काठमाडौं । समयले जुरायो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्द रहेको गीतमा संगीतकार तथा गायक सरोज कोइरालाले सङीत दिएका छन ।शिव परियार र मिना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन । नायक श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन ।एक मात्र अनुशासित अवार्ड विजेता नायक भट्टराईले देश तथा विदेशका प्रतिष्ठित अवार्डहरु हात पारिसकेका छन । नेपालका चर्चित गायक गायिकाहरुको सयौं लोकप्रिय गीतको भिडियो तथा चलचित्रमा अभिनय क्षमता प्रस्तुुत गरिसकेका भट्टराईका केहि चलचि
काठमाडौं । शुक्रबार रिलिज अन्तर्गत आज नेपालमा चारवटा चलचित्र एक साथ रिलिज भएका छन् । प्रसाद–२, नाईं नभन्नू ल–६, पासाङ स् इन द स्याडो अफ एभरेस्ट र कैदीको पत्र आजबाट प्रदर्शन आएका हुन् । कैदीको पत्र क्यूएफएक्स बाहेकका हलमा रिलिज हुने भएको छ। क्यूएफएक्सले नाईं नभन्नु ल–६ लाई भन्दा प्रसाद–२ लाई उच्च शो दिएको छ । पासाङले पनि राम्रै शो पाएको छ । पासाङ पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले कसरी सगरमाथा आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित डकुमेन्ट्री फिल्म हो ।चारैवटा सिनेमाभन्दा आजबाट तेस्रो सातामा प्रवेश गरेको जारीले धेरै शो पाएको छ ।यस वर्षको सुरुवात नै नेपाली फिल्मबीचको भिडन्तबाट
झापा । सलमान खान र पूजा हेगडे स्टारर फिल्म ‘किसी का भाई किसकी जान’ अप्रिल २१ मा रिलिज हुँदैछ । फिल्मलाई लिएर फ्यानहरुको मनमा धेरै प्रश्नहरु उठिरहेका छन् । जस्तै भाइजानको फिल्म ‘किसी का भाई किसिका जानले शाहरुख खान र दीपिका पादुकोणको ब्लकबस्टर फिल्म पठानको रेकर्ड तोड्न सक्छ । सल्मु मियाँ अभिनित फिल्म ‘किसी का भाइ किसि का जान’ अप्रिल २१ मा रिलिज हुँदैछ ।शाहरुख र सलमानको आफ्नै फ्यान फलोइङ छ । यस्तो अवस्थामा दुवै स्टार आज बलिउडका मेगास्टार बनेका छन् । दुबैको फिल्मलाई लिएर फ्यानमा क्रेज छ । रिलिज हुन लागेको सलमान खान पूजा हेगडे अभिनित फिल्म को बारेमा अहिले सबैले अनुमान लगाएका
काठमाडौं । नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् ।नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार हुने समय बुझिन्छ । यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन् । तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ ।अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन् । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिए
काठमाण्डौ । केही वर्षयता नेपाली फिल्मका स्टार कलाकारहरुले बुझ्ने पारिश्रमिक बहसको विषय बनिरहेको छ। उनीहरुले महंगो पारिश्रमिक लिँदा फिल्मको निर्माण लागत अचाक्ली बढेको तर व्यापार नबढेको गुनासो धेरै निर्माताको छ । फिल्मको लागत बढ्नबाट रोक्न र निर्मातालाई बचाउनका लागि अबदेखि स्टार कलाकारहरु सेयरमा बस्नुपर्ने निर्माता संघका अध्यक्ष नवल खड्काले बताएका छन् ।बुधबार काठमाडौंमा कलाकार संघको एक कार्यक्रममा खड्काले भने, ‘स्टारहरुले ५०/६० लाख पारिश्रमिक लिइदिँदा निर्माताको लगानी सुरक्षित हुन सकिरहेको छैन । केही स्टार कलाकारहरुको न्यूनतम पारिश्रमिक तोक्न कलाकार संघले पहल गरोस् भन्ने
काठमाडौँ । चैत २४ गते रिलिज मिति तोकिएको 'प्रसाद-२' लाई प्रदर्शनको बाटो खुलेको छ । लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगी चलचित्रको प्रदर्शन रोकिएको थियो । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि उच्च अदालत पाटनले गत चैत २० गते अन्तरिम आदेश दिएको थियो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले सोमबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछी प्रसाद२ को प्रदर्शन हुनेभएको छ।
काठमाडौं - मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले भने ।
कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् । कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य
काठमाण्डौ । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । प्रतिष्प्रर्धी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।रेजिनाको पक्षमा खसेका करिब डेढ दर्जन मतमा टिक लगाउनुपर्नेमा सिग्नेचर भेटिएको थियो ।यसले गर्दा पनि रेजिनाको केही मत घटेको बताइएको छ । ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए ।उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छिन्, भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् ।महासचिव पदमा सविन श्रेष्ठले विजयी हुँदा सचिवमा रामेश्वर बुर्लाकोट
एजेन्सी - पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या अभियोगमा सजाय काटिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईले भारतीय अभिनेता सलमान खानलाई फेरि एकपटक धम्की दिएका छन् । भटिण्डा जेलमा रहेका लरेन्सले सलमानलाई सन् १९९८ मा कालो हरिण मारेकोमा माफी माग्नुपर्ने वा नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।गत वर्ष जुनमा पनि मुम्बई प्रहरीमा सलमान र उनका बुबा सलिम खानलाई अज्ञात व्यक्तिबाट धम्कीको पत्र प्राप्त भएको सम्बन्धमा एफआईआर दर्ता गरेका थिए । भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै लरेन्सले भने कि उनको समुदाय सलमानसँग रिसाएको थियो किनभने सलमानले उनीहरूलाई अपमान गरेका थिए । उनीविरुद्ध मुद्दा दायर भए पनि माफी नमानेको लरेन
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.