काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै फिल्म ‘हर्ष’ बन्ने भएको छ । फिल्ममा एकता पौडेलको डेब्यू निर्देशन रहनेछ ।ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्ममा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।फिल्ममा प्रशन्न पौडेल र विकास पौडेल (चितवन)को निर्माण र हिमाल चोखल(चितवन)को कार्यकारी निर्माण रहनेछ ।आलोक शुक्लाको छायांकन रहने रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिन
काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो।गीतमा स्टिभ देवानको स्वर, शब्द र संगीत छ । भिडियोमा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीको अभिनय छ । भिडियोमा एक युवालाई उसको प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न ‘झिल्के एण्ड द कम्पनी’ व्याण्डका सदस्यहरुले सहयोग गरेको कथा देखाइएको छ । बियोन्डको निर्देशन रहेको भिडियोमा कमल प्रसाईंको छायांकन र विकेश मगरको स
काठमाडौँ । कलाकार एवं गीतकार उत्तम केसीले लेखेका दुई गीत एकसाथ रेकर्ड गरिएका छन् । उनका ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ र ‘विपनीमा टुङ्गियो माया...’ गीत रेकर्ड गरिएका हुन् ।केसीका गीतमा गायक राजेश पायल राई र सिक्किमकी गायिका अञ्जना नाल्बो लिम्बूले स्वर दिएका छन् । लिम्बू ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधि विजेतासमेत हुन् । उत्तम केसी नेपालका एक साथ दुई गीत गाएका हुन् । केसीका दुवै गीत शुक्रबार काठमाडौँको ‘मेलोडी स्टुडियो’मा रेकर्ड गरिएका हुन् । ती दुवै गीतमा वरिष्ठ सङ्गीतकार अष्ट लामा र पुस्कर सुनुवारको सङ्गीत रहेको छ गायिका लिम्बूले गीतकार केसीका शब्दबाट प्रभावित भएर गीत गाएक
काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धीहरुले शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् ।एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागी भएका प्रतिस्पर्धीहरुमध्ये अधिकांशले नेपाल भाषाका गीतहरुमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा उनीहरुले हाकु पटासीसहितको नेवारी पहिरन पहिरिएका थिए ।चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित ट्यालेन्ट शोमा केही प्रतिस्पर्धीहरुले समाचार वाचन, अभिनय, बाँसुरी वादन, चित्रकला,
काठमाडौं । हाल छायांकनमा रहेको दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को रिलिज मिति तय भएको छ। शंखुबाट छायांकन थालिएको फिल्म २०८२ को फूलपातीमा रिलिज हुने भएको छ। हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय रहेको फिल्म ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहेका छन्। सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । फिल्ममा हरिवंश आचार्यको
काठमाडौं । फिल्म ‘दैव संजोग’मा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको छ ।पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् ।यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको
काठमाडौं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाडौं बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकियो जापान’को लागी इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छिन्। प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शिर्ष उपाधी जितेकी हुन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराई भए ।करिब दर्जन प्रतियोगीहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले एक महिनासम्मको प्रशिक्षण दिएकी
धनुषा । छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेसको मत’ले मधेसको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो । सांसदहरु मनिष सुमन, योगेश भट्टराई र डा अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए । तीनैजनाले मधेसको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विविध पक्षबारे उजागर गरे ।सांसद सुमनले मधेसी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधबारे विश्लेषण प्रस्तुत गर्दै भने, ‘मधेसमा अहिलेको सबैभन्दा ठूलो चुनौती राजनीतिक रूपमा सम्पूर्ण जनसमुदायलाई आवद्ध गर्नसक्ने नेतृत्वको अभ
काठमाडौँ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गरे । कथा, गीत, गजल लेखेता पनि सङ्ग्रहित गरेर पहिलोपटक पुस्तकको स्वरुपमा ल्याएको लेखक समिरले बताए ।उनले भने, ‘मैले विभिन्न समयमा लेखेको कथालाई सङ्ग्रहित गरेर पुस्तक बनाएको छु । यो पहिलो प्रयास भएकाले केही कमजोरी हुनसक्छ, तर मैले इमान्दारितापूर्वक यसलाई सृजना गरेको छु । यो मेरा लागि सदैव
काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रि«ब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ ।अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका निर्देशक ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म ‘विमेन अफ द आवर’लगायत ‘टेरिफाएर थ्रि’, निकोलस केज अभिनित फिल्म ‘आर्केडियन’, रोबर्ट डि निरो अभिनित ‘वास मि इन द रिभर’ पनि वितरण गरिसकेको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लाम
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.