खेलकुद

    Showing 1,391-1,400 of 1,639 items.
  • भलिबल च्याम्पियन टिम स्वदेश फर्कियो

    काठमाडौँ  / बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको कठिन चुनौती ३–२ ले पन्छाउँदै उपाधि रक्षा गरेको थियो ।मन्त्रिपरिषद्को बुधबार भएको बैठकले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कप विजेता नेपाली टिमका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ पुरस्कार

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 329 पटक पढिएको
  • एभीसी एसियन भलिबलको फाइनलमा नेपाल

    काठमाडौं  / लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बङ्गलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा अपराजित रहेको नेपालले पहिलो सेटमा २५–२० को जित निकालेको थियो ।प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपालले २५–२३ को जित निकाल्दै जितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा २५–१४ ले जित निकाल्दै नेपालले राउनड रोविनको एक खेल बाँकी छँदै फाइनलमा स्थान

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 226 पटक पढिएको
  • प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

    काठमाडौँ /  विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो ।एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् ।यस अघि धनग

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 155 पटक पढिएको
  • सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जित

    काठमाडौं  / बङ्गलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ ।शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बङ्गलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५–५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटमा भने बङ्गलादेशले सुधारिएको खेल खेल्यो । यद्यपि नेपालले त्यसपछि बङ्गलादेशलाई २५–१५, २५–१७ ले हराउँदै खेल सहजै जितेको हो ।तीन जितपछि नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सो

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 254 पटक पढिएको
  • सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

    काठमाडौं / बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित हातपारेको छ । एकपक्षीय जस्तै बनेको खेलमा शुक्रबार साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हराएको हो ।दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 191 पटक पढिएको
  • नेपालले आज बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै

    काठमाडौं / युएईमा जारी प्रतियोगिता एसीसी यू - १९ एसिया कप अन्तर्गत नेपालले आज बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।नेपालले यू -१९ एसिया कपमा अहिलेसम्म बङ्गलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलङ्कामा भएको यू -१९ एसिया कपमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको थियो ।देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअ

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 180 पटक पढिएको
  • आजदेखि एसियन सिनियर सेन्ट्रल जोन भलिबल सुरू

    काठमाडौँ / बङ्गलादेशमा आजदेखि एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।  बङ्गलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले खेल्ने छन् । नेपालको महिला टोलीले पहिलो खेल आज साढे ११ बजेदेखि श्रीलङ्कासँग खेल्दैछ । यस्तै पुरुष टोलीले आज बेलुका पौने ५ बजे आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 164 पटक पढिएको
  • स्टार युथ क्लवको आयोजनामा अन्तर जिल्ला फुटवल प्रतियोगिता हुने

    बुधबारे / बुद्धशान्ति गाउँपालिका -१ स्थित भोटेटारमा  दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।बुधवार पत्रकार सम्मेलन गरि फुटबल खेलमा उनीहरूलाई व्यस्त राख्ने, लागू औषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागू औषधविरुद्धको जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, विपन्न विद्यार्थीको पठन पाठनमा सहयोग पु¥याउने र नमुना आधारभूत विद्यालयमा स्थापित अक्षयकोषलाई वृद्धि गरि १ लाख रुपैयाँ बनाउने उद्देश्यले  पौष १७ गते देखि २४ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको जानकारी दिइएको छ । स्थानीय न्यू स्टार युथ क्लबले आयोजना गर्ने

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 203 पटक पढिएको
  • क्रिकेट रङ्गशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेसन

    चितवन, / निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेसन पछि हटेको छ । फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेसनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, “फाउण्डेसन र भरतपुर महानग

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 284 पटक पढिएको
  • शीर्ष स्थानमा सिटीलाई तीन अङ्कको अग्रता, चेल्सी र लिभरपुल रोकिए

     एजेन्सी /  न्युक्यासल युनाइटेडविरुद्धको सानदार जितसँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले स्पष्ट ३ अङ्कको अग्रता बनाएको छ । आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४(० अन्तरले पराजित गरेको हो । जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुबेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १(१ गोल गरेका छन । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्‍यो । सुरुआतबाटै खेलमा पकड बनाएको सिटीले कुनै पनि समय घरेलु टोली न्युक्यासललाई दबाब बनाउन दिएन । खेलको पाँचौ मिनेटमा रुवेनले अग्रता बनाएका थिए । २७ औं मिनेटमा कनसेलोले २(० को दोब्बर अग्रता बनाए ।

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 168 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.