मनोरञ्जन

    Showing 1,881-1,890 of 2,719 items.
  • बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने

    काठमाडौँ । चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ । समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड बोर्डको इमेलमा पठाउन सकिनेछ ।युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजागर गर्न तालिम सञ्चालन गर्न लागिएको

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 245 पटक पढिएको
  • फेब्रुअरी १९ मा सुशान्तको मृत्यु घटनाको सुनुवाई

    मुम्बई(एजेन्सी) । बम्बई उच्च अदालतले यही फेब्रुअरी १९ मा एक जनहित निवेदन(पीआइएल) मा सुनुवाई गर्दैछ । जसमा अभिनेता सुशान्त सिंह राजपूत र उनका पूर्व मेनेजर दिशा सालियानको मृत्युको गहन अनुसन्धानको माग गरिएको छ ।सुप्रिम कोर्ट एण्ड हाई कोर्ट लिटिगेन्ट्स एशोसिएसन अफ इण्डियाले आफ्नो अध्यक्ष राशिद खान पठानको माध्यमबाट दायर गरिएको निवेदनमा केन्द्रीय जाँच ब्यूरो(सीबीआई)सँग यो मामला सम्बन्धमा शिवसेना विधायक आदित्य ठाकरेलाई पक्राउ गरी अनुसन्धान गर्न आग्रह गरिएको छ । निवेदनमा अदालतबाट सीबीआईलाई एक व्यापक रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिन पनि अनुरोध गरिएको छ ।जनहित निवेदनले आम मानिसको ध्यान आकर्षित गरेको छ

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 330 पटक पढिएको
  • द्रौपदीको कर्णाली काटौला

    काठमाडौं । आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ‘द्रौपदी’को गीत ‘कर्णाली काटौला’ सार्वजनिक भएको छ । गीतमा रवी ओड र इन्द्रकला राईको स्वर, निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत छ । गीतको भिडियोमा डेब्यु नायिका आश्विनी शाही, निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीनाको अभिनय छ । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन् ।निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक विषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको माग अनुसार नै फिल्ममा नवकलाकारहरुको वर्चश्व रहन गएको जानकारी दिए । डेब्

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 429 पटक पढिएको
  • रंगीलाई ‘यू’ सर्टिफिकेट

    काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । फिल्मले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ । प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।&n

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 364 पटक पढिएको
  • नेपाल–भारत रङ्ग महोत्सवः प्रदर्शन भयो कथा कस्तुरी

    काठमाडौँ । काठमाडौँमा जारी नेपाल–भारत रङ्ग महोत्सवअन्तर्गत राष्ट्रिय नाचघरमा बिहीबार नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ प्रदर्शन गरिएको छ । उक्त नाटकमा नेपालको पश्चिम तराईमा भेटिने सपेरा जातिको जनजीवनलाई प्रस्तुत गरिएको छ । आख्यानकार नयनराज पाण्डेको ‘सर्पदंश’ को नाट्य रूपान्तरण गरिएको कथा कस्तुरी तराईमा रहने सपेरा जातिको जीवन सङ्घर्षमा आधारित रहेको छ । महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । यही ३० गतेसम्म चल्ने महोत्सवमा ६ वटा नाटक प्रदर्शन गरिने नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी कुल

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 212 पटक पढिएको
  • टिजरमा फेरि रेशम फिलिली

    काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक फिल्मको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।फिल्मको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । फिल्मको टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टिजरले फिल्मको कथावस्तु प्रकाश पार्छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ फिल्मप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ ।फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह,

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 357 पटक पढिएको
  • लाज शरणमको हेर्दा हेर्दैमा

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तिश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र कृष्ण भारध्वजको संगीत छ ।एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । गीतमा सरल शब्द र लय छ । गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै फिल्मका अधिकांश मुख्य कलाकारको अभिनय छ । गेष्ट अपिरियन्सको रुपमा गजित छन् । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ ।  फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । कुमार कट्टेल निर्देशित फिल्म

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 346 पटक पढिएको
  • लताको सम्झनामा लता मंगेशकर लव इन मेमोरी

    काठमाडौं । गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । ढकालले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरे ।कार्यक्रममा सुनिल हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजन वीर बज्राचार्य, विनोद गिरी लगायतका पेन्टिङ आर्टिष्टहरूले मंगेशकरको प्रत्यक्ष चित्र बनाएका थिए ।कार्यक्रम मंगेशकरप्रति शोक व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने गायक ढकाल तथा सङ्गीतकर्मीहरूले लता मंगेशकरको तस्बिरमा माल्यार्पण गरे ।कार्यक्रममा यसअघि ढकाल र म

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 421 पटक पढिएको
  • जुनाः एक व्यथाको बुकिङ खुला

    काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मका लागि देशभरका हलमा बुकिङ खुला भएको छ ।फिल्मका लागि नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १० शो र उपत्यका बाहिर १४, वान सिनेमाज ४, एफक्यूब चाबहिलले २, बीग मुभिज ३, कीर्तिपुर सिनेप्लेक्स कीर्तिपुरले २, आइएनआईले ७, रञ्जना सिनेप्लेक्सले २, इलाइट सिनेमाजले ३, पाथीभरा सिने प्लाजाले २, सिने रोयलले २, विश्वज्योति सिनेमाले २ शो दिएका छन् ।निर्माता दीपकप्रसाद घिमिरेका अनुसार फिल्मको बुकिङ सुखद रहेको छ । बाल विवाह त

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 461 पटक पढिएको
  • मिस एण्ड मिसेस ब्युटिफुल नेपालको तयारी

    काठमाडौं । नौ वर्षदेखि नियमित आयोजना हुँदै आएको अविवाहित र विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुने भएको छ ।दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पाण्डेका अनुसार अडिसनमा सहभागीहरुबाट नेपालका ख्यातीप्राप्त व्यक्तित्वहरुमो निर्णायक मण्डलले प्रतियोगिको छन

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 391 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.