मनोरञ्जन

    Showing 2,131-2,140 of 2,859 items.
  • माघ १९ मा चिल म्युजिक फेस्टः लेट्स गेट लाउड चितवन

    काठमाडौं ।  कुमा सागर एण्ड द ख्वपझिल्के एण्ड द कम्पनी र जेम्सी आगामी माघ १९ गते शनिबारको दिन चितवनमा गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)को प्रस्तुतीमा उनीहरु ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड चितवन’मा गुञ्जिन लागेका हुन् । पीभीई नेटवर्कसँग जेसीआई नारायणगढले सहकार्य गर्दै चितवनमा कार्यक्रम गर्न लागेको हो ।जेसीआई नारायणगढका रविन्द्रकुमार श्रेष्ठका अनुसार संस्थाको स्वर्ण जयन्तीका अवसरमा यो कार्यक्रम गर्न लागिएको हो । उनले कार्यक्रमबाट प्राप्त मुनाफालाई कुरिनटारमा रहेको जेसिज भिलेजको कल्याणकारी कोषमा जम्मा गरिने बताए । पीभीई नेटवर्कको प्रस्तुतीमा पहिल

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 326 पटक पढिएको
  • रंगीको तिम्रै संसारमा सार्वजनिक

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । गीतले बाबु र छोरीको मायालाई चित्रण गरेको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहे

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 258 पटक पढिएको
  • माइतीघरमा धिरज अनुबन्धित

    काठमाडौं । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा मुख्य भूमिकामा धिरज मगर अनुबन्धित भएका छन् । फिल्ममा धिरजको प्रवेशसँगै कलाकारहरुको लाइनअप पुरा भएको छ । निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो । फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । फिल्ममा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । फिल्ममा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।यो फिल्मको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातीबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 279 पटक पढिएको
  • आउटलः दफा २१९मा शरीरमा आगो लगाएर सुशिलले गरे एक्सन

    काठमाडौं । नायक सुशिल श्रेष्ठको एक्सनका कारण चर्चा र प्रतिक्षामा रहेको फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्ममा सुशिलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने फिल्म रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ ।फिल्मका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ ।निर्माणपक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गर

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 393 पटक पढिएको
  • मिसिङः केटी हराएको सूचनाको अग्रिम बुकिङ खुला

    काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला भएको छ । नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम बुकिङ खुला गरिएको हो । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्मका लागि क्युएफएक्सले उपत्यकामा २५ र उपत्यका बाहिर ३५ गरी ६० शो दिएको छ । जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो छन् ।उपत्यका बाहिरको हकमा विराटनगरमा ३, भाटभटेनी बुटवलमा ४, नेपालगञ्जको बागेश्वरीमा ३, नारायणगढको सिजी मलमा ४, जलमामा ३, बिर्तामोडको वान स्टपमा ४, दमौलीमा ३, इटह

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 341 पटक पढिएको
  • ट्रेन्डिङको शीर्ष स्थानमा एक्टरः टेक वन ट्रेलर

    काठमाडौं । सार्वजनिक भएको दुई दिनमा नेपाली फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ ।राजन भुसालद्वारा निर्देशित फिल्मको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस फिल्ममा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 376 पटक पढिएको
  • सुशान्त केसी २४ फागुनमा भक्तपुरको सल्लाघारीमा गुञ्जिने

    काठमाडौं ।  लोकप्रिय गायक तथा गीतकार सुशान्त केसीको कन्सर्ट मार्च ८। २०२५ (फाल्गुन २४, २०८१) मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा हुने भएको छ । सुशान्तले करिब साँढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।बार्दली, सारङ्गी, साथी र आमा जस्ता चर्चित गीतका लागि प्रख्यात सुशान्तले कन्सर्टमा पुराना गितसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।‘काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो । समर्थकहरुको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु, सुशान्तले भने ।कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । टिकटको माग उच्च हुने अपेक्ष

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 383 पटक पढिएको
  • मंगलम २ को घोषणा

    काठमाडौं । २०७४ सालमा निर्माण भएको फिल्म ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने फिल्म ‘मंगलम २’मा नवल नेपालको निर्देशन रहनेछ ।छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ । नवलले यसअघि यो व्यानरका दुई फिल्म ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए । फिल्म ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ । ‘मंगलम’मा पुष्प खड्का र शिल्पा पोखरेल प्रमुख भूमिकामा थिए ।‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन् ।निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि स

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 315 पटक पढिएको
  • एक्लो पोस्टरमा विजय लामा

    काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उनको क्यारेक्टर नाम भिस्म रहेको छ। उनको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ।फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। फिल्मको सम्पूर्ण कार्य सकिए पश्चात मा

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 399 पटक पढिएको
  • माग्ने राजामा आर्यन सिग्देल अनुबन्धित

    काठमाडौ ।  फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको फिल्म ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्देशक ऋषि लामिछानेका अनुसार फिल्मको महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । आर्यनले फिल्म ‘महाभोज’को छायांकन सकेलगत्तै ‘माग्ने राजा’को काम सुरु गर्नेछन् ।अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा शिवाकोटी, शिशिर वाङ्देल, मिस पबी यो फिल्ममा यसअघि नै अनुबन्धित भइसकेका छन् । आर्यन र केदार तेश्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन । उनीहरुले यसअघि छक्का पञ्जाको पहिलो श्रृङखला र हालसालै रिलिज भएको छक्का पञ्जा ५ मा  एक साथ काम गरिसकेका छन । छक्का पञ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 371 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.