बिर्तामोड । विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उनी ताप्लेजुङ्को सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुन्।जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उनी स्थापित भएका हुन् । केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरौं हुन्थे ।विगतमा उनी निकै व्यस्त हुन्थे चिराइतो सङ्कलन गर्न । तर आजभोलि उनी निकै फूसर्दिलो भएका छन् । किन कि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ ।उनले भने, ‘अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।’ विगतमा ४० केजीको २८ हजारमा घरमै
बिर्तामोड । सुनको मुल्य दिनदिनै बढ्दै गए सँगै आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो ।त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ।त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिर्तामोड / नक्कली कर बिजक प्रयोग गरी करिव एक अर्ब रुपैंया बराबरको राजस्व छली भएको तथ्य पत्ता लागेको छ । १३ व्यक्ति संलग्न रहेको गिरोहले विभिन्न ११ वटा फर्मको नाममा विभिन्न बैंकमा खाता सञ्चालन गरी एक अर्व रुपैंया बराबरको कर छली गरेका हुन् ।सो गिरोहले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अनुशन्धानका क्रममा भेटिएको राजश्व अनुशन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी गराएका छन् । यति ठुलो कर छलीको घटनामा सर्लाहीको बलरा–७ का सुवोध साहसहित १० जना र उनीहरूको मतियारको रुपमा अन्य ३ गरी १३
बिर्तामोड । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो । मङ्गलबार आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पाक्षिक एक अर्ब सात करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ स१४ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर&n
काठमाण्डौ । सेयर बजारमा अहिले निकै चौतर्फी चासो बढेको छ। चाहे प्राथमिक बजार होस् वा दोस्रो बजार लगानीकर्ताहरु झुम्मिएका छन्। कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी जोखिम हुने देखिए पनि सामान्यदेखि ठूला व्यापारीहरुसमेत अहिले सेयर बजारमा लगानी खन्याइरहेका छन्। जानकारहरुले अहिले बजार बुलिस ट्रेन्डमा रहेको बताएका छन्। उनीहरुको मतअनुसार अहिले बुलिस ट्रेन्डमा सेक्टरवाइज बढोत्तरी हुँदै जान्छ। बीमा, जलविद्युत्, लघुवित्तहरुमा चमक आइरहेकै बेला बैंकिङ सेक्टर केही सुस्ताएजस्तो देखिन्थ्यो। तर यो साताका पछिल्ला केही दिन भने बैंकिङ, विकास बैंक र वित्त समूहले बजारलाई सम्हाल्ने काम गरेका छन्। अब
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो ।गए राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।
मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा ।मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक (कर छली र अवैध सम्पत्ति लुकाउन अनुकूल मानिने देश) मार्फत रकम पठाई एनसेलको शेयर किनबेचमा सीमित नेपाली लगानीकर्तालाई ३०औं अर्बको मालिक बनाएका छन् । जसले शेयर कारोबार गर्दा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र करसम्बन्धी कानूनहरूको उल्लंघन गरेको देखिएको छ ।यस सम्बन्धमा खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल र बेलायतको खोज पत्रकारि
बाराको फेटा गाउँपालिका- ५ जोतपुरबाट स्रोत नखुलेको रकमसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।प्रहरीले स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सहायक कम्पनीमार्फत ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे’ जोडिन बैंक खाता अनिवार्य नहुने भएको छ । टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी नेपाल डिजिटल कम्पनीले केही सातापछि नै यसको सुरुवात गर्ने सम्भावना छ । ‘राष्ट्र बैंकबाट कम्पनीको स्थलगत निरीक्षण भइसकेको छ,’ राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी निर्देशक सरस्वती अधिकारीले भनिन्, ‘अब बाँकी भनेको सञ्चालन अनुमति मात्रै हो ।’नेपाल टेलिकमको ६२ प्रतिशत र वाणिज्य बैंकको ३८ प्रतिशत लगानीमा स्थापना भएको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । वाणिज्य बैंक नमस्ते पेमार्फत हुने कारोबारको राफसाफ बैंकका रू
बेलबारी/ मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ ले टोलविकास संस्थाहरुलाई इलेक्ट्रीक स्प्रे मेसिन बितरण गरेको छ ।एक कार्यक्रमका बिच टोल बिकास संस्थाका प्रतिनिधिहरुलाई वडा नम्बर ३का वडा अध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन । तरकारी,फलफुल तथा मसला बालीको पकेट क्षेत्रका रुपमा बिकास गरीरहेको वडा कार्यालयले किसानहरुलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रीक स्प्रे मेसिन दिएको हो ।वडा कार्यालय कागती,सजिवन, च्याउ, खुर्सानी तथा प्याजका बिरुवा समेत वडाका किसानहरुलाई बितरण गरिसकेको वडा अध्यक्ष सुवेदीले बताए । यस्तै वडाकै अगुवा किसान कृष्ण राईलाई टनेल तथा स्प्रे मेसिन बितरण
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.