आर्थिक

    Showing 4,341-4,350 of 4,501 items.
  • बजेट : मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि

    बिर्तामोड/ सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् । उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन् । यससँगै मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 402 पटक पढिएको
  • बजेट : वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट

    बिर्तामोड / सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ ।आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।कोभिडबाट अत्याधिक प्रभावित होटल, ट्राभल, चलचित्र उद्योग, सञ्चार, हवाई कम्पनीको कर योग्य आयमा एक प्रतिशत मात्रै आय कर लाग्ने व्ववस्था गरिएको छ । ती उध्योगले अब १० वर्षसम्म नोक्सानी सार्न पाउने भएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 135 पटक पढिएको
  • बजेट : स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज

    बिर्तामोड / सरकारले सांसदहरुमार्फत निर्वाचन क्षेत्रमा विकास योजना छनोट गर्ने कार्यक्रम ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ ।शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् ।गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा सरकारले यो कार्यक्रममा प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँ विनियोजन गरेको थियो

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 124 पटक पढिएको
  • बजेट : विमानस्थल पूर्वाधारका लागि २० अर्ब ३१ करोड

    बिर्तामोड / आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थलले प्राप्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ ।भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ  । आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 137 पटक पढिएको
  • बजेट : सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

    बिर्तामोड / सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना –१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 106 पटक पढिएको
  • बजेट : १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गर्ने

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै  ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 112 पटक पढिएको
  • बजेट : पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि १५ अर्ब ३४ करोड बजेट

    बिर्तामोड / सरकारले प्रमुख शहरहरू बीचको दूरी अधिकतम् २ घण्टाको हुने गरी सडक बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।सडकहरुलाई अधिकतम् गतियुक्त, सुरुङमार्ग, उचाईयुक्त पुल, फ्लाइओभर वन्यजन्तुमार्गसहित बनाउने घोषणा बजेटले गरेको छ । सबै सडकको जीआईएस म्यापिङ तयार गर्ने र चुरे क्षेत्रमा टनेल बनाउने घोषाा पनि भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 110 पटक पढिएको
  • बजेट : विद्युतीय सामग्रीको आयातमा भन्सार छुट

    बिर्तामोड / सरकारले विभिन्न विद्युतीय उपकरणको आयतमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ । विद्युतीय चुलो, रिफ्रिजेरटर, माइक्रोवेब ओभनको भन्सार महसुल घटाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।विद्युत खपतको बढाउनका लागि प्रोत्साहन गर्न यस्तो नीति लिइएको हो।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 117 पटक पढिएको
  • बजेट : द्रूतमार्गका लागि ८ अर्ब १५ करोड

    बिर्तामोड / सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् ।७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग पनि बनाउन थालिने छ । महादेव डाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमि लामो सुरुङमार्ग बनाइने भएको छ ।चार लेनको यो सडक बनेपछि निजगढबाट खोकनासम्म लगभग १ घन्टामा आइपुगिने अनुमान छ । डीपीआरअनुसार सडकको चौडाइ पह

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 111 पटक पढिएको
  • बजेट : पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

    बिर्तामोड / सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.