थित पहिरो पन्छाउने कार्य सुरु गरी ६ः३५ बजे सडक खुलाइएको छ ।त्यसलगत्

    • प्रकाशित मितिः असार १६, २०८३
    • 161 पटक पढिएको
  • अर्थ समितिको बैठक बस्दै

    काठमाडौं— अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः असार १६, २०८३
    • 409 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७१ पै

    • प्रकाशित मितिः असार १६, २०८३
    • 421 पटक पढिएको
  • बाजुरामा धान दिवस तथा रोपाईँ महोत्सवको रौनक, प्रविधि र उत्पादन बढाउन जोड

    बाजुरा— बाजुरामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित यहाँका नौं वटै स्थानीय तहले यो बर्षको राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाएका हुन् ।कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाको कृषि शाखाको आयोजनामा दिवस मनाइएको छ । दिवसमा अवसरमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, किसान र पत्रकारहरु किसानकै खेतबारीमा पुगेर हर्षोल्लासका साथ दिवस मनाएका हुन् । जमिनमा अर्गानिक मल, परम्परा, संस्कृति र प्रविधिलाई आत्मस

    • प्रकाशित मितिः असार १५, २०८३
    • 453 पटक पढिएको
  • बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषयः सभामुख अर्याल

    काठमाडौं—  सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्।सोमबार महालेखापरीक्षक कार्यालयको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन उल्लेख गर्दै आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अध्यावधिक बेरुजु रु. ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको तथ्य सार्वजनिक भएको बताए।उनले भने,‘बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन सक्दैन। तथापि महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन पल्टाउँदा २०८१/८२ मा मात्र रु

    • प्रकाशित मितिः असार १५, २०८३
    • 417 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।  आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार १५, २०८३
    • 402 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं—  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०० पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ

    • प्रकाशित मितिः असार १५, २०८३
    • 451 पटक पढिएको
  • सीमा सुरक्षाको वास्तविक अवस्था बुझ्न गृहमन्त्री गुरुङको गोप्य अनुगमन

    वीरगञ्ज— सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गर्न गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकामा कुनै पूर्वसूचना नदिई आकस्मिक अनुगमन गरेका छन्।पहिचान गोप्य राख्न उनले कालो टोपी, फेस मास्क र सनग्लासको प्रयोग गरेका थिए। यस क्रममा उनी पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जानकी टोला, ड्राइपोर्ट तथा बाराको कलैया उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मटियार्वा नाका पुगेका थिए।अनुगमनका क्रममा मन्त्री गुरुङले सुरक्षाकर्मीलाई जानकारी नदिई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयले विशेषगरी रातिको समयमा साइकलमार्फत हुने तस्करी बढ्दो रहेको

    • प्रकाशित मितिः असार १४, २०८३
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.