खेलकुद

    Showing 1,411-1,420 of 1,639 items.
  • मेस्सीको होटल भत्काउन अदालतको आदेश

    एजेन्सी / विश्व चर्चित फुटबल स्टार लियोनेल मेस्सीको स्पेनको बार्सिलोना आसपासको क्षेत्रमा रहेको चारतारे होटल भत्काउन अदालतले आदेश दिएको छ।मेस्सी बार्सिलोना छाडेर पीएसजी पुगेको केही महिना पछि स्पेनको एक अदालतले सन् २०१७ मा मेस्सीले किनेको र हाल सञ्चालनमा रहेको सो होटल भत्काउन आदेश दिएको हो । मेस्सीले करिव चार वर्ष अघि सो सञ्चालनमा नै रहेको अवस्थामा सो होटल ३ करोड युरोमा खरिदबार्सिलोना सिटी भन्दा ४० किलोमिटरको दूरीमा रहेको समुद्री क्षेत्रमा सो होटेल सञ्चालनमा रहेको थियो । होटलमा ७७ ओटा कोठा छन्। सो होटेलमा कोठामा एक रात  बसेको करिब १०५ पाउण्ड लाग्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 239 पटक पढिएको
  • ‘ए’ डिभिजन लिग : आज आर्मी र बीबीसीबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौँ / सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणमा आज (आइतबार) आर्मी ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ पौने ५ बजे दशरथ रङ्गशालामा हुनेछ । तेस्रो खेलमा आर्मी पहिलो जितको खोजीमा छ । आर्मीले अघिका दुबै खेलमा अङ्क बाँडेको थियो । लिगमा आर्मीलाई बीबीसी सहज प्रतिद्वन्द्वी हुन सक्नेछ । पछिल्लो दुबै संस्करणको लिगमा आर्मीले सहज जित निकालेको छ । यसपटक समेत शारीरिक तथा प्राविधिक रुपमा बलियो आर्मी युवा खेलाडी सम्मिलित बीबीसीबाट तीन अंक खोस्ने दाउँमा छ ।लिगको तयारी क्रममा मुख्य फरवार्ड नवयुग श्रेष्ठ गुमाएको आर्मी अट्याक लाइनमै कमजोर देखिएको छ । आर्मी अर्का स्ट्राइक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 199 पटक पढिएको
  • इन्टरनेसनल तेक्वान्दोमा नेपाललाई सात कास्य, दुई रजत र एक स्वर्ण

    काठमाडौं / नयाँ दिल्लीमा भएको इन्डो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप २०२१ मा नेपाली टिमले विभिन्न पदक जितेको छ । नोभेम्बर २९ र ३० मा नयाँ दिल्लीको टाल्काटोरमा भएको सो प्रतियोगितामा रत्ननगर चितवनको तर्फबाट मेनेजर रोशकुमार श्रेष्ठ, टिम कोच उज्जल श्रेष्ठ र कोच विजय गुरुङको नेतृत्वको टिमले विभिन्न पदक जितेको हो ।भारतीय टिमसँग भएको प्रतिस्पर्धामा पुरुषतर्फ सन्देश बास्ताकोटो (रजत), कुमार अधिकारीले (कास्य), फाइटिङतर्फ पूर्णकुमार श्रेष्ठले (कास्य), फाइटिङतर्फ कुसल देबकोटाले (कास्य), फाइटिङ प्रतिक गुरुङले (कास्य), फाइटिङ रोजन पन्त (कास्य), फाइटिङ सुनिल अधिकारी (कास्य) पदक जितेका छन् ।महिला

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 210 पटक पढिएको
  • मेस्सीलाई सातौँ पटक बालोन डी’ओर

    एजेन्सी / अर्जेन्टिनाका कप्तान एवं पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले सातौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई सातौँपटक यो अवार्ड प्रदान गरिएको हो ।विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो र चेल्सी अनि इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए ।मेस्सी यो अवार्ड सर्वाधिक जित्ने पहिलो खेलाडी समेत बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए । मेस्सी पछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् । कोरोना महामारीका

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 171 पटक पढिएको
  • ए डिभिजन लिग : आज मछिन्द्र र आर्मी क्लब भिड्दै

    काठमाडौँ / शहीद स्मारक ए डिभिजन लिगमा आज मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । आज भिड्ने मछिन्द्र फुटबल क्लब साविक विजेता हो भने त्रिभुवन आर्मी फुटबल क्लब साविक उपविजेता हो । दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा ४ः४५ मा सुरु हुनेछ ।मछिन्द्र क्लबले ए डिभिजन लिगको पहिलो खेलमा एनआरटीलाई २–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा पनि मछिन्द्र जितलाई निरन्तरता दिने योजनामा छ । आर्मी क्लबले भने नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्दै लिग सुरूआत गरेको थियो । पहिलो खेलमा बराबरी खेले

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 187 पटक पढिएको
  • राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित

    काठमाडौँ / युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ८ जना बोर्ड सदस्यलाई नियुक्त गरेको छ ।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेका हुन् । खेल विज्ञमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौला, परम्परागत साहसिक खेलमा मोहमद फाजिल, उधोग बाणिज्यमा दिपेन्द्र विष्ट, खेल संघ लतार्डो युनिभर्सलमा प्रकाश कुमार कुसारी, खेल संघ महिलामा बिना श्रेष्ठ, तेक्वान्दो खेल महासङ्घबाट अन्जन धमला र श्रीमान थापा मगर बोर्ड सदस्यमा मनोनित भएका हुन् ।नवनियुक्त बोर्ड सदस्यले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रालयले गत साता राखेपका ९ जना

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 179 पटक पढिएको
  • महिला टिट्वान्टी विश्वकप : नेपालसँग कुवेत पराजित

    काठमाडौँ / आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । दुबईमा भएको खेलमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको हो ।नेपालका लागि इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन योगदान गरेकी थिइन् । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा अल आउट हुँदै २७ रन जोडेको थियो ।कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन  जोडेकी थिइन। अन्य खेलाडीहरूले भने दोहोरो रन समेत जोड्न सकेनन् । नेपालकी संगीता राई र कप्तान रुविना क्षेत्रीले समान ३

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 199 पटक पढिएको
  • बायर्नको लगातार पाँचौ जित

    काठमाडौं / जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा बायर्नले डेनामो किएभलाई २–१ ले हराएर जित हात पारेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र किङ्सले कोमानले एक एक गोल गरे । किएभका डेनिस हरमासले एक गोल फर्काए ।खेलको १४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा कोमानले गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको ७० औं मिनेटमा किएभका हरमासले गोल गरेपनि बायर्न २–१ ले विजयी भयो ।यससँगै बायर्नले समूह चरणमा लगातार पाँचौं जित निकालेको छ । बायर्न १५ अंक जोडेर समूह ‘ई’ को शीर्ष स्थानमा रहे

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 159 पटक पढिएको
  • बास्केटबल संघका पूर्व अध्यक्ष टेण्डीको निधन

    काठमाडौं / नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । शेर्पाको ५० वर्षको उमेर बुधबार बिहान निधन भएको हो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए ।शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत हुन्।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 393 पटक पढिएको
  • टी–२० विश्व कप एसिया छनोट : नेपालले हङकङलाई दियो १ सय ५ रनको लक्ष्य

    काठमाडौं / नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा हङकङलाई १ सय ५ रनको मध्यम लक्ष्य दिएको छ ।आईसीसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै, इन्दु बर्माले ३१ रन बनाइन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक/एक विकेट लिए । १ सय ५ रनको लक्ष्य पछ्याइरहेको हङकङले जवाफी ब्याटिङ थालेको छ । 

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.