मनोरञ्जन

    Showing 1,831-1,840 of 2,236 items.
  • सन्तोष सेनको फिल्म 'बलिदान', आगामी वर्ष २०८१ को दसैंमा प्रदर्शन आउने

    काठमाण्डौ  ।   सन्तोष सेनको निर्देशनमा फिल्म 'बलिदान' बन्ने भएको छ। आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको फर्स्ट भिडिओ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा मधेस आन्दोलनको परिवेशलाई देखाइएको छ। फिल्मको फर्स्ट लुक भिडियो सार्वजनिक गरेपनि कलाकारबारे खुलाइएको छैन। दोस्रो भिडियोमा कलाकारबारे खुलाइने सेनले बताएका छन्। आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा  पवन विष्टले निर्माण रहने छ भने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन्।दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित छन। पुरूषोत्तम प्रधान

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 209 पटक पढिएको
  • रेखा थापाको फिल्म उपहारको गीत सार्वजनिक

    काठमाडौं   । रेखा थापाले धेरै समय पछि फिल्म उपहार ल्याउदै छन।  बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म उपहारको पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ दुबै महसुस हुन्छ ।बबुलको संगीत र शंकर अधिकारीको शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार तीन जोडीलाई प्रस्तुत गरिएको छ ।रेखा थापा र मुकुन भुसाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । काठमाण्डौ सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय पनि छ ।     ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 225 पटक पढिएको
  • पशुपति प्रसाद २ (भष्मे डन) को व्यापार आक्रामक कायमै

    काठमाण्डौ   ।   शनिबारबाट रिलिजमा आएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापार आक्रामक छ । चलचित्रले पहिलो दिन २ करोड ४० लाखको ग्रस कलेक्शन गरेको थियो । यसपछि, यो चलचित्रको व्यापारिक आँकडा सार्वजनिक भएको छैन । तर, रिलिजको छैटौ दिनसम्म आइपुग्दा पनि यसको आक्रामक व्यापार कायमै छ ।आज पनि देशभरका अधिकांश हलमा बिहानैदेखि दर्शकको चाप उच्च छ । मध्यान्न, दिवा र बेलुकीका शोजहरुमा दर्शक भरिभराउ छन् । दर्शकको उच्च अकुपेन्सीका कारण पनि यो चलचित्रले आज फेरि आक्रामक व्यापार गर्ने देखिएको छ ।मंगलबार दशैंको टिकाको दिनमा पनि यो चलचित्रले उच्च व्यापार गरेको छ । चलचित्रले मंगलबार मध्यान्

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • 247 पटक पढिएको
  • आजको कबिता :; मेरो गाजा ढल्यो

       "मेरो गाजा ढल्यो,"            मेरा निर्दोष बिश्वासलाई, बलत्कृत गरेर  बिजय उत्साको,क्रूर पाशोमा मार्यौ lतिम्रो धोकामा परेर,मेरो हराएको देश खोज्न,धोका र बिश्वासघातको आगोमा,सम्राज्यबादिलाई बुज्ने भाषामाप्रतिघातको बिरुद्ध प्रतिकार गर्नएउटा नया युद्धको यात्रारम्भमा,मेरो गाजा माथि धाबा बोलेर,आफै संग लडेको युद्धले, पेलेस्तिनी, भूमि फिर्ता गर्न,युद्धको संघातपूर्ण पलहरू,युद्धका बिनाशकारी प्रहारहरू हुन lपटक पटक युद्धले घाईते भएको,प्यारो गाजा,आफै सित आफ्नै लागि युद्धभूमिमा,मेरो देश खोजी रहेछु lदासत्वको पाईला टेकेर,मेरो भूमि लुटनेहरुको बिरुद्ध,जतात

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 489 पटक पढिएको
  • तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटी सम्मको ‘क्याटवाक’

    विराटनगर / विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् ।फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा निस्किए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी ¥याम्पमा उत्रिए । उनीहरूसँगै चर्चित मोडेल कार्की र कलाकार निरौला पनि ¥याम्पमा उत्रिँदा कार्यक्रममा थप रौनकता बढ्यो । विर

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 216 पटक पढिएको
  • विवाह बन्धनमा बाँधिदै अभिनेत्री पूजा शर्मा

    काठमाडौँ / अभिनेत्री पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी विजयादशमीमा उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्ने योजना बनाएकी छन् । उनी स्वयंले दशैँमा विवाह गर्न लागेको जानकारी दिइन् । उनका अनुसार, दशैँकै दिन विवाहको तयारी भैरहेको छ । यसपटक आगामी कात्तिक ७ गते दशैँ परेको छ । यही मितिमा प्रेमी युद्धसँग उनले विवाह गर्न लागेकी हुन् ।उनले भनिन्, ‘दशैंमा विवाहको तयारी भैरहेको छ । यसपालि दशैँको टीकामा राम्रो भएकाले विवाह गर्न लागेका हौं ।’ विवाहअघि उनले प्रेमी बानियाँसँग मिलेर काठमाडौंको झम्सिखेलमा होटल सञ्चालन गर्दैछिन् । होटलको कन्स्ट्रक्सनको काम अन्तिम चरणमा पुगेको छ । अहिले

    • प्रकाशित मितिः असार १७, २०८०
    • 659 पटक पढिएको
  • प्रदर्शनमा आयो ‘परस्त्री’

    काठमाडौँ / असार र साउन महिना फिल्म प्रदर्शनको लागि सही समय मानिँदैन । यी महिनामा पानी परिरहने भएकाले त्यसको असर फिल्मको व्यापारमा पर्छ भन्ने बुझाइ प्रायः नेपाली निर्मातामा छ । यसैले हरेक वर्ष हिउँदे महिनामा कमै फिल्म रिलिज हुन्छन् । तर, फिल्म बलियो छ भने दर्शकलाई हल जान न पानीले रोक्छ न घामले । यही विश्वासमा फिल्म ‘परस्त्री’ बिहीबारबाट प्रदर्शनमा आएको छ ।खासमा यो फिल्म शुक्रबार (भोलि) बाट प्रदर्शनमा आउने तयारीमा थियो । तर, बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ बिहीबारदेखि नै प्रदर्शन हुने भएपछि ‘परस्त्री’ ले एक दिन अगावै प्रदर्शन थालेको हो । फिल्मलाई मल्टीप्लेक्सहरुले सुखद शो दिएका छन् । बैशाख १ गते

    • प्रकाशित मितिः असार १४, २०८०
    • 277 पटक पढिएको
  • काठमाडौंमा हिन्दी सिनेमाहरू चलाउन दिन अदालतको अन्तरिम आदेश

    काठमाडौँ / हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो । अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिए । ‘अन्तरिम आदेश जारी भयो । अहिले हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनु , यथास्थितिमा चल्न दिनू भनेको छ,’ उनले भने। उनी संघका कानुनी सल्लाहकार समेत हुन्। विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ । हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका

    • प्रकाशित मितिः असार ७, २०८०
    • 133 पटक पढिएको
  • अत्याधिक चुम्बन र बेड सिन राखिएपछि रोकियो परस्त्रीको प्रदर्शन अनुमति (भिडियो सहित )

    काठमाडौं / नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’ को प्रदर्शन अनुमति रोकिएको छ । चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरस पाण्डे निर्देशित फिल्म ‘परस्त्री’ लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिन प्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरू ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ । मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरूले फिल्म हेरे पछि सो फिल्मका धेरै दृश्यमा

    • प्रकाशित मितिः असार ६, २०८०
    • 262 पटक पढिएको
  • द मिसेस नेशनल २०२३ को उपाधि अनिता यादवलाई

    काठमाडौं /  ‘द मिसेस नेशनल २०२३’ को उपाधि अनिता यादवले हात परेकी छिन् । क्रिजोना मिडिया ग्रुपले ललितपुरको म्युजिक सिटी हलमा आयोजना गरेको प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिताले उपाधि जितेकी हुन् ।उनले भ्युवर्स च्वाईस अवार्डलाई पनि आफ्नो बनाउन सफल भइन् । लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका थिए ।  विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना

    • प्रकाशित मितिः असार ४, २०८०
    • 302 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा