काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन् । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन् । आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ । पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ ।आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् । स
‘तोहरे भरोसे बरहम बाबा झिझिया बनैलियो हे, बरहम बाबा झिझिया पर होइनौ न सहाय अबोधवा बालक तोहर किछियो नै जनैछो हे ।’‘चल चल गे गैनिया कदम तर, तोहर बेटा के खैबौ बरहम तर’‘माछ मार गेले गे डैनिया बाबाके पोखरिया, माइर लेले कोतरी मछरिया गे’यी र यस्तै मैथिली गीतसङ्गीतले यतिबेला मिथिला क्षेत्रमा रौनकता बढाएको छ । बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा रातिको बेला झिझिया नृत्य पनि सुरु भएको छ । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्सासहितको तराई मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिला क्षेत्रमा झिझिया नृत्यको रौनक छाएको हो ।सुख, समृद्धि र पारिवारिक
असोजको १३ गतेबाट फिल्म ‘माइतीघर’ रिलिजमा आउँदैछ । यो फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । फिल्मको टिजरमा कमेडी धेरै छ । कलाकार केदार प्रसाद घिमिरेको कमेडीको साथमा मुख्य दुई नायक धिरज मगर र प्रकाश सपुतविचको द्धन्द्धले पनि दर्शकलाई आकर्षित गरेको छ । नायिका उपासना सिंह ठकुरी र नव–नायिका श्यामाश्री शेर्पाको भूमिकाप्रति पनि दर्शकको चासो बढेको छ ।रोहित अधिकारीको निर्माणमा तयार भएको यो फिल्ममा मिलन तामाङको निर्देशन छ । यो फिल्मले हसाउँदा हसाउँदै दर्शक रुवाउने कलाकारहरूले बताएका छन् । मिडिया कुराकानीका क्रममा मुख्य कलाकारहरू केदार प्रसाद घिमिरे, उपासना सिंह ठकुरी र धिरज मगरले फिल्मको क्लाइमेक्
सरकारले यसपटक ११ जना भन्दा बढी व्यक्तिलाई मन्त्री नबनाउने बताइसकेको छ । अन्तरिम सरकारमा कुनै पनि दलसँग नजोडिएका व्यक्तिहरूलाई मन्त्री बनाइएको छ । तर, अझै केही मन्त्रीहरूलाई नियुक्ति गर्न बाँकी नै छ । यस्तो अवस्थामा, अबको परराष्ट्र मन्त्री को बन्ला भन्ने चासो पनि छ । सामाजिक संजालमा विगत केही दिनदेखि नेपाली फिल्म क्षेत्रका सर्वाधिक सफल नायक राजेश हमालको नाम ‘परराष्ट्र मन्त्री’को रुपमा चर्चामा छ । उनले यो शक्तिशाली मन्त्रालय सम्हाल्न लागेको भन्दै चर्चा गरिएको छ । जेनजी पुस्ता पनि हमाललाई परराष्ट्र मन्त्रीको रुपमा हेर्न चाहेको अभिव्यक्ति दिइरहेका छन् । तर, नायक हमाल भने यतिबेला अष
नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र 'बलिदान'का निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यस चलचित्रलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।"हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो," निर्देशक सेनले बताए, "चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृ
लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आउनुभएको छ । यसपालिको दसैँमा उहाँले ‘प्यारो गाउँघरमा’ गीत पाठक÷स्रोतामाझ ल्याउनुभएको छ । यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्तीमगरले स्वर दिनुभएको छ ।खत्रीको शब्द र सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सृजना गर्दै आएको खत्री बताउनुहुन्छ । उहाँका गीतले चाडबाड आएको छनक दिन्छन् । मार्मिक सृजना र ग्रामीण परिवेशको झझल्को
स्वर्गीय गायक कृष्णविक्रम थापाको चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा पुन: रेकर्ड गरिएको छ । थापाले विसं २०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरेर प्रथम पुरस्कार समेत जित्न सफल गीत अहिले गायक थापाकै जेठो छोरा राजु थापाले आफ्नो स्वरमा रेकर्ड गरेका हुन् । गीतमा शब्द तथा संगीत समेत स्व. थापाको रहेको छ । गीतको भिडियो पनि बनेको छ । सिन्धुलीको सान बोकेको गीतको छायाङ्कन सिन्धुली जिल्लाकै सेरोफेरोमा भएको छ ।भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीको अभिनय देख्न सकिन्छ । पवन केसी, सत्यदेवी पवित्रा रम्तेल र काजी थापाको पनि अभिनय रहेको गीतको भिडियो वासु बरालले छायाङ्कन गरेका हुन् । भिडियो क्रान्त
सोमबार मात्र सार्वजनिक भएको फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत युट्युबबाट हटेको छ । बूढासुब्बा डिजिटलबाट यो गीत सार्वजनिक भएको थियो । गीत युट्युबबाट हटेपछि दर्शकहरुले यसप्रति व्यापक चासो समेत राखेका छन् । फिल्मका निर्माता सरोज न्यौपानेले प्राविधिक कारणले गर्दा गीत युट्युबबाट हटाइएको र आज वा भोलिसम्म फेरि अपलोड हुने जानकारी दिएका छन् । यता, नायक अनमोल केसीले पनि सामाजिक संजालमार्फत प्राविधिक समस्या आएपछि गीत हटेको उल्लेख गरेका छन् । उनले, आफ्ना दर्शकहरुसँग माफी माग्दै चाँडै नै गीत अपलोड हुने जानकारी दिएका छन् । यो गीत सार्वजनिक भएपछि दर्शकले नायक अनमोल केसी र नायिका आँचल श
हलिउड अभिनेता तथा ‘स्पाइडर म्यान’ फेम टम हल्यान्ड छायाङ्कनका क्रममा घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार उनलाई स्टन्ट गर्दा टाउकोमा चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो । ‘द सन’ को रिपोर्ट अनुसार, टम हल्यान्ड न्युयोर्कमा 'स्पाइडर म्यान : अ ब्रान्ड न्यू डे' को छायाङ्कन गरिरहेका थिए । एउटा एक्सन स्टन्ट गलत भएपछि उनी लडेर टाउकोमा चोट लागेको थियो । यद्यपि, उनको चोट सामान्य रहेको तर डाक्टरले उनलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ । चोटका कारण उनले छायाङ्कनबाट केही समयको विश्राम लिएका छन् ।'स्पाइडर म्यान' फ्रान्चाइजीबाहेक, टम हल्यान्डले 'अनचार्
अमेरिकी कमेडियन जिमी किमेलको लोकप्रिय ‘लेट-नाइट’ टक शो निलम्बनपछि मंगलबारदेखि पुनः प्रसारणमा आउने भएको छ। दक्षिणपन्थी इन्फ्लुएन्सर चार्ली कर्कको मृत्युसँग जोडेर गरेको ठट्टाका कारण उनको कार्यक्रमलाई निलम्बन गरिएको थियो।जिमी किमेलको कार्यक्रम प्रसारण गर्ने अमेरिकी नेटवर्क एबीसीको स्वामित्वमा रहेको डिज्नीले सोमबार ‘केही टिप्पणीहरू अनुपयुक्त र असंवेदनशील’ भएकाले किमेललाई निलम्बन गर्ने निर्णय गरिएको स्पष्टिकरण दिएको थियो । डिज्नीले ‘जिमीसँग विगत केही दिनदेखि भएको कुराकानीपछि मंगलबारदेखि शो फर्काउने निर्णयमा पुगेको’ जानकारी दिएको छ।किमेलको निलम्बन अमेरिकी संघीय टेलिभिजन नियामकले एबीसीको प्रसारण इजाज
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.