आर्थिक

    Showing 4,391-4,400 of 4,501 items.
  • कोभिडको कारण आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ : अर्थमन्त्री

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताएका छन् ।सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उनले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका हुन् ।केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । उनले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए । यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे । त्यसैगरी राष्ट्रिय ख

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 137 पटक पढिएको
  • एम्बुलेन्सलाई रकम जुट्दै रेडक्रस सोसाइटी

    तनहुँ / ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै २६ लाख रुपैयाँ सङ्कलन भएको छ । गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले नौ महिनामा २५ लाख ५६ हजार जुटाएको हो । विभिन्न व्यक्ति संघसंस्थाबाट १५ लाख नगद सङ्कलन भएको छ । त्यस्तै १० लाख ५६ हजार बोलकबुल अनुरुपको रकम उठ्न बाँकी रहेको उपशाखाका सभापति रामदत्त पौडेल बताए । व्यासनगरपालिकाले पाँच लाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रले तीन लाख र विभिन्न व्यक्तिबाट दुई लाख ५६ हजार रुपैयाँ उठ

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 142 पटक पढिएको
  • मन्त्री आलेद्वारा अक्सिजन खरीद गर्न एक लाख सहयोग

    काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए । अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 123 पटक पढिएको
  • सुपारीको जालो : अर्थ–मन्त्रालय र राष्ट्र बैंकले छानविन गर्ने

    चन्द्रमणि कट्टेलबिर्तामोड / अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैकले सुपारीको अनौठो कारोवार भित्र भईरहेको हुण्डी कारोवारका विषयमा चासो देखाएका छन् । गुप्तचर खबरले यो विषयमा नियमित समाचार प्रकाशन गर्न थालेपछि मन्त्रालय र राष्ट्र बैकले चासो देखाएका हुन् ।केहि दिन अघि गुप्तचर खबरले सरकारबाट कोटामा सुपारी आयातको अनुमति पाएका फर्म तथा व्यवसायीक कम्पनीले सरकारी निकायसँगको मिलेमतोमा भन्सार मुल्याङ्कन कम देखाएर कर छलीरहेको र हुण्डीबाट करिव तिन अर्व रुपैंया पठाउन सुरु गरेको विषय सार्वजनिक गरिदिएपछि आन्तरीक छानविन सुरु भएकोे मन्त्रालय स्रोतले जानकारी गराएको छ ।मिलेमतोमा मुलुकमा आवस्यक नै नरहेको सुपारी ल्याउ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 6,386 पटक पढिएको
  • ओरालो लाग्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

    बिर्तामोड / नेपाली बजारमा सुनको मुल्यमा हिजो भन्दा आज केही गिरावट आएको छ । स्थानीय बजारमा हिजो सोमबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज मङगलबार तोलाको २०० रुपैयाँले ओरालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला  ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयामा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला  २०० रुपैयाले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयामा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयामा कारोबा

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 116 पटक पढिएको
  • ११ वर्ष पछि स्वदेशी वस्तु निर्यातमा वृद्धि

    काठमाडौँ / चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को पहिलो दश महिनाको (साउदेखि वैशाखसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब आठ अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब छ करोड ४६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।सरकारले गत आव २०६६÷६७ मा रु एक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि च

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 148 पटक पढिएको
  • आज फेरी बढ्यो सुनको मूल्य

    काठमाडौं / आज सोमबार सुनको मूल्य उकालो लागेको छ । आइतबारको तुलनामा आज सुनको भाउ १०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको छ ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।आइतबार प्रतितोला १ हजार ३४५ मा कारोबार भएको चाँदी आज १ हजार ३५० मा खरिदबिक्री भइरहेको छ । आइतबारको तुलनामा सोमबार चाँदी ५ रुपैयाँले घटेको हो ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 115 पटक पढिएको
  • नेप्से हालसम्मकै उच्च स्थानमा, बजार पूँजीकरण ३९ खर्ब १३ अर्ब

    काठमाडौँ / कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका कारण घरमै रहेको तथा विद्युतीय कारोबारलाई बढावा दिइएका कारण नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो । साताको पहिलो दिन आज नेप्से ३२.८१ अङ्कले वृद्धि भई दुई हजार ८२० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.२३ ले वृद्धि भई ५०७.२० मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । कारोवार रकमसमेत झण्डै १२

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 141 पटक पढिएको
  • कोरोनाबाट मृत्यु भएकालाई १० हजार राहत

    दमौली / तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए ।नगरपालिकामा हालसम्म ६ सय १६ जनाको पिसिआर परीक्षण गरिएकामा ४ सय ३३

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 117 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा गिरावट, आज कति घट्यो त सुनको मूल्य ?

    काठमाडौं / कोभिड –१९ महामारीका कारण जारी निषेधाज्ञाको समयमा नेपाली बजारमा सुनको भाउमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।हिजो बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आज सोही रकम बराबर गिरावट आउँदा प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९२ हजार ८०० रुपैयाँ रहेको छ ।यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.