मनोरञ्जन

    Showing 1,261-1,270 of 2,225 items.
  • झिल्को टिजर सार्वजनिक

    काठमाडौं । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ।निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 339 पटक पढिएको
  • हेल्लो काशीरामको फस्टलुक

    काठमाडौं । फिल्म ‘हेल्लो काशीराम’ को फस्टलुक पोस्टर र प्रदर्शन सार्वजनिक भएको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । फिल्ममा दिलीप रायमाझी सुरवीर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालुको अभिनय छ ।रिम विश्वकर्माको लेखन र निर्देशन रहेको फिल्ममा प्रियंका कार्कीको विशेष भूमिका छ ।रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता पीबी थापा हुन् । फिल्ममा यम आलेको छायांकन, मित्र

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 430 पटक पढिएको
  • पिताम्बरको दोस्रो टिजर सार्वजनिक

    काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्ममा रहेको प्रदीपका दृश्यहरुलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टिजरमा प्राथमिकता दिइएको छ । केही दृश्यमा उनलाई सामान्य अवस्थाको पनि देखाइएको छ । टिजर हेर्दा फिल्मका लागि प्रदीपले निकै मेहनत गरेको देख्न सकिन्छ । यसअघि सार्वजनिक टिजर र गीत ‘म त फ्यान भए यार’

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 389 पटक पढिएको
  • कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

    कर्णाली । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गते कर्णालीमा सम्पन्न हुनेछ।महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा चलचित्र ‘पुजार सार्की’ का लेखक विकास सुवेदी उपस्थित थिए।महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई फिल्म पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 255 पटक पढिएको
  • राजागंजको इन्द्रेणी सार्वजनिक

    काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ ।मधेशको सेटअपमा खिचिएको गीतलाई फिल्मको कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियोमा फिल्मका प्रायः सबैजसो कलाकारलाई स्थान दिइएको छ । गीतका शब्द गहन लाग्छ । जसले मधेश र पहाडमा हुने विभेदलाई गजबले प्रस्तुत गरेको भान हुन्छ । यसैबीच, फिल्मको छायांकन स्थल जनकपुरमा फिल्मको भव्य प्रिमियर शोको आयोजना गरिएको छ । जनकपुरमा अवस्थित ६ सय दर्शक क्षमताको गिरिजा हलमा फिल्मको रेड कार्पेट प्रिमियर गरिएको थि

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 312 पटक पढिएको
  • ब्रिटिस फिल्म कामामा टङ्क

    काठमाडौं । बेलायतमा बसोबास गर्ने अभिनेता टङ्क धमाला पछिल्लो समय चर्चामा छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस विज्ञापन तथा फिल्म ‘डेन्जरस गेम’ मा समेत अभिनय गरिसकेका अभिनेता धमालाको यसमा मुख्य भूमिकामा छन् । विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’ उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन् । उनले फिल्ममा आर्मीको भूमिका निर्वाह गरेका छन् । जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमत

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 208 पटक पढिएको
  • आउटलः दफा २१९ को अन्धो कानुन

    काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज बोलिएको छ ।मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् ।यो गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नविन गुरुङले यो फिल्म खिचेका हुन् ।यो गीतमा एउटै व्यक्ति बारम्बार

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 260 पटक पढिएको
  • गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा कन्सर्ट

    काठमाण्डौ । गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा कन्सर्ट सुरू भएको छ।'सुशान्त केसी लाइभ इन नेपाल' मार्फत् संगीतप्रेमीमाझ उनी आज शनिवार गुञ्जिरहेका छन्।  गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा सांगीतिक प्रस्तुति दिएका छन् । 'सुशान्त केसी लाइभ इन नेपाल' मार्फत शनिबार संगीत प्रेमीमाझ उनी गुञ्जिएका हुन्।  साढे २ वर्षपछि काठमाडौँ उपत्यकामा उनको कन्सर्ट भएको हो। उनको कन्सर्ट हेर्न हजारौँ दर्शक उपस्थित भएका छन्। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ।कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले ज

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 521 पटक पढिएको
  • विन्ध्यवासिनी सम्मान घोषणा

    काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गर्न लागेको १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गतको विभिन्न पाँच सम्मान घोेषणा गरिएको छ।फाउन्डेसनले शनिवार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा फाउन्डेसनको ११औँ भेला तथा १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ मा प्रदान गरिने सम्मानका लागि छलफल कार्यक्रम आयोजना गरी बृहत् छलफलपश्चात् विभिन्न सम्मान र पुरस्कारका लागि संगीतकर्मी र पत्रकारको नाम सिफारिस गर्दै अनुमोदन गरी घोेषणा गरेको हो।भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आगामी चैत २८ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 294 पटक पढिएको
  • डल्ले इन्ट्री मार्योमा प्रकाश अनुबन्धित

    काठमाडौं । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मा अभिनेता प्रकाश घिमिरे भित्रिएका छन् । फिल्मको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका छन् । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमिरेलाई अनुबन्धित गरेको हो ।चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको फिल्ममा सागर लम्साल, प्रकाश घिमिरेका साथमा रबिन्द्र झाको अभिनय हुनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत छन् । बाबुल गिरी र रिमेशकुमार

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 316 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा