मनोरञ्जन

    Showing 1,571-1,580 of 2,236 items.
  • भूकम्प पछि जिममा व्यस्त मनीषा

    काठमाडौं । मंगलबार बिहान नेपाल र चीनको सीमावर्ती तिब्बतमा ७ दशमलब १ म्याग्नेच्युटको भूकम्प गयो । उक्त भूकम्पले मानिसहरु त्रस्त भए । यही बीच अभिनेत्री मनिषा कोइराला भने भूकम्प पछि नियमित व्यायामका लागि जिम पुगिन् । उनले इन्स्टाग्राम एकाउण्टमा भूकम्प पछि जिम पुगेको भिडियो राखेकी छन् ।मनीषाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक भिडियो राखेकी छने । जहाँ उनलाई ट्रेडमिल चलाईरहेको देख्न सकिन्छ । यो भिडियोमा मनीषा जिम आउटफिटमा ज्याकेट र बेसबल क्यापमा देखिएका छन् । भिडियोमा उनले तिब्रगतिमा ट्रेड मिल चलाइरहेको देख्न सकिन्छ । उनले भिडियोको क्याप्सनमा ‘भूकम्पले मलाई बिहानै उठाइदियो’ लेखेकी छन् ।कामको कुरा गर्द

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 265 पटक पढिएको
  • उदितनारायण बसेको भवनमा आगलागी, एकको मृत्यु

    मुम्बई(एजेन्सी) । गायक उदित नारायण झा बस्दै आएको मुम्बईको भवनमा आगलागी भएको छ । आगलागीमा परी उदितका एक छिमेकीको निधन भएको छ । सोमबार राती अँधेरीको शास्त्रीनगरमा अवस्थित उदित नारायण बस्दै आएको भवन ‘स्काईपेन’मा आगलागी भएको हो ।विक्की लालवानीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै भवनको ११ औं तलामा बस्दै आएका उदितका छिमेकी राहुल मिश्रालाई कोकिलाबेन अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । आगलागीमा रौनक मिश्रा गम्भीर घाइते भएका छन् ।मुम्बई फायर ब्रिगेड हेडक्वार्टरका अनुसार भवनमा रहेको मिश्राको फ्ल्याटमा बिजुली सट हुँदा आगलागी भएको हो । प्रत्यक्षदर्शीले फ्ल्याटमा दियो बाल्दा दियोले झ्यालको पर

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 370 पटक पढिएको
  • ४५ वर्षपछि डेमीलाई गोल्डन ग्लोब अवार्ड

    लसएन्जल्स(एजेन्सी) । एक कलाकारको जीवनमा सबैभन्दा राम्रो कुरा के हुनसक्छ ? एक कलाकारको काम हुन्छ पर्दामा आफ्नो उत्कृष्ट प्रस्तुती दिनु । यसपछि त्यो कलाकारलाई आफ्नो प्रस्तुती दर्शकले मनपराउँछन् र पुरस्कार दिन्छन् भन्ने आशा हुन्छ । यसो हुँदा उक्त कलाकारलाई निकै प्रोत्साहन मिल्छ ।हलिउड अभिनेत्री डेमी मूर यस्तै अभिनेत्री हुन्, जसले झण्डै साढे चार दशकपछि अभिनयबाट ‘गोल्डन ग्लोब’ अवार्ड जितेकी छन् । यो अवार्ड उनले आफ्नो करियरमा पहिलोपटक जितेकी हुन् ।उनले फिल्म ‘द सब्सटेन्स’का लागि ‘सर्वश्रेष्ठ महिला अभिनेता–मोशन पिक्चर्स–म्यूजिकल÷कमेडी’ विधामा यो अवार्ड जितेकी हुन् । अवार्ड जिते पछि उनी निकै भावुक बने

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 211 पटक पढिएको
  • समीक्षाको मच्छी मारे जाई

    काठमाडौं । पछिल्लो समयलाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ । प्रविधिले मारेको फड्कोसंगै गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ । गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने मध्यमा कैलालीका युवा नरेश जोगी पनि पर्छन् । आफ्नो भाषा, कला संस्कृति संरक्षणको पक्षमा गीत, संगीतको माध्यमबाट योगदान दिदै आइरहेका नरेश जोगीको शब्द, संगीत र स्वरमा थारु गीत ‘मच्छी मारे जाई’को सुन्दर भिडियो सार्वजनिक भएको छ । नरेश जोगीलाई आरके थारु, राज कुश्मी, सोनु कुश्मी, आरजु चौधरीले स्वरमा साथ दिएका छन् भने निर्माता केशव बडु हुन् ।सार्वजनिक भएको सातादिन पनि नबित्दै झण्डै लाखको

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 187 पटक पढिएको
  • चर्चित गीतका गायकको चर्चा

    झापा :अहिले टिकटकमा भाइरल भैरहेको गीत "मोहनी लगाएउकि मन्तर गरेर, कपाल कोरेर....." का रचयिता तथा गायक हुन् मधुबाबु थापा । उनको जन्म २०१० सालमा दाङमा भएको थियो भने सानै उमेरमा दृष्टि गुमाउन पुगेका उनी विभिन्न समारोहहरुमा गीत गाउने गर्थे र आफुले रचना गरेको गीतहरुको कारण चर्चित अनि सम्मानित हुँदै गए । २०३९ सालमा उनले रेडियो नेपालमा प्रवेस गरे जहाँ बाध्यबादन बजाउने र गीत गाउने लगायतका काम गर्न थाले र २०४२ सालमा चौतारी एल्बममा समाबेस भएको उनको "मोहनी लगाएउ कि मन्तर गरेर, कपाल कोरेर...." गीत चर्चित बन्न पुग्यो जुन आज सम्म निकै चर्चामा रहेको छ । उनले २०७३ साल पुस ८ गते हामी माझ बाट सदाका लागि बिदा लिए

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 278 पटक पढिएको
  • ट्रेलरमा फिरफिरे फिरिरी

    काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ ।ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा नविन भट्टको निर्देशन छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार मनोज अधिकारीले फिल्म फरक कथा ब

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 378 पटक पढिएको
  • माघ ४ बाट भ्वाइस अफ नेपाल सिजन ६

    काठमाडौँ । लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण आगामी माघ ४ गतेबाट हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे र भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम आउने शोका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए ।निर्देशक पौड्यालका अनुसार यसपटक पनि गएका सिजनहरुजस्तै विभिन्न राउण्ड कायमै रहेका छन् । साथै यसपटक केहि कोच परिवर्तन भएका छन् । यसपटक लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका मेलिना राई नयाँ कोचको रुपमा भित्रिएका छन् भने यसअघि कोच बनिसकेका राजु लामा र उदय सोताङ पनि छन् । ब्लाइण्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 325 पटक पढिएको
  • प्रियंका र दिया भन्दैछन्– म त यसै नक्कली

    काठमाडौं । समर निरौलाको डेव्यु निर्देशकिय फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीया मास्केको अभिनय छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 305 पटक पढिएको
  • 'ढोग दिया' शब्द लाई लिएर प्रतिष्ठानको आपत्ती

    काठमाण्डू :'ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ।प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन्।उनले प्रेस विज्ञप्ति जारी गर्दै भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 328 पटक पढिएको
  • भाईरल भएर हराउनेप्रतिनिधि पत्रहरु

    काठ माण्डू :छोटो समयमा भाईरल भएर हराउने केही प्रतिनिधि  पात्रहरु : ‘चोक तिर केटा हो चोकतिर’ (चितवनका २० वर्षिय मान बहादुर तामाङ), ‘तेरो दाइ मिदि भैसक्यो’ (कपिलवस्तुका १६ वर्षीय नवराज रेग्मी), ‘भेलुबाजे’ (रोल्पाका भिम बहादुर वुढा) देखी बाल गायक सचिन परियार सम्म सबै जनाको भिडियो लाखौले हेरेनन मात्र फुर्सदमा मनोरन्जनको खुराक पनी बनाए । धेरैजसोले भिडियो हेर्दै रमाए अनि केहीले भिडियो र अन्तर्वार्ता लिँदै आफ्नो स्वार्थको लागी आफु अनुकुल अनेक काम गराए । सचिन परियार लगायत धेरै जना यस्तैमा परे तर सुखको सपना देखाउने र भिडियो बनाउने बाहेक केही दिनको Fame ले यी पात्रहरुको जीवनमा खासै ठूलो परिवर्तन आए

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 287 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा