मनोरञ्जन

    Showing 1,401-1,410 of 2,715 items.
  • फिल्म ‘गोबर गणेश’ बनाउदै ‘बल्छी धुर्वे’

    कलाकार मरिचमान श्रेष्ठको  निर्देशन र निर्माणमा फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ । ‘बल्छी धुर्बे’ नामले चिनिएका मरिचमान अब फिल्म निर्देशनमा अगाडि आउन लागेका हुन् । यो फिल्म बल्छी धुर्बे फिल्मस् प्रालिको व्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । कलाकारको नाममा सीतादेवी तिमिल्सिना र पूजन घिमिरे राखिएको छ । पूजनले लामो समयदेखि मरिचमानसँग सिरियलमा सहकार्य गर्दै आएकी थिइन् । हाँस्य क्षेत्रमा दर्शकको माया पाएका कलाकारहरू धमाधम फिल्म क्षेत्रमा प्रवेश गरिरहेको समयमा मरिचमान पनि अब फिल्म निर्माणमा अगाडि आउन लागेका हुन् । यो फिल्मको पोस्टर पनि

    • प्रकाशित मितिः असार ३, २०८२
    • 350 पटक पढिएको
  • ३६ दिनमा सकियो ‘जारी २’को छायांकन

    चलचित्र ‘जारी २’को छायांकन सकिएको छ । गत बैशाख ३० गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको ३६ दिनमा सम्पूर्ण छायांकन सकिएको हो।  बाँसुरी फिल्मसको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको हो । यो चलचित्रलाई दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षको छ । तर, चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यद्यपि, फूलपातीमा यो चलचित्र प्रदर्शन गरिने चर्चा भने चलेको छ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको तेश्रो चलचित्रमा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगरका साथ ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल

    • प्रकाशित मितिः असार ३, २०८२
    • 279 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० नेपाल आज स्कटल्याण्डसँग खेल्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्य

    • प्रकाशित मितिः असार ३, २०८२
    • 292 पटक पढिएको
  • राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    निर्देशक रोहित शेट्टी र बलिउड स्टार अजय देवगन भारतीय सिनेमाको सबैभन्दा सफल जोडी मध्ये एक हुन्। यी जोडीले १३ वटा चलचित्रमा सँगै काम गरिसकेका छन् भने आगामी वर्ष १४ औँ सहकार्यका लागि तयारी अवस्थामा रहेका छन् । पिंकभिलाको रिपोर्ट अनुसार शेट्टी र देवगनले लामो समयदेखि पाइपलाइनमा रहेको गोलमालः५ को लागि नयाँ टोली निर्माण गर्ने भएका छन । निर्देशक सेट्टी हाल जोन अब्राहमसँग राकेश मारियाको बायोपिकको छायांकन गरिरहेका छन्, जुन यस वर्ष सेप्टेम्बरसम्ममा सकिने अपेक्षा गरिएको छ।शेट्टीले यस वर्षको अन्त्यसम्ममा बायोपिकको अन्तिम सम्पादन २०२६ को प्रारम्भमा रिलीज गर्ने तयारी गरिरहेका छन ।  गोलमाल ५ ला

    • प्रकाशित मितिः असार ३, २०८२
    • 391 पटक पढिएको
  • ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

    आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा

    • प्रकाशित मितिः असार ३, २०८२
    • 392 पटक पढिएको
  • साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’

    चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेस: द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । यो विमोचन उनको १००औँ लाइभ प्रस्तुतिसँगै संयुक्त राज्य अमेरिकाको कोलोराडोमा सम्पन्न भएको हो ।पुस्तक विमोचन समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका हस्ती एवं लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।‘साईग्रेस: द स्टोरीटे

    • प्रकाशित मितिः असार २, २०८२
    • 300 पटक पढिएको
  • विकास बोर्डले २५ वर्ष भित्र सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्ने

    चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष भित्र सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ । विकास बोर्डको स्थापना वि.सं २०५७ साल असार १६ गते भएको थियो । आफ्नो स्थापना भएको मितिबाट वि.सं २०८२ साल जेठको मसान्तसम्म रिलिजमा आएका फिल्महरु मध्येबाट सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्न लागिएको हो । विकास बोर्डले ५ करोड भन्दा बढी कमाई गर्ने फिल्मका निर्माताहरुलाई असारको ७ गते भित्र निवेदन दिन पनि आग्रह गरेको छ । निर्माताले फिल्म दर्ता गर्दा सम्बन्धित वर्षको फिल्म निर्माण कम्पनीको अडिट रिपोर्ट, चलचित्र वितरकले चलचित्र निर्मातालाई भुक्तानी गरेको प्रम

    • प्रकाशित मितिः असार २, २०८२
    • 446 पटक पढिएको
  • 'रियाल रिङ्गेट'को मार्मिक टिजर- सपना, सङ्घर्ष र बिछोडको यथार्थ

    साउन १६ गते रिलिज हुने चलचित्र ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने यस चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले आइतबार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरेको हो ।टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवाहरू कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता-कस्ता चुनौतीहरू सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत म

    • प्रकाशित मितिः असार २, २०८२
    • 418 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

    काठमाडौं - त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् । सोमपाल कामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् । 

    • प्रकाशित मितिः असार २, २०८२
    • 429 पटक पढिएको
  • 'महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी

    नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा यो चलचित्र प्रदर्शन हुने भएको छ, जबकि जापानमा यसको प्रदर्शन जारी नै छ । कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ ।‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिवार पर्थमा सम्पन्न भइसकेको छ । अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन  २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ । यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनक

    • प्रकाशित मितिः असार २, २०८२
    • 325 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.