आर्थिक

    Showing 4,351-4,360 of 4,501 items.
  • बजेट : आगामी वर्ष १ हजार ६२९ मेगावाट बिजुली थप हुने

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप हुने अनुमान सार्वजनिक गरेको छ ।आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाको निर्माण सकाएर राष्ट्रिय प्रसारणमा १६ सय २९ मेगावाट बिजुली थप हुने उल्लेख छ ।अर्थमन्त्री विष्णु पौडेलले सुख्खासयाममा समेत आन्तरिक माग धान्न सकिने गरी माथिल्लो तामाकोसीबाट २२८, रसुवागढीबाट ११, सान्जेनका दुई आयोजनाबाट ५६, माथिल्लो त्रिशुली थ्रीबीबाट ३७, राहुघाटबाट ४०, मध्यभोटेकोसीबाट १०२ र निजी क्षेत्रका आयोजनाबाट १५५ गरी १ हजार ६२९ मेगावाट थप बिजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 187 पटक पढिएको
  • बजेट: आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 129 पटक पढिएको
  • बजेट : आँबुखैरेनी–पोखरा सडक चार लेनको बनाउन ७ अर्ब २७ करोड

    बिर्तामोड / पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नति तथा विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको छ ।पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनको बनाउने योजनालाई सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड चार लेनको बनाइँदैछ ।सरकारले यसका लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशकै र देशकै प्रतिक्षित आयोजनाअन्तर्गत पृथ्वी राजमार्गका स्तरोन्नति तथा विस्तारले पोखरा–काठमाडौंलाई सहज र छोटो दूरीमा जोड्नेछ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 118 पटक पढिएको
  • बजेट : सुकेटार विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारी नामाकरण

    बिर्तामोड / सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ ।उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । साथै यति समूहका संस्थापक स्व। आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 129 पटक पढिएको
  • बजेट : माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

    बिर्तामोड / सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो ।गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए । सरकारले यससँगै अन्य ठाउँमा धार्मिक पर्यटनको विकासका लागि पनि बजेट विनियोजन गरेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 101 पटक पढिएको
  • बजेट : पहाडको बाटोमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य

    बिर्तामोड / सरकारले पहाडको ओरोलो बाटो ढलानमा नेपाली सिमेन्ट फलामको प्रयोग अनिवार्य गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । पानीको बहाव धेरै हुने, छिटो बिग्रीने र भिरालो सडक ढलानमा यस्तो सडक ढलान गरिने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 121 पटक पढिएको
  • बजेट : मेलम्चीमा अर्को परियोजना थपिने

    बिर्तामोड / सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यो रकम चालु आव हाराहारी नै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।यस बजेटमा मेचम्ची आयोजनामा खर्च हुने थप रकम समेत समावेश छ । सरकारले एक घर एक धारा कार्यक्रम चलाउने बताएको छ ।पिउने पानीको निर्यात गर्न लगानी आकर्षित गर्ने नीति सरकारको छ । काठमाडौंमा पानी वितरण भइसकेको आवस्थमा सरकारले वितरणतर्फ खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको छ । सरकारले मेलम्चीको दोस्रो परियोजना सुरु गर्ने घोषणा पनि गरेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 177 पटक पढिएको
  • बजेट : पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गरिने

    बिर्तामोड / सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 121 पटक पढिएको
  • बजेट : रेलमार्गका लागि सरकारले छुट्यायो १० अर्ब ३ करोड

    बिर्तामोड / सरकारले पूर्वपश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 121 पटक पढिएको
  • बजेट : पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन

    बिर्तामोड / सरकारले पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । निर्यात गर्ने निजी क्षेत्रलाई करमा छुट दिनेसम्मका योजना सरकारले बनाएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसैगरी सरकारले अन्य निर्यात जन्य उद्योगहरुलाई पनि प्रोत्सहन दिने उनले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.