आर्थिक

    Showing 4,271-4,280 of 4,501 items.
  • प्रदेश –१ मा विदेशबाट फर्केकालाई १ प्रतिशत व्याजमा ऋण

    विराटनगर / प्रदेश एक सरकारले विदेशबाट फर्केका युवालाई १ प्रतिशत व्याजमा तिन वर्षका लागि १० लाख सम्म ऋण उपलब्ध गराउने भएको छ । विदेशबाट फर्केका युवालाई उद्यमी बनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ऋण प्रभावका लागि कृषि विकास बैंकसँग सम्झौता गरेको छ ।बजेट मार्फत प्रदेश सरकारले ल्याएको प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्र्तगत विदेशबाट फर्केका युवालाई १० लाखसम्म ऋण उपलब्ध गराउन बैंकसँग सम्झौता भएको मन्त्रालयले जनाएको छ ।ऋण प्रभावका लागि मन्त्रालयकी सचिव निरू दाहाल पाण्डे र बैंकका प्रदेश निर्देशक बाशु अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।साउन महिनाबाट सुरु हुने कार्यक्र

    • प्रकाशित मितिः असार १८, २०७८
    • 312 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    बिर्तामोड / नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार १८, २०७८
    • 200 पटक पढिएको
  • अवैध रुपमा ल्याएको ७० बोरा चिनीसहित एक पक्राउ

    विराटनगर  / भारतदेखि अवैध रुपमा ल्याएको  चिनीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवीगन्ज गाउँपालिका –२ का  ट्रक चालक २८ वर्षीय राजेश कुमार खत्वी रहेका छन् ।  खत्वीलाई तस्करी भएर आएको ७० बोरा चिनीसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।  विओपी बखरीले विराटनगर –६ ब्रम्हापुरादेखि अवैध चिनीसहित १ ख २१२९ नम्बरको मिनी ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए । प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ

    • प्रकाशित मितिः असार १८, २०७८
    • 249 पटक पढिएको
  • मनकामना स्मार्ट लघुवित्तको आइपिओ खुल्यो

    काठमाडौं / मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन आइपिओ बिक्री खुला गरिएको छ । बिहीबारबाट बिक्री खुला भएको आइपिओ असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । तीन करोड ८९ लाख बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिएका छन् ।प्रतिकित्ता  १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको हो । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट

    • प्रकाशित मितिः असार १७, २०७८
    • 141 पटक पढिएको
  • निषेधाज्ञा खुकुलो भएसँगै होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो

    बिर्तामोड / होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले निषेधाज्ञा खुकुलो भएसँगै आफ्ना उत्पादनको स्कुटर तथा मोटरसाइकलको मूल्य बढाएको छ । नयाँ मूल्यसूची अनुसार कम्पनीले आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गरेको हो ।होन्डाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी ड्रिम डीएलएक्सको मूल्यमा ३ हजार रुपैयाँले बढाएको छ । सिडी ड्रिमको बढेको मूल्य अनुसार ग्राहकले अब १ लाख ९१ हजार ९ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।त्यसैगरि कम्पनीले साइन र यूनिकर्नको मूल्य ४ हजार रुपैयाँका दरले बढाएको छ । बढेको मूल्य अनुसार सिबी साइन डीएसएसको २ लाख २९ हजार ९००, साइन एसपी–डीआरएसको २ लाख ३९ हजार ९००, साइन एसपी९डीएसएसको

    • प्रकाशित मितिः असार १७, २०७८
    • 139 पटक पढिएको
  • भारतले हटायो, पाम तेल माथिको प्रतिबन्ध

    विराटनगर / नेपालबाट निर्यात हुने बस्तुको सुचीमा पहिलो नम्बरमा लामो समय रहेको र पछिल्लो समयमा भारतीय प्रतिबन्धका कारण निर्यात रोकिएको पाम तेलको निर्यात फेरि सुचारु हुने भएको छ । भारत सरकारको डाइरेक्टर जनरल अफ फरेन ट्रेडले बुधबार सूचना निकालेर नै पाम तेलको आयात खुला गरेको हो ।तेस्रो मुलुक मलेसिया र इन्डोनेसियाबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारतका उद्योगीले भारत निर्यात गर्दै आएका थिए । एक वर्ष अघि अर्थात गत साल असारमा नै भारतले पाम तेलको आयातमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्ध हुन अघि नेपालबाट वार्षिक करिव २५ अर्ब रुपैयाँ बराबरको पाम तेल भारत निर्यात हुने गरेको थियो ।एक वर्ष अघि भारत सरकारले

    • प्रकाशित मितिः असार १७, २०७८
    • 350 पटक पढिएको
  • ह्वात्तै घट्यो सुनको मूल्य, आज तोलाको कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने गत मङ्गलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार १६, २०७८
    • 306 पटक पढिएको
  • सुनसरीमा मौलायो तस्करी, प्रहरी मासिक असुलीमा व्यस्त

    विराटनगर / कोरोनाको दोस्रो लहर आएसँगै दुई महिना देखि नेपाल भारत सीमा बन्द छ । सर्वसाधारणलाई सीमापारि जान र आउन समस्या भएपछि अवैध कारोबारी बढ्न थालेको छ ।  सीमामा खटिएका सुरक्षाकर्मी तस्करको हितैसी भएपछि चोरी पैठारी र निकासी निकै मौलाएको छ । चोरी निकासी र पैठारी नियन्त्रणका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति भए पनि तस्करी नियन्त्रणमा खासै भूमिका निर्वाह गरेको भने देखिएको छैन ।सुनसरीमा भारतसँग सीमा जोडिएको ६१.९ किलोमिटरमा सशस्त्रका एक दर्जन बोर्डर आउट पोस्ट (बिओपी) छन् । नेपाल प्रहरीको पनि सीमा प्रहरी चौकी सोही सङ्ख्यामा रहेको छ । सुनसरीको विभिन्न ५१ वट

    • प्रकाशित मितिः असार १६, २०७८
    • 416 पटक पढिएको
  • स्याउ तस्करी प्रकरण : डीआईजी कै घुमुवा संलग्न

    विराटनगर / सुनसरीको सीमावर्ती क्षेत्रबाट भएको भनिएको चिनियाँ स्याउ तस्करी प्रकरणमा प्रदेश प्रहरी कार्यालय विराटनगरकै घुमुवा संलग्न रहेको खुलेको छ । प्रदेश प्रमुख डीआईजी मातहतको घुमुवा टोलीकै सहयोगमा तस्करी भएको आशंका भइरहेको समयमा यो विषयको खुलासा भएको हो ।स्याउ तस्करी प्रकरणका विषयमा छानविन गर्न बनेको एसएसपी राजेन्द्र प्रसाद चौधरी नेतृत्वको समितिले तस्करीमा प्रदेश प्रहरी कार्यालयका घुमुवा नै संलग्न रहेको भन्दै उनीमाथि कारवाहीको सिफारिस गरेपछि यो विषय थप पेचिलो बनेको छ ।  भारतीय प्रहरीले गत जेठ ३० गते नेपालबाट अवैध रुपमा गएको चाइनिज स्याउ बरामद गरेपछि यो विषयमा छानविन सुरु भएको थियो

    • प्रकाशित मितिः असार १४, २०७८
    • 289 पटक पढिएको
  • आज कति छ सुनचाँदीको मूल्य ?

    बिर्तामोड  / नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार २०० रुपैयाँले बढेको सुनको भाउ सोमवार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, सोमवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः असार १४, २०७८
    • 229 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.