मनोरञ्जन

    Showing 1,671-1,680 of 2,236 items.
  • छायांकनमा कृषाको पिताम्बर

    काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै फिल्म ‘पिताम्बर’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो ।फिल्मकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सबै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचल ‘वर एण्ड वधु’ रिलिजपछि फिल्मको छायांकनमा जोडिने छन् ।केही दिनमा काठमाडौंको छायांकन सकेर फिल्मको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 448 पटक पढिएको
  • सानो संसारको मग मग फूलबारी

    काठमाडौं । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सर्वाजनिक गरिएको हो ।संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको फिल्मको सार्वजनिक गीतमा फिल्मका प्रायः सवै मुख्य कलाकारहरु फिचर्ड छन् । शरद महतोले खिचेको सार्वजनिक गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती स

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 588 पटक पढिएको
  • तेल भिसाको हरि नाम झैं

    काठमाडौं । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो ।कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड लिरिकल गीतमा फिल्मका चलअचल दृश्यहरु समावेश गरिएका छन् । फिल्मका मुख्य नायक विपिन कार्कीकी स्वर्गिय आमा सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ ।फिल्ममा विपिन कार्की दोहोरो भुमिका

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 335 पटक पढिएको
  • विवेक र आँचलले गरे कन्या पुजा

    काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर आज बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए । कन्या पुजा सनातन गुठीले हरेक बर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।दश हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा फिल्म ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरे ।सो अवसरमा फिल्मका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए । हरेक बर्ष आयोजना हुने ‘कन्या पूजा’मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको नायिका आँ

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 402 पटक पढिएको
  • मिलाप तीज उत्सवमा महिला स्रष्टा सर्जकलाई सम्मान

    काठमाडौं । तेस्रो मिलाप तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको समारोह वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायि

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 511 पटक पढिएको
  • कलेजका दर्शकमाझ रावायणको प्रचारप्रसार

    काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । फिल्मले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो । फिल्मका निर्देशक र कलाकारको टिम यतिबेला प्रमोसनमा व्यस्त छन् ।यही क्रममा आइतबार फिल्मको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिएका हुन् ।निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 451 पटक पढिएको
  • सिड्नीमा गुञ्जिदै रामकृष्ण

    काठमाडौं । गायक रामकृष्ण ढकाल अष्ट्रेलियामा गुञ्जिने भएका छन् । उनी एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका छन् । उनको ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ । ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ एण्ड हस्पिटालिटी टाईटल स्पोन्सर रहेको उक्त टुरका लागि आफू उत्साहित रहेको गायक ढकालले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै भनेकाछन्, ‘केही समयको अन्तरालपछि सिड्नी आउँदैछु । मेरा नयाँ र पुरानागीतसङ्गीतसँगै हाम्रो जमघट हुनेछ । हामी छिटै भेट्नेछौँ ।’सिड्नीको रकड

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 519 पटक पढिएको
  • हन्टरमा अरुण अनुबन्धित

    काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्रु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो ।फिल्ममा जीवन सिंहको डेब्यू निर्देशन रहनेछ । फिल्म को मुख्य नायकमा अरुण क्षेत्री अनुबन्धित भएका छन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत फिल्ममा काम गरिसकेका छन् ।क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताए । ‘चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लि

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 327 पटक पढिएको
  • झापाका सन्तोषलाई रियलमी मिष्टर नेपाल २०२४ को उपाधि

    काठमाडौंँ । रियलमी ‘मिष्टर नेपाल २०२४’ सन्तोष लोक्सम घोषित भएका छन् । शनिबार राति सोल्टीमोड स्थित होटल सोल्टीमा भव्य स्टेज सेटअप सहित आयोजित  ‘रियलमी मिष्टर नेपाल २०२४’को अन्तिमस्पर्धामा झापा सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका हुन् । विजेता बनेसँंगै उनी आधिकारिक रुपमा ‘मिष्टर नेपाल वल्र्ड २०२४’ चयन भएका छन् । उनले आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिष्टर वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रुपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।&nb

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 497 पटक पढिएको
  • सानो संसारको प्रदर्शन मिति हेरफेर

    काठमाडौं । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको फिल्म अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेक

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 367 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा