आर्थिक

    Showing 4,361-4,370 of 4,501 items.
  • बजेट : बालविकास कार्यकर्ताको तलब १५ हजार

    बिर्तामोड / सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास सहयोगी कार्यकर्ताको तलब वृद्धिको घोषणा गरेका हुन् ।बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 102 पटक पढिएको
  • बजेट : सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

    बिर्तामोड : सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 107 पटक पढिएको
  • बजेट : चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको करमा छुट

    बिर्तामोड / सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् । साथै, चलचित्र क्षेत्रलाई आर्थिक वर्ष २०७८/ ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको पौडेलले बताएका छन् ।पहिलो र दोश्रो चरणको कोरोनाको महामारीका कारण चलचित्र क्षेत्र ठूलो समस्यामा परेको छ । प्रदर्शकहरुले लकडाउन र निषेधाज्ञाको समयमा लाग्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न सरकारसँग माग गर्दै आएका थिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 177 पटक पढिएको
  • बजेट : अव निजी क्षेत्रले पनि आयोडिनयुक्त नुन उत्पादन गर्न पाउने

    बिर्तामोड / सरकारले आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउने घोषणा आगामी वर्षका लागि ल्याएको बजेट मार्फत गरिएको छ । हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 118 पटक पढिएको
  • बजेट : ४० माइक्रोन सम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध

    विर्तामोड /  सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरेका छन् ।यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयन हुन सकेको थिएन ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 119 पटक पढिएको
  • बजेट : पुनर्कर्जाका लागि १३ अर्ब विनियोजन

    बिर्तामोड /  सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ । लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन सरकारले यो बजेट विनियोजन गरेको हो ।यसैगरी सरकारले माध्यमिक तथा उच्च माध्यमिक स्तरका विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 120 पटक पढिएको
  • बजेट : २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट

    बिर्तामोड / सरकारले खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 116 पटक पढिएको
  • बजेट : तरकारी ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान

    बिर्तामोड /  सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।‘फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने । यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 114 पटक पढिएको
  • बजेट : खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

    बिर्तामोड / निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ ।आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषण गरेका हुन् । निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने उनले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 121 पटक पढिएको
  • बजेट : ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

    बिर्तामोड / सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 196 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.