आर्थिक

    Showing 4,381-4,390 of 4,501 items.
  • बजेट : सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

    बिर्तामोड / सरकारले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम सुकुम्बासीका लागि बिनियोजन गरेको जानकारी दिए ।भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको मन्त्री पौडेलले बतए । उनले गैर कानूनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 135 पटक पढिएको
  • बजेट : ल्यापटप किन्न बिद्यार्थीलाई सरकारले ८० हजार ऋण दिने

    बिर्तामोड / सरकारले विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ ऋण उपलब्ध गराउने गराउने भएको छ ।आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ बताए छन् ।त्यसैगरी १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 193 पटक पढिएको
  • बजेट : रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

    बिर्तामोड / सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 202 पटक पढिएको
  • बजेट : तलबसहित सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा

    बिर्तामोड / सरकारले सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने भएको छ ।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 346 पटक पढिएको
  • बजेट : स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड

    बिर्तामोड / सरकारले कोरोना महामारी तथा रोक थामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको लागि १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन जानकारी दिए ।निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 145 पटक पढिएको
  • बजेट : सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

    बिर्तामोड / सरकारले वृद्धभत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गरेका हुन् ।हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक  पाँच हजार रुपैयाँ सम्म भत्ता दिने उद्घोष गरेको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 165 पटक पढिएको
  • बजेट : कोरोना विरुद्ध लड्न २६ अर्ब ७५ करोड बजेट

    बिर्तामोड  / सरकारले कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हरेक कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन बजेट प्रस्तुत गरेका हुन् ।चालू आर्थिक वर्षको बजेटमा कोरोना उपचारका लागि ६ अर्ब रुपैयाँ छुट्याएको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 143 पटक पढिएको
  • बजेट : अक्सिजन उद्योगका उपकरण आयातमा भ्याट र कर पूर्ण छुट

    बिर्तामोड / सरकारले अक्सिजनको अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिएको छ ।शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयातमा भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिने गरी बजेट ल्याइएको बताएका हुन् ।उनले सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने पनि बताए ।उनले कोरोना महामारीको अवधिभर अक्सिजन उद्योगहरुलाई अक्सिजन उत्पादनमा लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने व्

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 128 पटक पढिएको
  • बजेट : स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान

    बिर्तामोड / सरकारले स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान विनियोजन गरेको छ ।शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/0७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले पौडेलले प्रदेशलाई वित्तिय सामानिकरण ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण विनियोजन गरेका हुन् ।सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ । समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन प्रस्तुत भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 153 पटक पढिएको
  • यस्तो थियो : नेपालको पहिलो बजेट

    बिर्तामोड / संवैधानिक प्रकृया र कानुन मिचेर संसद विघटन गरेको सरकारले आज आगामी वर्षका लागी वजेट ल्याउँदै छ । नयाँ बजेट आउने तयारी भइरहँदा नेपालको पहिलो बजेट कस्तो थियो भनेर जानकारी गराउन हामीले बजेटको यो ईतिहाँस हाम्रा पाठकका लागि प्रस्तुत गरेका छौं ।यस्तो छ ईतिहाँस००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । वि.सं. २००८ सालदेखि नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । त्यसबेला नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।तत्कालीन समयका अर्थमन्त्री सूवर्ण समशेर राणाले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थि

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 245 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.