आर्थिक

    Showing 4,401-4,410 of 4,501 items.
  • अक्सिजन प्लान्टका लागि रु ७५ लाख

    काठमाण्डौ / प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार रु ७५ लाख बजेटको व्यवस्था गरेको छ । नेकपा ९एमाले०का युवानेता एवं सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका लागि उक्त बजेटको व्यवस्था गरेका हुन् ।उनले भने, “कोभिड–१९ को दो

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 116 पटक पढिएको
  • सांसद विकास कोषको पैसाले औषधि र सिलिण्डर खरिद

    जाजरकोट / सांसद विकास कोष (पूर्वाधार कार्यक्रम)अन्तर्गत रहेको १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ ।पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै १८ लाख रुपैयाँको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । उक्त रकमबाट ४० वटा सिलिण्डर, औषधि र अन्य स्वास्थ्य उपकरण पूर्वमन्त्री बस्नेतले पठाएको अधिकृत घर्तीले जानकारी दिए ।ती सिलिण्डर सुर्खेतमा तयारी अवस्थामा राख्ने र आवश्यकतानुसार अक्सिजन आपूर्तिमा परिचालन गर्ने अधिकृत घर्तीले बताए । कोरोनाका कारण ठूलो सङ्ख्यामा स्थानीयवासी बिरामी भई

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 136 पटक पढिएको
  • कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष

    कर्णाली / नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले एक करोड रुपैयाँ राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए । उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोगको अपिल गरिनेछ । बैठकले कर्णालीका विभिन्न ज

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 101 पटक पढिएको
  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि चार अर्ब ३२ करोडको सहमति

    काठमाडौँ / कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको सहमति दिएको छ ।  मन्त्रालयले आज २६  केन्द्रीय अस्पताल र नौ  प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र  ट्यांकका लागि दुई अर्ब  ९५ करोड २० लाख रुपैयाँ बराबरको सहमति दिएको हो । मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको जनाएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 110 पटक पढिएको
  • अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहकारी द्धारा आर्थिक सहयोग

    धनगढी / सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिएको बताए । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवनरक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ ।सोही अभियानका लागि क्लबलाई एक करोड ३० लाख रुपैय

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 105 पटक पढिएको
  • अक्सिजन लोन नामक सहुलियत कर्जा दिदै सिद्धार्थ बैंक

    बिर्तामोड  / नेपालमा कोरोनाको दोस्रो लहर आएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कतिपय अस्पतालमा अक्सिजनको अभावका कारण बिरामीहरुको अकालमै मृत्यु भइरहेको छ । यही संकटको समयमा सिद्धार्थ बैंकले सिद्धार्थ अक्सिजन लोन नामक सहुलियत कर्जा दिने भएको छ । अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका लागि बैंकले अक्सिजन लोन दिने भएको हो । बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई सहुलियत कर्जा दिने भएको हो । बैंकका अनुसार यस कर्जाको लागि कम्पनीको नगद प्रवाहलाई आधार मानी कर्जाको अवधि अधिकतम १५ वर्ष कायम गरिएको छ । ब्याजदरको हकमा कर्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 227 पटक पढिएको
  • तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    काठमाडौँ / मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ क

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 124 पटक पढिएको
  • प्रदेश नं २ मा विद्युत् प्रणाली सुधार गर्न चार अर्ब लगानी

    सर्लाही / प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब रु चार अर्बको ठेक्का सम्झौता भएको हो । प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच चरणमा विभाजन गरिएको छ । प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३÷११ केभी, १६ दशमलव छ एमभिए क्षमताका आठवटा सबस्टेशनको निर्माण गरिने निर्द

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 105 पटक पढिएको
  • आगामी बजेटमा शिक्षा क्षेत्रका सवाल

    काठमाडौँ / राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको हुँदा कूल बजेटको कम्तीमा १५ प्रतिशत  यस क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरियो ।पूर्वप्राध्यापक पुष्करराज बज्राचार्यले उच्च शिक्षाले देशको वास्तविक विकासलाई अघि बढाउने भए पनि राज्यले कलेज तहमा एक विद्यार्थीका लागि हाल खर्च गर्दै आएको वार्षिक रु ३७८ मा अब निकै वृद्धि गर्न आवश्यक भएको बताए । नेपाल कानून समाजद्वारा आज यह

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 111 पटक पढिएको
  • आज सुनको मूल्य स्थिर, चाँदीको भाउमा सामान्य गिरावट

    बिर्तामोड  / साताको अन्तिम  दिन शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा बिहीवार ४ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रवार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छ । बिहीवार पनि सोही मूल्यमा छापावाला सुन खरीदविक्री भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बिहीवार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार १ हजार ३ सय ३० रुपैयाँ खरीदविक्री भइरहेको छ । बि

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.