मनोरञ्जन

    Showing 1,431-1,440 of 2,231 items.
  • १२ बर्षको अध्ययनपछि बनेको हो सारंग

    काठमाडौं ।  नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यही माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।  बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताए  । उनले भने, ‘फिल्म ‘सारंग’माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म बालमनोविज्ञानमा आधारित रहेर बनेको चलचित्र हो । यो फिल्ममा गाउँको भन्दा पनि सहरको रहनसहनलाई लिएर आएका छौं । विशेषगरी काठमाडौं सहरलाई नै फोकस गरेका छौं । जसमा अहिलेको समसामयिक घटनाहरुमा आधारित रहेर  फिल्म बनाएका छौं ।’यसैग

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 290 पटक पढिएको
  • सन्दिपले ल्याए कवितासङ्ग्रह अपरावर्ती

    काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् । देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए ।उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरुको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ ।’उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केहि वर्

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 176 पटक पढिएको
  • जनै हराएको बाहुनको थिम संवाद अफर

    काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को  थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ । थिम संवाद यो फिल्मका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतबीचको हो ।थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो फिल्मको गीत गाउन अवसर दिइने निर्देशन हिमाल न्यौपानेले जानकारी दिए । उत्कृष्ट हुनेले अर्जुन पोखरेलको संगीत रहने गीतमा स्वर दिन सक्नेछन् । फिल्म पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । फिल्ममा विजय बराल र मनीष राउत अनुबन्धित भइसकेका छन् ।फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्ति

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 391 पटक पढिएको
  • फिल्म मितज्यूको घोषणा

    काठमाडौं । यसवर्षको हिट फिल्म ‘घरज्वाइँ’को टिमले नयाँ फिल्म ‘मितज्यू’ को निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पार्दै जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा ‘मितज्यू’को घोषणा गरिएको हो ।सोमबार सार्वजनिक फिल्मको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोक्न भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । फिल्मको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको फिल्म व

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 269 पटक पढिएको
  • हरिबहादुरको जुत्ताको छायांकन सुरु

    काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘हरिबहादुरको जुत्ता’ को मुहुर्तसँगै छायांकन सुरु भएको छ। आज सरस्वती पूजाको दिन भक्तपुरको सुर्यविनायक मन्दिरमा स्क्रिप्ट, क्यामरा पूजा गर्दै फिल्मको औपचारिक छायांकन सुरुवात गरिएको हो। मूहर्तमा कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता सरोज ओली, मोहित आचार्य लगायतको उपस्थिती रहेको थियो। फिल्ममा प्रकाश सपुत पनि मुख्य भूमिकामा रहेका छन् । हरिवंश आचार्यको कथा रहेको फिल्म काभ्रेमा खिचिनेछ।

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 303 पटक पढिएको
  • बिर्तामोड नाटक घरमा कलाकार र अभियन्ता ब्दारा नाटक अवलोकन

    बिर्तामोड l क्षितिज नाट्य प्रतिष्ठान झापाद्बारा निर्मित झापा नाटक घरमा मञ्चन भइरहेको नाटक हेर्न  आइतवार नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय संयोजक दुर्गा प्रसाइ पुगेका छन । नाट्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष माधब कल्पितको निर्माण परिकल्पना र गजेन्द्र पृथकको लेखन निर्देशनमा आधारीत नाटकको समापनलाई  हेर्न चलचित्र निर्देशक अशोक शर्मा, निर्माता नगेन्द्र घिमिरे,नेपाल पुकारका मेनेजिङ्ग डाइरेक्टर प्रकाश दहाल,निर्देशक राघव मुडालिया,निर्माता उदय शर्मा लगायतको टोली आइतवार झापा नाटक घर पुगेको निर्माण परिकल्पनाकार कल्पितले जानकारी दिए । आफुले ऋणको भय र त्रासबाट नागरिकले आत्मदह गर्

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 446 पटक पढिएको
  • नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट

    काठमाडौ । बिहिबारबाट तीन दिनसम्म काठमाडौंमा जारी ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा शनिबार बेलुका चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सह आयोजनामा भएको थियो । महोत्सवमा ४७ देशका ९८ वटा फिल्महरू प्रतिष्पर्धी थिए ।महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्र्धातर्फ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड भारतबाट ‘पुभु’ले हासिल ग¥यो । फिल्म ‘पुभु’

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 259 पटक पढिएको
  • सफायर एस्थेटिक सञ्चालनमा

    काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै शनिवारदेखि सफायर एस्थेटिक सञ्चालनमा आएको छ । कलाकारहरु प्रशान्त ताम्राकार, प्रियंका कार्की तथा आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन गरेका छन् ।सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलाजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिने छ  । यहाँ डर्माटोलोजिष्ट एण्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एण्ड फेसियल प्लाष्टिक सर्जन, अकुलोप्लाष्टी एण्ड फेसियल प्लाष्टिक सर्जनलगायतदक्षविशेषज्ञ टिमबाट सेवाप्र

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 410 पटक पढिएको
  • रानी र विनितको सांगीतिक हमनवा

    काठमाडौं । गायिका रानी शाक्यले विनित सिंहसँग सहकार्य गर्दै नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक गरेकी छिन् । रानी र विनितको स्वर रहेको यो गीतमा राज विर र विनय चौधरीको शब्द तथा संगीत छ । यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।सार्वजनिक यो गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा देखिएका छन् ।नितिन चन्दको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा विष्णुको छायांकन, माभेरिकको सम्पादन छ ।अमेरिकामा रहेर गीतसंगीतमा व्यस्त रानीले आफ्ना नेपाली गीत जस्तै यो हिन्दी गीतलाई पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । 

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 242 पटक पढिएको
  • राजबल्लभको कविता संग्रह औरा

    काठमाडौँ  । सामाजिक सञ्जाल र पत्रपत्रिकामा कवि अवतारमा देखिइरहने अभिनेता राजबल्लभ कोइरालाले अन्ततः कविता संग्रह निकालेका छन् । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए ।‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ अभिनेता कोइरालाले विमोचन समारोहमा बोल्दै भने । उनले आफैँले लेखेका कविता सामाजिक सञ्जालमा अरुले राखेर लाइक ग

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 144 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा