मनोरञ्जन

    Showing 2,241-2,250 of 2,859 items.
  • पोखरामा गुञ्जिँदै नितेश

    काठमाडौं । गायक नितेश जंग कुँवरले पोखरामा यही शुक्रबार आफ्नो प्रस्तुती दिने भएका छन । झण्डै डेढ वर्षपछि नितेश सार्वजनिक रुपमा आफ्ना गीत पोखराका दर्शकलाई सुनाउन लागेका हुन् ।नितेश पोखरास्थित लेकसाइडमा रहेको किङ्ग्स लाउन्जमा गुञ्जिदैछन् । यो कार्यक्रममा नितेशसँगै समृद्धि राईको पनि प्रस्तुती रहनेछ ।पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आयोजना गर्न लागेको कार्यक्रममा नितेशले ‘फ्लर्टी माया’, ‘म पागल’, ‘माया सस्तो’, ‘सम्हाली राख न’, ‘खोलै खोला’, ‘हितैको माया’लगायतका आफ्ना चर्चित गीत सुनाउनेछन् ।नितेश यतिबेला उनको इपी ‘जेमिनी’को तयारीमा छन् । ‘जेमिनी’ सार्वजनिक गरेपछि उनी यसै वर्ष युर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 802 पटक पढिएको
  • रकम ठगीको अभियोगमा इकु पक्राउ

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।उनले भने, ‘पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 525 पटक पढिएको
  • धिरजको जन्मदिनमा खुस्मा ट्रेलर

    काठमाडौं । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो ।चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको जन्मदिनको केक काटेर सेलिब्रेसन समेत गरिएको थियो । फिल्मको ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको बुझिन्छ ।धिरजले आफु जन्मेको गाउँमा फिल्म छायांकनको अवसरमा फर्कन पाएकोमा निर्देशक अशोक थापा मगर प्रति आभार व्यक्त गरे । ‘२ वर्षको उमेर युके गएपनि सधैं

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 549 पटक पढिएको
  • गीत - मृत्यु हरेक पाइलामा बोलाइन्छ

     हरेक पाइलामा मृत्यु बोलाइन्छ। हामीले अहिले होइन भन्दै टाढ्यौं। हामीले जीवनको मूल्य बुझ्यौं। होइन, किनाराको व्याख्या कसैले गरेन। हामीले प्रेमलाई खुशीसँग देख्यौं। मायाले पनि हामीलाई धकेल्यो । हामीलाई किन यसरी माया देखाउनु पर्छ? जहाँ सारा प्रेममा खुसी छिन् । जसले देख्यो उ दुःखी भयो । दु:ख सबैलाई छोयो। जसलाई हामीले सल्लाह दियौं। उसलाई हेर, उसको रिस उठिरहेको थियो । जसले हामीलाई खबर दियो। झुटका कारण समाचार हराएको थियो। मेरो मायालाई बदनाम नगर । तिमी बिना हामी कसरी बाँच्ने ? जब मन लाग्छ मलाई खबर गर । सारा संसार

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 419 पटक पढिएको
  • हङकङमा गुञ्जिँदै मंगोलियन हार्ट

    काठमाडौं । सांगितिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधबीपछि मंगोलियन हार्टले हङकङको युन् लोङ थिएटरमा आगामी १५ सेप्टेम्बरमा वृहत कन्सर्ट गर्ने भएको हो ।ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले हङकङमा ८ बर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेकाले विशेष तयारी गरिरहेको बताए । ‘८ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको व्यापक प्रेम पाएका थियौं,’ लामाले भने, ‘फेरि त्यो प्रेमिल माहोलको मौका जुरेको छ । हामी विशेष तयारी गरिरहेका छौं । हङकङवासीलाई पुराना तथा नयाँ गीत गाएर मनोरञ्जन दिलाउन आतुर छौं ।’३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 473 पटक पढिएको
  • राष्ट्रिय नाँचघरमा नाटक महोत्सव

    काठमाडौं । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ आयोजना गर्ने भएको छ । कार्यक्रमबारे जानकारी दिन सोमबार पूरानो वानेश्वरस्थित रिमालको निवास प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्व. हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी तथा स्व. रिमालका चेला सम्राट सापकोटाले बताए । उनका अनुसार महोत्सव राजधानीको जम

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 479 पटक पढिएको
  • रंगी बनाउँदै सलोन

    काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ ।निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।सक्षम स

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 538 पटक पढिएको
  • सिकन्दरमा सलमान ‘न्यू एङ्ग्री यङ म्यान’

    मुम्बई(एजेन्सी) । अभिनेता सलमान खान र निर्माता तथा निर्देशक साजिद नाडियाडवाला एकपटक पुनः फिल्म ‘सिकन्दर’मार्फत दर्शकमाझ आउँदैछन् । उनीहरुको जोडीले कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । यो अवस्थामा ‘सिकन्दर’ पनि ब्लकबस्टर हुने अनुमान लगाउन थालिएको छ । सलमान र साजिदले ‘सिकन्दर’को सुटिङ सुरु गरिसकेका छन् । एआर मुरुगादासको निर्देशन रहने फिल्ममा सलमान ‘न्यू एङ्ग्री यङ म्यान’का रुपमा देखिँदैछन् ।फिल्ममा सलमानले एक ठूलो सामाजिक गिरोहको सामना गर्नेछन् । ‘सिकन्दरको अर्थ हो शक्ति र सलमान खान समाजसँग जोडिएको एक ठूलो गिरोहलाई परास्त गर्न पुरा शक्ति लगाउनेछन् । यो एक यस्तो प्लट हो, जसले सबैको हृदयलाई छुन्

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 448 पटक पढिएको
  • २५ दिनमा घर नम्बर २ को इन्डक्ल्याप

    काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो ।प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।ए प

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 593 पटक पढिएको
  • १२ गाउँको सिनेमा हेर्न जाउँ

    काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक भावको गीतमा  डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेव्यु गरेकी हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले फिल्मको लागि निकै मेहनत गरेको देखाउँछ ।गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 491 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.