मनोरञ्जन

    Showing 1,701-1,710 of 2,236 items.
  • बुलाकी जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभलमा छनोट

    काठमाडौं । गत शुक्रबारबाट नेपाली पर्दामा प्रदर्शनरत फिल्म बुलाकी दक्षिण एशिया भित्र प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सव जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४मा छनोट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो ।जाफना सिनेमा फेस्टिभलको दशौं संस्करण आगामी सेप्टेम्बरमा हुँदैछ । यो फिल्म प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत बर्ष नेपाली फिल्म दि रेड सुटकेसले जितेको थियो । फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहिँ न कहिँ सार्थकता

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 355 पटक पढिएको
  • भारतीय क्रिकेटर युवराज सिंहको बायोपिक बन्दै

    मुम्बई(एजेन्सी) । अन्ततः पूर्व भारतीय क्रिकेटर युवराज सिंहको जीवनमा आधारित रहेर बायोपिक फिल्मको घोषणा गरिएको छ । एक यस्ता क्रिकेटर, जो सन् २०११ को विश्वकपको समयमा क्यान्सरसँग लड्दै विश्वकप खेले र भारतलाई विश्व च्याम्पियन बनाए । क्यान्सर जस्तो रोगलाई मात दिएर क्रिकेटको मैदानमा फर्किइसकेका युवराजको कथा अब फिल्मको रुपमा ठूलो पर्दामा आउने तयारी भएको हो ।युवराजको बायोपिक टी–सिरिजको ब्यानरमा निर्माण हुँदैछ । भुषण कुमार र रवि भगचान्द यो बायोपिक निर्माण गर्दैछन् । युवराजलाई भारतीय क्रिकेटमा उनको महत्वपूर्ण योगदानका लागि चिनिन्छ । जसमा सन् २००७ को आइसीसी टी–२० विश्वकप र सन् २०११ को आइसीसी क्रिकेट

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 431 पटक पढिएको
  • पोखरामा नेपाल फेशनिस्टा २०२४

    काठमाडौं । एस्याप इन्टरटेन्मेन्टको आयोजनामा ‘नेपाल फेशनिस्टा २०२४’ भव्य रूपमा सम्पन्न भएको छ । अगस्ट १७ मा पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली फेशन क्षेत्रमा ‘नेपाल फेशनिस्टा’ले आफ्नो अलग पहिचान बनाउन सफल भइसकेको छ । उक्त कार्यक्रमले नेपाली फेशनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको छ। कार्यक्रममा नेपालका फेशन आईकन प्रशान्त ताम्राकार ,कलाकार एवम् नाट्य गुरु अनुप बराल, एस्याप इन्टरटेन्मेन्टका अध्यक्ष एवम् नायक सन्तोष अधिकारी, निर्देशक घनश्याम लामिछाने , ब्राण्ड कन्सल्टेन्ट पवन राज जोशी, चलचित्र निर्मात्री प्रतिमा थापा, चलचित्र च

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 538 पटक पढिएको
  • एक्सिस व्याण्डको सांगीतिक पाइला

    काठमाडौं । नेपाली व्यावसायिक रक व्याण्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको संगीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ ।भिडियोमा कविता नेपाली (गुरुङ) र धिरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा व्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ ।भिडियोमा व्याण्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । व्याण्डको छायांकन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गरेका हुन् ।पोजेटिभ भाइब्स इन्टर

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 422 पटक पढिएको
  • काठमाडौंमा धिरज राईको कन्सर्ट

    काठमाडौंँ । लोकप्रिय गायक धिरज राईले काठमाडौंँका दर्शक नचाउँने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्याण्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जनबढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।मोडलिङ संघ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लबमा हात्तिसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विषेश प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुवँर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडीन नपाएको धेरै भएकोले पनि आफु का

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 587 पटक पढिएको
  • २२ दिनमा सकियो कार्साङ

    काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो ।फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुति

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 519 पटक पढिएको
  • अटो र ट्याक्सीमा रावायणको प्रचार

    काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को काठमाडौं उपत्यका बाहिर लक्षित प्रमोसन सुरु भएको छ । उपत्यका बाहिरका प्रमुख सहरमा रहेका सार्वजनिक सवारी साधनमार्फत प्रमोसनको काम तिब्र रुपमा अगाडि बढाइएको छ ।निर्माण पक्षका अनुसार नेपालगञ्ज, वीरगञ्ज, चितवन, विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडलगायतका स्थानमा रहेका करिब ४ सय अटो तथा ट्याक्सीमा फिल्मको पोस्टर टाँसर प्रमोसनको काम सुरु गरिएको हो । ‘सार्वजनिक यातायात आम मानिससँग जोडिएका सवारी साधन हुन् । यी गाडीमा दैनिक संख्यामा हजारौं यात्रु ओहोरदोहोर गरिरहन्छन् । उनीहरुमार्फत फिल्मलाई ग्रामीण भेगका दर्शकसम्म प्रचारप्रसारका लागि पुर्‍याउन सजि

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 410 पटक पढिएको
  • असोज ३ बाट कार्तिक ३० पुग्यो ह्रस्व दीर्घ

    काठमाडौं । जनै पुर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको हो ।अभिनेत्री नीता ढुंगानाको निर्माण भएको फिल्म कार्तिक ३० बाट नेपालभरका फिल्म हलमा रिलिज हुने जानकारी निर्माण कम्पनीले दिएको छ । हाल फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भैरहेको छ । दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने सिनेमा पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए ।नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 534 पटक पढिएको
  • मिस एण्ड मिसेस यूनिर्भसलमा ३५ प्रतियोगी

    काठमाडौं। विवाहित र अविवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगीता ुमिस एण्ड मिसेस यूनिर्भसल २०२४ु को अडिसन सकिएको छ । गएको शनिबार काठमाडौँको अनामनगरस्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । यो मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो ।प्रतियोगितामा नेपालका ७ वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् । तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन् । यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नि

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 300 पटक पढिएको
  • मिस्टर एण्ड मिस लिटिल कोशीको अडिसन

    काठमाडौं । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को विराटनगर अडिसन आइतबार साँझ सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको थियो ।जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले यही भदौ ७ गते  सुनसरीको इटहरी र भदौ १५ गते धरानमा अडिसन हुने जानकारी दिए । अडिसनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, विपी कोइराला विज्ञान प्रतिष्ठानका डा. श्रवण मण्डल, ‘मिस कोशी २०२४’ की विजेता शुभलक्ष्मी राई, ‘मिस कोशी २०२४’ की ‘अर्गनाइजर च्वाईस’ विजेता र ‘फस्ट रनर

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 858 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा