मनोरञ्जन

    Showing 2,281-2,290 of 2,719 items.
  • चलचित्र विकास बोर्डबाट बिदा भए भुवन केसी

    काठमाडौँ-  भुवन केसी दुईवर्षे कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डबाट बिदा भएका छन्। विकास बोर्डबाट उनी आज (बिहीवार) बिदा भएका हुन्। आज बोर्डमा उनका लागि बिदाइ कार्यक्रम राखिएको थियो। उनले आफ्नो कार्यकालमा फिल्म क्षेत्रका लागि धेरै काम गर्ने प्रयास गरेको बताए।उनले काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेकोलगायत अन्य काम गरेको जानकारी दिए।फिल्म क्षेत्रमा सरकारले केही लगानी नगरेको पनि उनको गुनासो थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयसँगै २०७९ साल साउन ९ गते विकास बोर्डको अध्यक्ष पदमा केसी

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 392 पटक पढिएको
  • गर्भावस्थामा योग गर्दै दीपिका पादुकोण : कत्ति फाइदाजनक हुन्छ, जान्नुहोस्

    काठमाडौं–आमा बन्नु महिलाको लागि संसारको सबैभन्दा सुन्दर अनुभूति हो । विशेष गरी यदि तपाईं पहिलो पटक आमा बन्दै हुनुहुन्छ भने त्यो अझ विशेष पल हो । बलिउड अभिनेत्री दीपिका पादुकोण पनि पहिलो पटक आमा बन्न लागेकी छिन् र यो उनको लागि निकै विशेष क्षण हो ।दीपिका आफ्नो स्वास्थ्यप्रति सधैं सचेत छिन् । उनी कसरत गर्छिन्, जिम जान्छिन् र कहिलेकाहीँ ब्याडमिन्टन पनि खेल्छिन् । उनी गर्भावस्थामा पनि आफ्नो फिटनेसको पूर्ण ख्याल राख्दै आएकी छिन् । हालै दीपिकाले आफ्नो इन्स्टाग्राममा एक पोस्ट साझा गरिन्, जसमा उनलाई ‘प्रसवपूर्व योग’ गरिरहेको अवस्थामा देख्न सकिन्छ । गर्भवती महिलाहरूले गर्भावस्थामा गर्ने योग अभ्यासल

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 353 पटक पढिएको
  • महिनावारी हुँदा किन हरेक महिना ब्रेकअप गर्थिन् जान्हवी कपूर ?

    काठमाडौं–कलाकारहरू अक्सर आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । बलिउड अभिनेत्री जान्हवी कपूरले पनि आफ्नो पहिलो प्रेमबारे बोलेकी छिन् । एक अन्तर्वार्तामा जान्हवीले आफू एकपटक मात्रै ब्रकअपबाट गुज्रिएको भनेकी छिन् । तर पछि त्यो मान्छे आफ्नो जीवनमा फर्केर आएको भन्दै अन्त्यमा सबै कुरा राम्रो भएको स्मरण उनले गरिन् । जान्हवीले आफू सानै उमेरमा महिनावारी हुँदा धेरै मुड स्विङ हुने गरेको पनि सम्झेकी छिन् । त्यसले उनको प्रेम सम्बन्धलाई पनि असर गर्यो । त्यसबारे उनले भनिन्, ‘म महिनावारी हुँदा हरेक महिना झगडा गरेर त्यो व्यक्तिसँग सम्बन्ध तोड्ने गर्थे । दुई दिनपछि, रोएर माफ गर्नुहोस् भन्थेँ अ

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 454 पटक पढिएको
  • गुरु पूर्णिमाको अवसरमा ‘गुरु चरणमा’ सार्वजनिक (भिडियो)

    गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।।अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म हार्दिक नमस्कार गर्दछु ।संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ । गुरु महिमाको वर्णन गर्न कुनै पनि भाषाका शब्दहरू अपूरा र अधुरा छन्, त्यो खालको महत्व रहेको छ हाम्रो समाजमा गुरुको । अन्य शब्दको तुलनामा गुरु शब्द उच्चारण गर्दा परमानन्दको अनुभूति हुन्छ । दुःख, कष्ट, समस्याले सताउँदा त्यसबाट निवृत्ति हुन विभिन्न उपाय गर्दा पनि भएन भने अन्तिम समाधानको स्रोतको रूपमा गुर

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 399 पटक पढिएको
  • बलेले गरे विवाह

    काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन्। उनले आइतबार झापाकी स्नेहा दङ्गालसंग विवाह गरेका हुन्। उनले सीमित आफन्त र साथीभाइबीच आइतबार विवाह गरेका हुन् । उनको विवाहबारे धेरै जानकार थिएनन् । उनको विवाहको तस्बिर सार्वजनिक भएपछि उनको विवाहबारे चर्चा सुरु भएको हो ।

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 362 पटक पढिएको
  • कति पायो दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ले 'शोज'?

    काठमाडौँ- अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मंगलबार राजधानीमा आयोजित प्रिमियर शोमा राम्रो तारिफ पाएको सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शोज पाएको छ । यो सिनेमालाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका ४० स्क्रिनमा ५७ शो पाएको छ । यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाज्ले १३ शो, एफक्युबले ६ शो, बिएसआर मुभिजले ५ शोज दिएका छन् । यस्तै, वान सिनेमाज्, सिके सिनेमाज्, रञ्जना सिनेप्लेक्स, विश्ज्योती सिनेमाज्, सिने डी सेफ लगायतका सिनेमा हलले अहिलसम्म अग्रीम टिकट बुक

    • प्रकाशित मितिः असार २७, २०८१
    • 341 पटक पढिएको
  • काठमाडौँका सुनील खड्काले हात पारे कमेडी च्याम्पियन तेस्रो संस्करणको उपाधि

    काठमाडौँ- ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनील खड्काले हात पारेका छन्। शनिबार साँझ भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। उनले २५ लाख नगदसहित सीजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार लगायतका अन्य पुरस्कार पाएका छन्। फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले हुँदा सेकेन्ड रनरअप नवलपुरकी सुयाशा खनाल भइन्। फस्ट र सेकेन्ड रनरअपले भने एकरएक वटा स्कुटर पुरस्कार पाएका छन्।

    • प्रकाशित मितिः असार १५, २०८१
    • 448 पटक पढिएको
  • नेपाल आईडलका विजेतालाई गितार दिँदै प्रधानमन्त्रीले भने- देशको प्रतिष्ठा बन्नु

    काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिएका छन्। परियारलाई बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले गितार उपहार समेत दिएका छन्। प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए। सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेका छन् । 

    • प्रकाशित मितिः असार १२, २०८१
    • 469 पटक पढिएको
  • गायिका समीक्षा अधिकारीले भनिन् : एकदिन सबैले मर्नुपर्छ

    काठमाडौँ- गायिका समीक्षा अधिकारी घरीघरी सामाजिक सन्जालमा छाइरहन्छिन्। कहिले कसैलाई जबाफ दिन त कहिले कसैबाट जबाप खोज्न सांकेतिक हमला गर्न समीक्षा मायुर छन्। आज पनि उनले सामाजिक सन्जालमार्फत आफ्नो बारेमा जानकारी दिएकै छन्। उनले आफू  आफू उठ्दै लाग्दा बेस्सरी ठेस लागेर लडेको र उठ्न धेरैले साथ दिएकाले आफू संसारकै भाग्यमानीझैँ लाग्ने गरेको पनि बताएकी छन्।उनले के सन्दर्भमा यसो भनिन्, स्पष्ट पारेकी छैनन्। तर उनले  सबैले एकदिन मर्नुपर्ने भन्दै सबैको भलो चाहेको सुनाएकी छन्। उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि कलाकारहरूलाई सफलता मिलोस् भन्ने आफ्नो चाहना रहे

    • प्रकाशित मितिः असार ११, २०८१
    • 556 पटक पढिएको
  • प्रेमी जहीर इकबालसँग विवाह बन्धनमा बाँधिइन् अभिनेत्री सोनाक्षी सिन्हा

    काठमाडौं- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाह बन्धनमा बाँधिएकी छन्। सोनाक्षीले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी हुन्। हिन्दू धर्म मान्ने सोनाक्षी र मुस्लिम धर्म मान्ने जहीरले विशेष विवाह ऐनअन्तर्गत विवाह दर्ता गरेका हुन्। सोनाक्षी विवाहमा मुस्लिम पहिरनमा सजिएकी थिइन् भने भोजमा हिन्दू पहिरनमा सजिएकी थिइन्। करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक सल्लाहमा बिहे गरेका हुन्। विवाह दर्तापछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै सोनाक्षी र जहीरले लेखेका छन्, ‘आजभन्दा सात वर्ष पहिले हामीले एकअर्काको आँखामा देखेका थियौं। प्रेम एक सुन्दर चीज हो। हामी दुईले त्यही दिन

    • प्रकाशित मितिः असार १०, २०८१
    • 556 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.