बझाङ / वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बझाङको छबिसपाथिभेरा गाउँपालिका –२ मुम्ला निवासी ५४ वर्षीय कडायतमा मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए ।उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन् ।
काठमाडौं / नेपाली चलचित्र छक्कापञ्जा- ४ को छायांकन शुरु भएको छ । हेमराज बि सी ले निर्देशन सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन शुरु गरिएको हो ।दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीहरूसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताए । उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए ।उनलेले फिल्ममा शहरको कथावस्तु रहेको बताए । त्यस्तै कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु ले
काठमाडौँ / सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना २०७९ सार्वजनिक गरेको हो । मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल भ्रमण देशको घोषणा गरिसक्ने जनाएको छ। यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड –१९ का कारण प्रभावित हुन पुगेको थियो । यस्तै, मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक रुपमा प्रयोगमा ल्याउने जनाएको छ। मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियान समेत सञ्चालन गर्ने भएको छ ।का
काठमाडौं / अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरू शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।करिब चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरको विवाह काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको हो ।वैवाहिक समारोहमा सरोज खनाललगायत केही चलचित्रकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न शुक्रबार बिहान अभिनेता हमाल खुम्लाटार पुगेका हुन् । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि आकाङ्क्षीहरू शक्ति केन्द्र धाइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।भेटघाटको समन्वय गरेका संगीतकार चेतन सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड र हमालबीच समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको थियो । भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन्।साथै
काठमाडौँ / लोकदोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा भेटिएकी छिन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । पतिसँग सम्बन्धविच्छेद गरेपश्चात् केही वर्षयता एक्लै बस्दै आएकी गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।स्टाटस लेखेको भोलिपल्ट हिजो (शनिबार) बेलुका १०ः४५ बजे कोठामा सुतेको अवस्थामा उनी मृत भेटिएकी हुन् । प्रहरीको प्रारम्भिक
काठमाडौँ / चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले दरखास्त पेश गर्न सूचना प्रकाशित गरिएको उल्लेख छ । दरखास्त पेश गर्ने ३० वर्ष पुरा भई ६४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । यस्तै, कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा दश वर्ष
काठमाडौं / मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ ।आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् । विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्रयाइदिने छिन् ।कोरोना महामारीका कारण अघिल्ला २ वर्ष रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो ।
काठमाडौँ / शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कबड्डी ४’ को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका अनुसार सिक्किमका जनता र विभिन्न संस्थाको संवेदनलाई ध्यानमा राख्दै ‘कबड्डी ४’ को प्रदर्शनमा रोक लगाइएको हो । ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।गत साता अलइन्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।‘क
काठमाडौँ / ‘कबड्डी ४’ ले हाल सम्ममा सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन हो । आइतबारको विवरण आउन बाँकी छ ।फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.