मनोरञ्जन

    Showing 1,781-1,790 of 2,715 items.
  • ओस्कारमा अनोरालाई पाँच अवार्ड

    लसएन्जल्स । अमेरिकाको लसएन्जल्समा ओस्कार अवार्ड समारोह सम्पन्न भइसकेको छ । यो वर्षको अवार्डमा यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले सर्वाधिक पाँच विधामा अवार्ड जित्यो ।यो फिल्मले ‘बेस्ट पिक्चर’सँगै निर्देशक सिन बेकरले ‘बेस्ट डिरेक्टर’, नायिका माइकी मेडिसनले ‘बेस्ट एक्ट्रेस’ जित्दा सम्पादन र मौलिक कथा विधामा पनि आफूलाई अब्बल बनायो ।अभिनेता एड्रिअन ब्रोडीले ‘द ब्रुटलिस्ट’बाट ‘बेस्ट एक्टर’को अवार्ड जिते । यो फिल्मले ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्ड पनि जित्यो । अभिनेत्री जोई सल्दानाले ‘एमिलिया पेरेज’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जितिन् ।अवार्ड जितेपछि उनी निक

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 341 पटक पढिएको
  • तीजमा जनै हराएको बाहुन

    काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो फिल्म नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ ।यो फिल्ममा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो फिल्ममा छ ।फिल्मको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।‘जनै हराएको बाहुन’मा हिमाल न्यौपानेको निर्देशन रहनेछ । उनको यो डेव्यु निर्देशन हो । फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन्

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 388 पटक पढिएको
  • दर्शक बढाउँदै लाज शरणम्

    काठमाडौं । फिल्म ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो फिल्म चल्यो ।काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो फिल्मले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो ।दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले व्यापार पनि राम्रो गर्नेमा निर्माणपक्ष विश्वस्त छ । सामान्यतया आइतबारदेखि बिहीबारसम्म बिदा नहुँदा दर्शकको चाप देखिँदैन । तर, ‘लाज शरणम्’मा

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 342 पटक पढिएको
  • वरिष्ठ बलरामको मुहूर्तसँगै छायांकन सुरु

    काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’को मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको फिल्मको आइतबार मुहूर्त गरिएको हो ।निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहनेछ । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहनेछ ।आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्ममा महेश दवाडीको लेखन छ ।सामाजिक कथावस्तुम

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 304 पटक पढिएको
  • जारको ए ठुली

    काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत ‘ए ठुली’ सार्वजनिक गरिएको छ । आगामी बैशाख २६ प्रदर्शन मिति तय गरेको निर्माण कम्पनि फेरी टेल पिक्चर्सले आइतबार गीत सार्वजनिक गरेको हो ।गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापाको अभिनय छ । गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन् । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले बोल्नेछ । तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ ।गीतमा झुमा लिम्बु र पवन गिरीको स्वर समावेश हुँदा हर्क साउदको शब्दमा संगीत ए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 302 पटक पढिएको
  • अभिमन्यु निर्माण घोषणा

    काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो फिल्म आगामी साउन २४ गते रिलिज हुनेछ ।विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा फिल्मले भन्ने अनुमान लगाउन सकिन्छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’मा सुशान्त गौतमको निर्देशन रहनेछ । मुकेश खना

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 231 पटक पढिएको
  • शिखर सन्तोषको गीतमा मोनालिसाको नृत्य

    काठमाडौं । संगीतकार शिखर सन्तोष अहिले अचानक चर्चामा आएका छन् । थुप्रै कर्णप्रिय गीतका यी सर्जकलाई यतिबेला नेपालभन्दा पनि भारतबाट थप चर्चा प्राप्त भएको छ । उनकै स्वरमा बनेको एउटा हिन्दी यूगल गीत भाइरल भएपछि उनको चर्चा चुलिएको हो ।वास्तवमा अहिले सामाजिक सञ्जालका रिल्स तथा टिकटकमा एउटा भिडियो भाइरल भैरहेको छ । संगीतकर्मी शिखर सन्तोष तथा बलिउड गायिका सिरषा भागतुल्यको यूगल गायनको उक्त गीतमा मोनालिसाद्वारा गरिएको उक्त भिडियोमा अघिल्लो साता सम्पन्न प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट भाइरल भएकी भारतीय युवती मोनालिसाको आकर्षक नृत्य प्रदर्शन गरेकी छिन् । मोनालिसाले उक्त नृत्य नेपालकै रौतहट जिल्लाको मौल

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 314 पटक पढिएको
  • वसन्तको बिना स्वादैको

    काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।यो फिल्म आग

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 520 पटक पढिएको
  • विकास बोर्ड र नेपाल प्रहरीबीच सम्झौता

    काठमाडौँ । चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको उपस्थिति चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच शनिबार द्विपक्षीय सम्झौता भएको हो।यो सम्झौताअन्तर्गत दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छन्। विशेष गरी चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 497 पटक पढिएको
  • नरहरीको पिलेन उडाउनी

    काठमाडौं । गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ बजारमा ल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ । यो गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि र पूर्वमन्त्री एसपी कोइराला विशिष्ट अतिथिको रुपमा रहेका थिए । गीत रिलिज कार्यक्रममा बोल्दै प्रमुख अतिथि शम्भुजित बास्कोटाले गीतको अडियो तथा भिडियो सुन्दर बनेको प्रतिक्रिया दिए ।अर्का विशिष्ट अतिथि एसपी कोइरालाले गीतले दिन खोजेको सन्देश र नेपाली गीतमा भोजपुरीको समिश्रण ग

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 574 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.