आर्थिक

    Showing 4,371-4,380 of 4,501 items.
  • बजेट : पशुपति विकास संरक्षणका लागि ३५ करोड विनियोजन

    बिर्तामोड / कोरोना महामारीको बेला धेरै रकम स्वास्थ्य क्षेत्रमा बिनियोजन गर्नुपर्नेमा सरकारको प्राथमिकतामा धार्मिक क्षेत्र परेको छ ।विभिन्न धार्मिक क्षेत्रको बिकासका लागि रकम बिनियोजन गरेको सरकारले हिन्दु धर्मावलम्बीधको आस्थाको केन्द्र पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि ३५ करोड रकम विनियोजन गरेको छ ।राम मन्दिर बनाउनेदेखि सरकारले देशका विभिन्न क्षेत्रमा रहेका धार्मिक क्षेत्रको बिकासका लागि बजेट तय गरेको छ । आगामी वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 143 पटक पढिएको
  • बजेट : हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि यो बजेट विनियोजन भएको हो ।हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छयो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्व–पश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । यो राजमार्गको

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 196 पटक पढिएको
  • बजेट : युवा तथा खेलकुदको बजेट २ अर्ब ७४ करोड

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो ।यस पटक पनि भौतिक पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र प्रशिक्षणदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 133 पटक पढिएको
  • बजेट : शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

    बिर्तामोड  / सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८र७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 153 पटक पढिएको
  • बजेट : कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोज

    बिर्तामोड / सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको बजेट वृद्धि गरेको छ।आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि र पशुपन्छीको क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जाकनरी दिए । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो ।सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ। रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्‍याइएको छ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 165 पटक पढिएको
  • बजेट : शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

    बिर्तामोड / शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 158 पटक पढिएको
  • बजेट : निषेधाज्ञामा उद्योगलाई ५० प्रतिशत घरभाडा छुट

    बिर्तामोड / सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञा समयअवधिभर ५० प्रतिशत भाडा छुट पाउने जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 143 पटक पढिएको
  • बजेट : सरकारले बेरोजगारलाई १०० दिनको रोजगारी दिने

    बिर्तामोड / सरकारले बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगारलाई कम्तिमा १०० दिनको रोजगारी दिने भएको छ ।आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ तथा स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न १२ अर्

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 165 पटक पढिएको
  • बजेट : गरिबी निवारण कोष खारेज

    बिर्तामोड / सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिए ।गरिबी निवारण कोष खारेजको सरकारले आगामी आर्थिक वर्षदेखि ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रमलाइ निरन्तरता दिइने बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 167 पटक पढिएको
  • बजेट : निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपतगर्ने साना उद्योगीलाई शत प्रतिशत छुट

    बिर्तामोड / निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई घरेलु तथा साना उपभोक्ताले शत प्रतिशत छुट पाउने भएका छन् ।आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शत प्रतिशत छुट दिने व्यवस्था सुनाएका हुन् । त्यस्तै मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।त्यसैगरी निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको पनि जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 241 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.