मनोरञ्जन

    Showing 1,741-1,750 of 2,236 items.
  • वर एण्ड वधुको एकसाथ तीन पोस्टर

    काठमाडौं । भदौको १४ गतेबाट रिलिज हुने फिल्म ‘वर एण्ड वधु’को एकसाथ तीन पोस्टर रिलिज गरिएको छ । सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । त्यस्तै अर्को पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मालगायतका कलाकारहरुको अभिनय छ ।प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 565 पटक पढिएको
  • नितीको नरसिंहाः अवतार लुक्स सार्वजनिक

    काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ ।यही फिल्ममा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ ।सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ ।नरसिंहाको अर्थ( भगवान विष्णुको उग्र अवतार हो। निर्माणपक्षले बिहिबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 541 पटक पढिएको
  • ज्वाई साबमा निशान र समीक्षाको गीत

    काठमाडौं । बसन्त निरौलाको  निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मको प्रदर्शन मिति चाडै नै तय गर्ने तयारी निर्माणपक्षले गरेको छ ।यसैबिच, फिल्मका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।यो गीतमा फिल्मका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको हो ।राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा मिनादेवी प

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 390 पटक पढिएको
  • बेलायत पछि अमेरिकामा रीत

    काठमाडाै । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा लिद्वारा निर्माण गरिएको लिम्बू भाषा सस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक दिनेश लिङ्देनका अनुसार बेलायत पछि अमेरिकामा फिल्म प्रदर्शन हुन लागेको हो । यही अगष्ट १८ मा न्यूयोर्कस्थित अल्मस्ट क्वीनको एक हलमा हुने विशेष प्रदर्शनका लागि निर्देशक लिङ्देन न्यूयोर्क पुगिसकेका छन् । ‘फिल्म प्रदर्शनबाट संकलन भएको रकमको केही प्रतिशत गरिब र असहाय बालबालिकालाई दिइनेछ’, उनले भने ।उक्त प्रदर्शनमा नृत्य निर्देशक गोविन्द राई, न्युयोर्कका युवा व्यावसायी तथा कलाकार केशवराम राई, मोडल तथा पत्रकार सुमन थाम्सु

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 461 पटक पढिएको
  • पोस्टर र टिजर रिलिजसँगै चर्चामा रावायण

    काठमाडौं । नायक पल शाहलाई एक्सन अवतारमा प्रस्तुत गरिएको फिल्म ‘रावायण’ यतिबेला दुई पोस्टरसँगै टिजरका कारण चर्चामा छ । फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका पललाई फरक गेटअप र एक्सन अवतारमा प्रस्तुत गरिएपछि फिल्मप्रति दर्शक र फिल्मकर्मीको चासो ह्वात्तै बढेको छ ।निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्म आगामी भदौ २१ गतेबाट रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलोपटक पल फिचर्ड ‘रावायण’को फस्टलुक सार्वजनिक गरेको थियो । जसमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा प्रस्तुत भएका थिए । फिल्ममा कान्छा र रागव नामका दोहोरो पात्रको भूमिकामा छन् । उनका अनुसार फिल्ममा उनी पोजेटि

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 609 पटक पढिएको
  • पशुपति र सुमित्राको बालेनको शहर

    काठमाडौँ । गायक पशुपति शर्मा र गायिका सुमित्रा कोइरालाको स्वरमा रहेको नयाँ तीज गीत ‘बालेनको शहर’ सार्वजनिक गरिएको छ । गीतमा आरके कुमार शाहीको शब्द, सुर्य बिनायकको संगीत र विमल छिनालको एरेन्ज तथा मास्टरिंग छ ।मौलिक तीज गीतमा श्रीमान र श्रीमती बिचको सम्वादलाई गीतमा उतारिएको छ । श्रीमानले श्रीमतीलाई काठमाडौंसँगै विभिन्न ठाउँमा घुमाउने कुरा गर्दैछन् । यस्तै श्रीमतीले पनि श्रीमातको हात समाई घुम्ने कुरा गर्दैछिन् । गीतमा मिठास छ । गीतको भिडिओमा श्रीमानको रुपमा आरके कुमार शाही छन् भने श्रीमतीको रुपमा निहारिका थापा छिन् । उनीहरु सहित टिमले भिडिओमा नृत्य गरेको छ ।१० मिनेट लामो भिडिओलाई रमाइलो बनाउने को

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 572 पटक पढिएको
  • प्रिय तिम्रो सिउँदोमा गायक प्रकाशको निधन

    काठमाडौं । चर्चित गीत ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’ का गायक प्रकाश तिमल्सिनाको ३६ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ भैसेपाटीस्थित निवासमा अचेत अवस्थामा फेला परेका उनलाई परिवारले पाटन अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।उनको अन्तिम संस्कार आज आइतबार बिहान पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उनका ‘खलि’, ‘तिम्रो हातको सिन्दुर’, ‘जुन भन्दिन’, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’ लगायतका गीत हिट छन् ।२०४५ सालको भूकम्प र बाढीमा परिवारसँगै आफ्ना दुवै आँखा गुमाएका यी गायक आँखाको उपचारका लागि अमेरिका जाने प्रयासमा थिए ।

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 420 पटक पढिएको
  • खुस्मा टिजरमा प्रेम र विछोड

    काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने फिल्मको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ ।एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय फिल्म म

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 361 पटक पढिएको
  • एन्जल नयाँ मिस मंगोल

    काठमाडौं । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘प्रभु बैंक मिस मंगोल नेपाल २०२४’ को उपाधि खोटाङकी २३ वर्षिया एन्जल राईले जितेकी छन् । नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा रिडी ग्रुपको प्रस्तुती रहेको प्रतियोगितामा उनले ‘मिस ट्यालेन्ट’को उपाधीसमेत हात पारिन् ।शीर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी स्नातक अध्ययनरत एन्जलले अब प्रभू बैंक, नेपाल आदिवासी जनजाती महासंघ, रिडी ग्रुप लिमिटेड एवं नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दुत भई काम गर्ने अवसर समेत पाएकी छन् ।प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु सेकेन्ड रनरअप हुन सफल भएकी छन् । स्नातक अध्ययनरत २१ वर्षिया लिम्बुले ५० हजार

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 798 पटक पढिएको
  • सर्वोच्च अदालतमा देखाइँदै लापता लेडिज

    मुम्बई(एजेन्सी) । जियो स्टुडियोज र आमिर खान प्रोडक्सनको फिल्म ‘लापता लेडिज’ भारतको सर्वोच्च अदालतमा प्रदर्शन गरिने भएको छ । किरण राव निर्देशित यो फिल्म पछिल्लो समयमा दर्शकले रुचाएको फिल्ममा पर्दछ ।फिल्मले थिएटर र ओटीटी दुवैमा राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मलाई सर्वोच्च अदालतमा विशेष शो गरिँदैछ । जसमा निर्माता आमिर खान र निर्देशक किरण राव नै सहभागी हुँदैछन् ।‘यो देखेर मलाई गर्व लागेको छ कि लापता लेडिज भारतको सर्वोच्च अदालतमा प्रदर्शन भएर इतिहास रच्दैछ । यो दुर्लभ सम्मानका लागि भारतका माननीय मुख्य न्यायाधीश डी.वाईं चन्द्रचुडप्रति आभारी छु । मलाई शुरुदेखि नै फूल र जयाको कथा दर्शकलाई मनपर्छ

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 248 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा