आर्थिक

    Showing 4,311-4,320 of 4,501 items.
  • तोलाको ७ सयले घट्यो सुनको मूल्य

    बिर्तामोड / आज सुनको मुल्य तोलाको सात सयले घटेको छ । आइतबार ६ सयले घटेको सुनको भाउ साताको दोस्रो दिन  आज (सोमबार) पुन ७ सयले घटेको हो। आज छापावाला सुनको प्रतितोला ९३ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३६५ मा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 112 पटक पढिएको
  • एक्सल बैंकले हकप्रद शेयर निष्कासन गर्ने

    बिर्तामोड / झापाको बिर्तामोडमा मुख्य कार्यालय रही प्रदेश एकमा कारोवार गरिरहेको एक्सल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निश्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।बैंकले १०.३ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत जेठ २७ गते बोर्डमा आवेदन दिएको हो । बोर्डमा दिएको आवेदन अनुसार बैंकले २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ ।हकप्रद सेयर निश्कासनका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 153 पटक पढिएको
  • शेयर बजारमा नयाँ रेकर्ड : करिव २० अर्वको कारोवार

    काठमाडौं / नेपाल स्टक एक्सचेञ्जमा आइतबार हालसम्म कै उच्च कारोबार भएर नयाँ रेकर्ड बनेको छ । आईतवार १९ अर्ब ५५ करोड १ लाख रुपैंयाको कारोबार भएको हो ।गत २०७८ जेठ २३ गते आइतबार १७ अर्ब २७ करोड १७ लाख रुपैंया बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ४५ वटा कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि समेत भएको छ ।      आईतवार नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको छ ।नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पन

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 165 पटक पढिएको
  • शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकद्धारा सात अर्ब २० करोड सहयोग

    काठमाडौँ / नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि  विश्व बैंकले सात अर्ब २० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्याथीएका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गरेका छन् ।“मानव पूँजी विकास

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 237 पटक पढिएको
  • सरकारी निकायको मौनता , खल्तीबाट हुँदैछ अवैध सट्टेबाज

    बिर्तामोड / विश्वकप छनौटका जारी खेल सहित ठुला फुटवल र क्रिकेट प्रतियोगिताका नाममा डिजिटल भुक्तानी प्लेटफर्म खल्ती उपयोग गरि दैनिक करोडौ रुपैयाको सट्टेबाज हुने गरेको पाईएको छ । हाल जारी फुटबल र क्रिकेटका ठुला खेलमा डिजिटल प्लेटफर्म उपयोग गरी दैनिक करोडौ रुपैयाको बाजी हुन थालेको हो ।डिजिटल प्लेटफर्म खल्ती उपयोग गरी नेपालमा समेत वान एक्स बेट मार्फत् सट्टेबाज भइरहेको छ। सामाजिक संजालमा भईरहेको वान एक्स बेटको प्रचार र विज्ञापन देखेर नेपालमा पनि दैनिक सट्टेबाज खेल्नेको संख्या बढ्न थालेको छ ।ई सेवा र खल्ती सहितका डिजिटल भुक्तानी प्लेटफर्मबाट  ‘वान एक्स बेट’ मा गएर प्रतियोगिताका नाममा करोडौं रुपै

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 231 पटक पढिएको
  • प्रदेश सभा बैठक : प्रदेश १ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु

    विराटनगर / प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु भएको हो ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री शेरधन राईले बिहीबार नै सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए ।प्रदेश सभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सदस्यहरु उमीता विश्वकर्मा, केदार कार्की, धीरेन्द्र शर्मा, प्रतापप्रकाश हाङ्गाम,

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 202 पटक पढिएको
  • सुनिल कुमार पोखरेल सिभिल बैंकको (सिइओ) मा नियुक्त

    काठमाडौँ / सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त भएका हुन् । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए ।  सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 110 पटक पढिएको
  • तमुः समाज बेलायतद्वारा ११ लाख २५ हजार सहयोग

    लण्डन / बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आएकी राधा पौडेलको फाउण्डेशनलाई रु तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए ।तमुः समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो । जसको प्रचार–प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 105 पटक पढिएको
  • सुपारी सहितका बस्तु आयातको खेल : आलोचना र दबाब छल्न खोज्दै सरकार

    बिर्तामोड / तेस्रो मुलुकबाट आयात गरी भारत निकाशिका लागि मिलेमतोमा सुरु भएको सुपारी केराउ छोकडा र मरिचको अनौठो कारोबार अनि खेलका विषयमा चौतर्फी कुरा उठेपछि दवावमा परेको सरकारले आयातमा कडाई गर्ने भएको छ ।गुप्तचर खबरले सुपारी आयातका विषयमा निरन्तर समाचार प्रकाशन र प्रसारण गरेपछि मिलेमतोमा भएको अर्वौ रुपैंयाको यो खेलको विषयमा चौतर्फी कुरा उठेको थियो । सत्तासिन दल एमालेको ओली समुहका झापाका सवै सांसद नै मिलेमतोमा भएको यो खेलको विरोधमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न खोजेको हो । अनौठो यो धन्दाका कारण अर्वौ रुपैंया हुण्डीबाट बाहिरिने गरेको र मुलुकलाई अर्वौ रुपैंया नोक्सान हुने गरेको तथ्य सार्

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 221 पटक पढिएको
  • प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम छिटो कार्यान्वयन गर्न जोड

    काठमाडौँ / नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष  शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई छिटो कार्यान्वयन गर्न माग गरेको छ ।अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्ने लगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मन्त्री पौडेल समक्ष मङ्गलबार हस्तान्तरण गरेका हुन् । मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी रूपमा छिटो कार

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.