मनोरञ्जन

    Showing 1,841-1,850 of 2,236 items.
  • ‘आदिपुरुष’ को प्रदर्शन नेपालका कुनैपनि हलमा नहुने

    काठमाडौँ / प्रदर्शन अगावै विवादमा तानिएको फिल्म ‘आदिपुरुष’ को प्रदर्शन नेपालभर रोकिने भएको छ । फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्मसले आजबाट फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो कम्पनीको यो निर्देशनसँगै देशभरका फिल्मको प्रदर्शन रोकिएको कम्पनीका निर्देशक मनोज राठीले बताएका छन्। फिल्ममा सीता भारकी छोरी हुन भन्ने संवादबाट सुरु भएको विवाद नेपालमा मात्रै होइन भारतमा पनि जारी छ । भारतीय दर्शकले समेत फिल्ममा गलत तथ्य प्रस्तुत भएकोप्रति विरोध गरिरहेका छन् ।सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको उक्त संवाद भारतमा प्रदर्शन हुने फिल्मबाट समेत नहटाए फिल्म काठमाडौंमा चल

    • प्रकाशित मितिः असार ४, २०८०
    • 206 पटक पढिएको
  • पोखरामा पनि हिन्दी फिल्म प्रदर्शनमा रोक

    झापा / पोखरा महानगरपालिकाले पनि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको छ । फिल्ममा प्रयोग भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द खेदजनक रहेको र उक्त शब्द नसच्याएसम्म पोखराका कुनैपनि सिनेमा घरमा हिन्दी चलचित्र चल्न नदिने गरी महानगरले पत्राचार गरेको छ ।मेयर धनराज आचार्यले सबै सिनेमा घरमा सिनेमा नचलाउन निर्देशन सहितको पत्राचार गरेका छन् । आचार्यले आदिपुरुषको निर्माणपछि नेपालप्रति भारतीय पक्षले गरेको नजर अन्दाज सामान्य नभएको बताए । उनले सामाजिक सञ्जालमा स्टाटस समेत लेखेर आदिपुरुषका संवाद लेखकले अन्तरवार्तामा दिएका विचारले झनै नेपालमाथि धावा बोलेको बताएका छन् ।यसअघि आइतबार नै काठमाडौँ महानगरले पनि

    • प्रकाशित मितिः असार ४, २०८०
    • 131 पटक पढिएको
  • काठमाडौं पोखरा महानगरभित्र रोकियो हिन्दी फिल्मको प्रदर्शन ( भिडियो सहित )

    काठमाडौं / काठमाडौं उपत्यकाका भित्र  रहेका फिल्म हलहरुले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद फिल्मबाट  हटाउन यस अगि ३ दिनको समय दिएका थिए तर उक्त संवाद हटाउन अटेरी गरेपछि हिन्दी फिल्म चल्न नदिने निर्णय हुन् ।महानगरको आदेशलाई मान्दै आफूहरूले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए । ‘आजदेखि हामीले हिन्दी फिल्मको प्रदर्शन रोकेका छौं । फिल्ममा समावेश आपत्तिजनक शब्द नेपालबाट हटाइसकेको थियो । भारतमा पनि उक्त संवाद हटाउने पहल भइरहेको छ,’ उनले भने, ‘हामीले

    • प्रकाशित मितिः असार ४, २०८०
    • 173 पटक पढिएको
  • विवादित चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने काठमाडौं महानगरको तयारी

    झापा / काठमाडौं‌ महानगरपालिकाले भोलिदेखि विवादित भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन महानगरभित्र रोक्ने तयारी गरेको छ । ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको हो । काठमाडौंका मेयर बालेन शाहले शुक्रबार नै सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कूटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए ।तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन, स्रोतले भन्यो, आज सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्न

    • प्रकाशित मितिः असार ३, २०८०
    • 215 पटक पढिएको
  • विवादका बिचमा पनि ‘आदिपुरुष’ को कमाई दुई दिनमा एक करोड ५० लाख

    काठमाडौँ / दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ ले दुई दिनमा एक करोड ५० लाख कमाइ गरेको छ । फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन । प्रदर्शन अगाडि ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग भएको विषयमा नेपालमा विरोधका भएपछि पूर्व अनुमानित  व्यवसाय गर्न नसकेको हो ।विवादका कारण शुक्रबार बिहानी शो हुन नसकेको फिल्म दिवा शोबाट प्रदर्शन सुरु भएको थियो । विवादका कारण सोचेजस्तो कमाउन नसकेको फिल्मले नेपालमा औसत कमाई गर्न भने सफल भएको छ । फिल्मले दर्शक तथा समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन । फिल्ममा

    • प्रकाशित मितिः असार ३, २०८०
    • 265 पटक पढिएको
  • फिल्म ‘आदिपुरुष’ नेपालमा चल्न पाउने

    काठमाडौँ   ।    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएपछि नेपालमा उक्त फिल्मको सेन्सर पास भएको छ । फिल्ममा आपत्तिजनक संवाद रहेको भन्दै सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय भएपछि फिल्म वितरकले नेपालमा प्रदर्शन हुने उक्त फिल्मबाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएसँगै बोर्डले सेन्सर पास गरेको सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले बताए ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अप

    • प्रकाशित मितिः असार १, २०८०
    • 62 पटक पढिएको
  • दक्षिण भारतीय फिल्म आदिपुरुष महानगरभित्र चल्न नदिने मेयर बालेन शाहको घोषणा

    काठमाडौं  ।   महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नामक चलचित्र चल्न नदिने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म सो चलचित्र चल्न नदिने जनाउनुभएको हो ।सामाजिक सञ्जाल फेसबुकमा लेखिएको छ- ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 133 पटक पढिएको
  • विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

    काठमाडौँ । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ ।अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन । विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो ।त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौँदेख

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 197 पटक पढिएको
  • बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन

    काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ। चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए। चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ। चलचित्र डोल्पा जिल्लाको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाँङ्कन गरिएको निर्माता लामाले बताए।निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • 172 पटक पढिएको
  • चलचित्र काँडेतार सेन्सर बोर्डबाट फुकुवा भएको छ

    काठमाडौं । सामना फिल्मस् प्रा. लि. द्वारा निर्मित चलचित्र “काँडेतार“ लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा भएको छ । सेन्सरले यो फिल्मलाई पि/जी सर्टिफिकेट दिएको छ । फिल्ममा नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको छ ।फिल्मका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काले आफ्नो फिल्म सेन्सर फुकवा भएको अवसरमा सेन्सर स्विकृति प्रक्रियामा आएको कठिनाइलाई सुल्झाउने अवस्था निर्माण गर्नमा सहयोग गर्ने सबै पत्रकार र मिडिया समूहहरुलाई हार्दिक आभार व्यक्त गरेका छन् ।निर्देशक खड्काले चलचित्रको भावना र नियतलाई आत्मसात् गर्दै सेन्सर फुकुवा गर्न तत्पर हुने चलचित्र सेन्सर वोर

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 212 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा