आर्थिक

    Showing 4,411-4,420 of 4,501 items.
  • अक्सिजन समस्यामा नेपाललाई सघाउन अमेरिकाद्वारा थप सहयोगको घोषणा

    काठमाडौँ / कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप  ३२ करोड १७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने आज घोषणा गरेको यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।आज घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण,

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 152 पटक पढिएको
  • सेयर बजारका सबै सूचक उकालो, कारोबार रकममा सुधार

    काठमाडौं  / साताको अन्तिम दिन सेयर बजारका सबै सूचक उकालो लागेका छन्। कारोबार मापक सूचक नेप्से १० अंकले बढ्दा कारोबार संख्या र कारोबार रकममा समेत सुधार आएको छ।बिहीबार नेप्से सूचक १० दशमलव १३ अंकले बढेर २ हजार ६ सय ८४ दशमलव ०१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १ दशमलव १२ अंकले बढेको छ । यस दिन २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँमा खरिद बिक्री भएको छ ।दिव्यश्वरी हाइड्रोपावर, समता घरेलु लघुवित्त, विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स,

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 129 पटक पढिएको
  • गोल्छा ग्रुपद्वारा पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग

    काठमाडौं/ गोल्छा ग्रुपले पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ । कोरोना महामारीसँग लड्नका लागि सहयोग पुगोस भन्ने उद्देश्यले गोल्छा ग्रुपले सहयोग गरेको हो ।‘गोल्छा ग्रुपको तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताकालागि रू १ करोडको सहयोग हस्तान्तरण गरेका छौं । आशा छ, हामी सबैले आ-आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं,’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका शेखर गोल्छाले भने ।

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 124 पटक पढिएको
  • अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    डोटी / जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि  ८० लाख रुपैयाँ प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा हाल २०० भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितको उपचारमा सहजता ल्याउन तथा सङ्क्रमितले सहजरूपमा अक्सिजन पाउन् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाका लागि ज

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 102 पटक पढिएको
  • राजनीतिक अन्योलताले नेप्से १८ अंकले घट्यो

    काठमाडौं  / राजनीतिक अन्योलताको असर नेप्सेमा परेपछि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । जसको कारण साताको पहिलो दिन नेप्से परिसुचक १८ दशमलब ५६ बिन्दुले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा पुगेको छ ।बढ्दो कोरोना संक्रमणका कारण केही दिनयता सुस्त बनेको बजारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा पुगेको छन् ।प्रधानमन्त्री के।पी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने भएको कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।विपक्षी गठबन्धनले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको नेत्रृत्वमा नयाँ सरकार बनाउने कसरत गरिरहेका र राजनीतिले एउटा निकास

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 111 पटक पढिएको
  • उपचारमा सहयोग गर्दै सिरिजङ्घा

    ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषबाट २६ जनाले उपचारका लागि आर्थिक सहायता प्राप्त गरेका छन् । गम्भिर प्रकृतिका रोग लागेर उपचारमा आर्थिक अभाव झेलिरहेका गाउँपालिका भित्रका २६ जना सर्वसाधरणले आर्थिक सहायता प्राप्त गरेका हुन् । गएको साउनदेखि हाल सम्ममा २६ जनाले नागरिक उपचार सहायता कोषबाट सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार सम्पर्कमा आएका व्यक्तिलाई न्युनतम ५ हजारदेखि २५ हजार रुपैँयासम्म उपलब्ध गराइएको छ । हालसम्म कोषबाट ३ लाख १४ हजार रुपैँया खर्च भइसकेको छ । क्यान्सर लागेका, मुटु

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 106 पटक पढिएको
  • कृषकलाई प्रोत्साहन रकम

    तनहुँ / तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १८ कृषकलाई रु एक लाख ४२ हजार पाँच सय वितरण गरिएको छ । घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 116 पटक पढिएको
  • तस्करी हुँदै गरेको स्याउ वरामद

    रत्न बुढाथोकीकचनकवल / झापाका सुरक्षा अंगको ध्यान कोरोना महामारीमा केन्द्रित भएको समयमा झापाको दक्षिणी क्षेत्रमा चाइनीज स्याउको तस्करी सुरु भएको छ । बिहीबार राती १० बजे कचनकवल १ र २ को सिमा स्थित १२२ नम्बर पीलर बाट ससस्त्र प्रहरीले भारत तर्फ लाँदै गरेको ९५ काटुन स्याउ बरामद गरेको छ ।नेपालबाट भारततर्फ स्याउ तस्करी हुन थालेको  सुचनाको आधारमा सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट केचना र घेराबारीबाट खटिएको टोलीले स्याउ बरामद गरेको हो । बीओपी केचनाका प्रमुख भक्त बहादुर थापाले बरामद स्याउ करिव एक लाख रुपैयाँ बराबरको भएको र भद्रपुर भन्सार कार्यालय बुझाइएको बताएका छन् । उनले केहि दिन अघि भारतीय मो

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 444 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य

    बिर्तामोड / नेपाली बजारमा दैनिक जसो घटिबढि हुने सुनचाँदीको मूल्य आज फेरी बढेको छ ।सुन प्रतितोलामा ११ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।बिहीबार सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।यसै गरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेसँगै १३ सय ५० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 106 पटक पढिएको
  • ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने

    काठमाडौँ / प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न ५० लाख रुपैयाँको  ‘कोभिड–१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ ।कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ । भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिम्खडाले नेपालमा कोभिड महा

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.