पत्रपत्रिका

    Showing 21-30 of 1,267 items.
  • काठमाडौं महानगरको बजेट आइतबार सार्वजनिक हुने...

    काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा यही असार २९ गते (आइतबार) दिउँसो २ बजेका लागि बोलाइएको छ।शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन शाहले नगरसभासम्बन्धी एउटामात्र एजेण्डा पेस गरेका थिए। उनका अनुसार नगरसभाको अधिवेशनअघि सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्नेछ।बैठकका लागि २४ वटा एजेण्डा भए पनि औपचारिक रूपमा नगरसभा आह्वान गर्ने विषयलाई मात्रै बैठकमा राखिएको मेयर शाहले स्पष्ट पारे।उनले भने, “एजेण्डामा २४ वटा प्रस्ताव भए पनि आज एउटा मात्र एजेण्डा राखिएको छ — नगरसभा अधिवेशन सम्बन्धी प्रस्ताव पेस गर्नु।” अब तय गरिएको नगरसभा बैठकमार्फत काठमाडौं महानगरपालिकाको आगाम

    • प्रकाशित मितिः असार २७, २०८२
    • 711 पटक पढिएको
  • आर्थिक सुधारमा ३० वटा कानुन परिवर्तन, उद्योग संघको स्वागत...

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले अनुकुल नीतिहरू अवलम्बन गरिरहेको बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा उनले भने, “बजेटमा ‘टेक एन्ड पे’ को विषय धेरै चर्चा भयो, त्यसलाई फिर्ता लिइसकिएको छ। नेपालको जलस्रोतको विशाल सम्भावनालाई अधिकतम सदुपयोग गर्दै जलविद्युत विकासमा निजी क्षेत्रको लगानी वृद्धि गर्न अनुकुल नीति ल्याउने छौं।”उनले उत्पादन भएको विद्युतको उपभोग र वितरणमा ध्यान दिनुपर्ने पनि जोड दिए। साथै, विद्युत् सवारी साधन (इभी) को कर

    • प्रकाशित मितिः असार २७, २०८२
    • 665 पटक पढिएको
  • प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनित

    काठमाडौं – नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले आफ्नो विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् । संस्थाले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको अध्यक्ष शिव लम्सालले बताए । नेपाल प्रेस युनिय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 400 पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा ‘दृष्टि अनलाइन’का सञ्चालक र सम्पादकमाथि धरौटी माग

    काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 507 पटक पढिएको
  • साइबर अपराध अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पत्रकार दिलभूषण पाठक उच्च अदालतमा

    काठमाडौँ – पत्रकार दिलभूषण पाठकले साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उच्च अदालत पाटनमा पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा रिट निवेदन दिएका छन्। आइतबार दर्ता गराइएको रिटमार्फत उनले आफूलाई पक्राउ नगर्न आदेश दिन अनुरोध गरेका हुन्।उक्त रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोलाई विपक्षी बनाइएको छ। यस विषयमा सुनुवाइ सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा तय गरिएको छ।पाठकद्वारा सञ्चालित युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नतासम्बन्धी रिपोर्ट सार

    • प्रकाशित मितिः असार २, २०८२
    • 491 पटक पढिएको
  • पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी

    काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 701 पटक पढिएको
  • समाजिक संजाल बिधेयक प्रति संघको आपत्ती

    इटहरी l स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश समिति र सुनसरी जिल्ला समितिले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ । संघका प्रदेश संयोजक देवेन्द्र किशोर ढुङगाना र सुनसरी जिल्ला अध्यक्ष अकबर अलीले बिहिबार विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा संघको गम्भीर असहमति र आपत्ति रहेको बताए ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 528 पटक पढिएको
  • पत्रकारहरुलाई महिला फाउण्डेशनद्वारा सम्मान

    राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई तराई मधेश महिला फाउण्डेशनले सम्मान गरेको छ ।नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम गरी फाउण्डेशनका पदाधिकारीले पत्रकार महासंघमा निर्वाचित भएकाहरुलाई सम्मान गरेको हो।कार्यक्रममा संस्थाका अध्यक्ष सुनिता साहले नेपाल पत्रकार महासंघ, सप्तरीको अध्यक्षमा निर्वाचित श्रवणकुमार देवसहित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको हो । नवनिर्वाचितलाई गमछा एवं रुद्राक्षको माला लगाइदिएर उनले सम्मान गरिन् ।यस्तै, केन्द्रीय परिषद् सदस्यमा निर्वाचितलाई पनि सम्मान गरिएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 542 पटक पढिएको
  • नजिककालाई बढुवा गर्न प्रहरीमा दरबन्दी थप्ने तयारी

    काठमाडौं— निकटस्थलाई बढुवा गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा डिआइजी थप्ने गृहकार्य अघि बढाएको छ। केही व्यक्तिविशेषलाई लक्षित गरी सशस्त्र प्रहरीमा एआइजी र नेपाल प्रहरीमा डिआइजीको दरबन्दी थप्न लागिएको हो।दुई महिनापछि अनिवार्य अवकाशमा जान लागेका डिआइजी किशोर प्रधानको बढुवाकै लागि सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी थप्न गृहले छलफल थालेको छ। ‘संगठनले भन्दा व्यक्तिगत रूपमा दरबन्दी थप्ने प्रयास भइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यसरी व्यक्तिका लागि दरबन्दी थप्दा संगठनमा अराजकता हुन्छ भन्ने पनि आएको छ।’डिआइजी प्रधानले पाँचवर्षे पदावधिको कारण आगामी माघमा अनिवार्य अवक

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 725 पटक पढिएको
  • १३ उद्योगले तिरे बक्यौता : विद्युत् प्राधिकरणसँगको विवादमा उद्योगको सूची घट्दै

    काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले पठाएको बिलमा असहमति जनाउँदै ४९ उद्योगले प्रिमियम महसुल नतिरेकामा पछिल्लो पटक १३ उद्योगले महसुल तिरिसकेको जनाएको छ। यसै क्रममा, प्राधिकरणले गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगहरूलाई विद्युत् महसुल तिर्न आह्वान गरेको थियो।१५ दिनको अवधिमा कुनै पनि उद्योग महसुल तिर्न नआएपछि प्राधिकरणले तिनीहरूको विद्युत् लाइन काट्ने निर्णय गर्यो। अन्तिम दिन, ८ गते, बक्यौता महसुल भुक्तान गरेका छ उद्योगको लाइन काटिएको थिएन। कुल ३४ उद्योगको लाइन काटिएको थियो, जसमा रिलायन्स स्पिनिङ मिल्ससहित सात उद्योगका मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको थियो।नेपाल विद्युत् प

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 790 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.