मनोरञ्जन

    Showing 2,291-2,300 of 2,719 items.
  • दश कवि प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत

    काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट दश कविलाई पुरस्कृत गरेको छ।   प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव—२०८१ म सहभागी भएका कविमध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको थियो। कार्यक्रममा सर्वोत्कृष्ट १० कविका रचना वाचनसमेत गरिएका थिए। पुरस्कृत  हुनेमा बर्दियाका अग्रआवाज, मकवानपुरका अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, दाङका छविलाल कोपिला, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रुपक ‘जमरा’ घलान, सिन्धुलीका रेजिना खालि

    • प्रकाशित मितिः असार ९, २०८१
    • 346 पटक पढिएको
  • नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जिते

    काठमाण्डौ  ।   नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन्। बर्दियाका परियाले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन्। परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरे।त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए। विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरेका थिए।एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ने

    • प्रकाशित मितिः असार ८, २०८१
    • 597 पटक पढिएको
  • आज शुक्रबारदेखि २ नेपाली फिल्म ‘दान्भी’ र ‘आचार्य’ प्रदर्शनमा

    काठमाण्डौ  ।  आज शुक्रबारदेखि २ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘दान्भी’ र ‘आचार्य’ । फ्राईडे रिलिज अन्तर्गत एकसाथ आएका यी दुई मध्य ‘दान्भी’ नयाँ फिल्म हो, भने ‘आचार्य’ १३ वर्ष अगाडिको एक पटक प्रदर्शनमा आइसकेको फिल्म हो । फिल्मले दर्शकको साथ राम्रो पाउने अपेक्षा दुवै फिल्मका निर्माताहरुले गरेका छन् ।‘दान्भी’ अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिएको फिल्म हो ‘दान्भी’ । रूपेश तामाङ निर्देशित फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ । पवन राना मगर कार्यकारी निर्माता, देव म

    • प्रकाशित मितिः असार ७, २०८१
    • 425 पटक पढिएको
  • ‘ह्रस्व दीर्घ’ आगामी असोज ०३ मा

    काठमाण्डौ  ।  आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म एक साता अगाडि सरेको छ। फिल्म अब ३ असोजमा प्रदर्शन हुनेछ । फिल्मलाई संविधान दिवसको अवसर पारेर एकसात अगाडि रिलिज गर्न लागेको निर्माता कलाकार नीता ढुंगानाले बताइन् । अहिले धमाधम डबिङमा रहेको फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको अभिनय रहेको छ । सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा छायाङ्

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 696 पटक पढिएको
  • पूजा शर्माको ‘दान्भी’ असार ७ देखि प्रदर्शन

    काठमाडाैं ।  अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यस फिल्ममा पूजा एक

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 554 पटक पढिएको
  • पुजार सार्कीको गीत ‘दर्शन गरेँ’ सार्वजनिक

    काठमाण्डौ  ।   आगामी जेठ १० गते रिलिज हुने सिनेमा ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको कौडा नृत्यमा आधारित छ।सार्वजनिक गीतमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु फिचर्ड छन् । कास्कीको जिल्लाको धम्पुसमा छायांकन गरिएको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको हो । गीतका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको छ ।किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिन

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 486 पटक पढिएको
  • मंगोलियन हार्टले दक्षिण कोरियामा कन्सर्ट गर्दै

    काठमाडौं । मंगोलियन हार्टले करिव ५ बर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । मंगोलियन हार्ट समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड हो ।गत अप्रिलमा १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा सुरु गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने बताएको छ । आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोंगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबी लामाले जानकारी दिए।नेपाल–कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाको यो ब्यान्डले आफ्ना चर्चित र नयाँ गीतहरू प्रस्तुत गर्नेछ। ‘

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 432 पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार रचना रिमाललाइ

    काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९ प्राप्त गरेपछि आफ्नो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन रहेको बताएकी छिन् ।उनले पुरस्कारसहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै पुरस्कारले थप जिम्मेवार , उर्जाशिल र कर्तव्यनिष्ठ हुन हौसला प्रदान गर्ने गरेको उल्लेख गरेकी छिन् ।उनले लेखेको छिन्, ” मेरो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन आज रह्यो। नातिकाजी स्मृति समाजद्वारा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ प्राप्त गर्ने सौभाग्य प्राप्त गरेकी छु। यो स्थ

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 613 पटक पढिएको
  • आज देशभरका सिनेमा हल बन्द

    काठमाडौं । देशभरका सिनेमा हल आज बन्द भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् ।केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो ।यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 387 पटक पढिएको
  • गजल ...देवेन्द्र किशोर

    गौशाला छब्बिस ....म क्षत  बिक्षत भई रहे ,उसले जोड़दै  नै रहे हातमा हात राखेर ,मलाई खोज्दै रहे हराएको थिए शब्दहरुमा, छरिएर गए अक्षरहरुमा वाक्य बनाई दियो उसले, मलाई तलाश गरी रहे  म डूब्दै गए , उसले खोजी रहे गहराई नाप्दै, छालहरु हेर्दै म धेरै दूरको यात्रामा निस्किए,  दुर्गम गन्तब्य तिर छायाको  तलाश गर्न, घामको रापमा निस्केर आए  पानी पानी भए रापले, निस्तेज भए तेजले  खोज्दै -तलाश गर्दै, अस्मिताको रक्षा गर्दै  भागी रहे समयदेखि,  अझै उसलाई खोज्दै रहे  l   - देवेन्द्र किशोर ढुङगाना   

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 360 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.