खेलकुद

    Showing 1,551-1,560 of 1,639 items.
  • टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

    काठमाडौँ / जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन् । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १०

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 180 पटक पढिएको
  • टोकियो ओलम्पिकको उद्घाटन आज हुदैं

    काठमाडौँ / विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ। जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४:४५ मिनेटमा उद्घाटन हुनेछ ।उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नुहुनेछ । सन् २०२०

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 154 पटक पढिएको
  • एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने नेपाल

    बिर्तामोड / नेपालले फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । कोरोनाका कारण नेपालले च्याम्पियनसिप नखेल्ने भएको हो । यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।नेपाल भलिबल संघ (एनभीए)का उपाध्यक्ष निरोज मास्केले नेपालले नखेल्ने भएको बताइन् । उनले त्यसबारे थप जान

    • प्रकाशित मितिः साउन १, २०७८
    • 255 पटक पढिएको
  • बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

    काठमाडौँ / राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहेका छन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीमा अर्पण कार्की, विक

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 169 पटक पढिएको
  • यूरोकप : ११ अंकको गजबको संयोग

    बिर्तामोड /  विश्व फुटबलको ठुलो प्रतियोगिता युरोकपको उपाधिका लागी आज राती इटाली र इङ्ल्यान्ड बीच हुने फाइनल भिडन्त सँगै यहाँसम्म आइपुग्दा विचित्र लाग्ने गरि ११ अङ्कको संयोग देखाएको छ । कोरोनाका कारण घोषित मिति भन्दा ११ महिना ढिला भएको प्रतियोगिता ११ जुनमा सुरु भएर ११ जुलाईमा सकिँदै छ ।युरोकपको इतिहासमानै पहिलो पटक यो वर्ष ११ नै आयोजक बन्न पाए । यो पटक प्रतियोगिताका खेलहरूमा लन्डन (इङ्गल्यान्ड), सेभिला (स्पेन), ग्लास्गो (स्कटल्याण्ड), कोपनहेगन (डेनमार्क), बुडापेस्ट (हंगेरी), एम्स्टरडम (नेदरल्याण्ड्स), बुखारेष्ट (रोमानिया), रोम (इटली), म्युनिख (जर्मनी), बाकु (अजरबैजान) र सेन्ट पिटर्सबर

    • प्रकाशित मितिः असार २७, २०७८
    • 261 पटक पढिएको
  • युरो कप फाईनलमा इङ्ग्ल्यान्ड र इटली खेल्दै

    काठमाण्डाै / युरो कप फुटबलको फाईनलमा आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो ।इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेसम्म २७ खेल भएकोमा इटलीले ११ खेल जितेको छ । इङ्ग्ल्यान्डले ८ खेलमा जित निकालेको भने ८ खेल बर

    • प्रकाशित मितिः असार २७, २०७८
    • 425 पटक पढिएको
  • कोपा अमेरिका फुटबलको उपाधि जित्न सफल अर्जेन्टिना

    काठमाडौँ / ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल निर्णायक भयो ।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षप

    • प्रकाशित मितिः असार २७, २०७८
    • 215 पटक पढिएको
  • कोपा अमेरिका : ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

    काठमाण्डाै / ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टीमा हराएर फाइनल पुगेको थियो भने ब्राजिलले पेरुलाई हराएको थिय

    • प्रकाशित मितिः असार २७, २०७८
    • 244 पटक पढिएको
  • अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी

    काठमाडौँ / अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ । १ सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटिएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । खेलमा वेस्ट इन्डिजका आन्द्रे रसेलले अर्धशतक बनाएका हुन् । अस्ट्रेलियाका जोश हेजलवुडले तीन र मिचेल मार्शले दुई विकेट लिएका थिए । जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिज एक–शून्यले अघि भएको छ । पाँच टी–ट्वेन्टी र तीन खेलको एक दिवसीय खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा छ ।

    • प्रकाशित मितिः असार २६, २०७८
    • 224 पटक पढिएको
  • सन्दिपले बेलायतमा क्रीकेट खेल्ने

    काठमाडौँ / नेपाली बलर सन्दीप लामिछाने गएराती बेलायत प्रस्थान गरेका छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दिप बेलायत प्रस्थान गरेका हुन् ।आउँदो २२ तारिखदेखि सुरु हुने द हन्ड्रेड प्रतियोगितामा सन्दिप ओभल इन्भिन्सिबलबाट खेल्ने भएका छन् ।बेलायत पुगेपछि सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। दुई पटक कोरोनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी नभए सन्दीप क्रिकेट खेल्ने जनाईएको छ ।यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट खेल्न पाएका थिएनन् ।

    • प्रकाशित मितिः असार २५, २०७८
    • 246 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.