आर्थिक

    Showing 3,851-3,860 of 4,500 items.
  • कोरोनाबाट मृत्यु भएका परिवारलाई २५ हजार सहयोग

    झापा / स्याङ्जाको  वालिङ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई नगद २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पालिकाले काजकिरिया खर्चका लागि केही राहत दिने उद्देश्यले सो रकम उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले जनाए । कोरोना कारण परिवारका सदस्य गुमाएका व्यक्तिका आश्रित परिवारलाई नगरपालिकाले रकम दिएको हो ।नगरपालिकाले बनाएको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । उनका अनुसार, अहिलेसम्म ४९ जनाले राहत नगद लगेका छन् ।अब प्रक्रियामा ६० भन्दा बढी छन् ।  पालिकाले अहिलेसम्म १२ लाख २५ हजार

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 124 पटक पढिएको
  • सोमबार नेपाली बजारमा सुन चाँदीको भाउ

    बिर्तामोड /  सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजाबी सुनको भाउ ९२ हजार कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 114 पटक पढिएको
  • अवैध रुपमा खानी उत्खनन गर्ने ठूला सिमेन्ट उद्योगलाई न्यून जरिवाना

    बिर्तामोड / प्राकृतिक स्रोत अवैध दोहन गर्ने ठूला सिमेन्ट  उद्योग  कानुनी कारवाहीमा परेका छन्  ।गुणस्तरहित सिमेन्ट उत्पादनमा संलग्न रहेको अभियोगमा  दुई ठूला मारुती र युनाइटेड सिमेन्ट  उद्योग कानुनी कारवाहीमा परेका हुन्   । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा करिव सवा अर्ब रुपैयाँ बराबरको चुनढुंगा अवैध रुपमा उत्खननमा संलग्न रहेको मारुती र युनाइटेड सिमेन्ट लगायतका उद्योगलाई न्यून जरिवाना तिराएर धेरै कमाउने मौका दिइएको सार्वजनिक भएको छ । अवैध रुपमा खानी उत्खननमा संलग्न मारुती र युनाइटेड सहितका ९ वटा उद्योगले अनुमति नै नलिएको स्थानमा उत्खनन

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 109 पटक पढिएको
  • २९ सय अंक माथि नेप्से परिसूचक

    काठमाडौं  / शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो ।आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, नेप्से परिसूचकले नयाँ रेकर्ड भने भेट्टाउन सकेको छैन । ३२ सय अंकमा पुगेर घट्ने क्रममा लागेको शेयर बजार पछिल्लो केही सातादेखि भने बढ्ने क्रममा छ ।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 111 पटक पढिएको
  • नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा सहुलियतपूर्ण ऋण स्वीकृत

    काठमाडौँ / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि करिब ४६ अर्ब ७० करोड रुपियाँ (३९ करोड ५९ लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । कोषले ‘इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (ईसीएफ)’मार्फत शून्य ब्याजदरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । ऋण सहायतामध्ये करिब १३ अर्ब चार करोड रुपियाँ तत्काल पहिलो किस्तामा प्राप्त हुने र बाँकी रकम क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ ।यो सहायताले कोभिड –१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा

    • प्रकाशित मितिः माघ १, २०७८
    • 110 पटक पढिएको
  • आजको नेपाली बजारमा सुनचाँदीको मूल्य

    बिर्तामोड  / सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।पछिल्लो चार दिनदेखि निरन्तर सुनको मूल्य बढिरहेको हो । यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 127 पटक पढिएको
  • मल खरिद प्रक्रिया अन्तिम चरणमा : कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भारतसँग जीटुजी सरकारको माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ । सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिएका छन । अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उनले बताए ।भारतीय दूतावासले दिल्लीबाट पत्र आउन बाँकी रहेको जानकारी दिएको छ । कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदानप्रदान कार्यक्रम भौतिक रूपमा हुने दुतावा

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 125 पटक पढिएको
  • साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज विरुद्ध भ्रष्टाचारको आरोप

    काठमाडौं// साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाएको छ।  तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियारले १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको हो।  पासवानले आफ्नो जिम्मामा रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात् मल डेलिभरी गर्नुपर्नेमा नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरेकाले मुद्दा चलाएको बताइएको छ। आयोगले सार्वजनिक संस्थाको सम्पत्ति रासायनिक मल हिनामिना गरेको अभियोगमा बुधबार विशेष अदालतमा मु

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 137 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण विभागद्वारा इच्छाराजको सम्पत्ति मूल्याङ्कन

    म्याग्दी / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता रहेको रियल इस्टेट्स कम्पनीअन्तर्गतका घरहरूको मूल्याङ्कन थालेको हो । सोही क्रममा विभागले गत साता तामाङसँग बयान पनि लिइसकेको छ । तामाङ आवद्ध सिभिल सेभिङ्स एन्ड को–अपरेटिभ्सको विषय बढी संवेदनशील देखिएकाले सम्भव भएसम्म छिटो मुद्दाको प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले बताएको छ ।तामाङलाई मुद्रा, बैंकिङ, व

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 132 पटक पढिएको
  • बालुवाटार जग्गा प्रकरण : जमानीमा छुटे सुवेदी दम्पती

    काठमाडौँ / ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको सीआईबीका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ। त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीक

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 126 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.