राजनीति

    Showing 10,371-10,380 of 10,449 items.
  • राष्ट्रपतिबाट फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

    बिर्तामोड । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशनआह्वान गरेका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बैठक आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले आह्वान गरेका हुन् ।प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएपछि सोहीअनुसार राष्ट्रपतिद्धारा फागुन २३ गते ४ बजेका लागि अधिवेशन आह्वान गिरएको हो ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो । सोही अनुसार सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफासिर गरेको हो ।

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 93 पटक पढिएको
  • अधिवेशन बोलाउन सरकारले गर्यो सिफारिस

    काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजे बोलाउन सरकारले सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष अधिवेशन आह्वानको सिफारिस गरेको हो ।राष्ट्रपति कार्यालयलाई सरकारले अधिवेशन आह्वानको सिफारिस पत्र पठाएको छ । संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने छन् ।यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन सिफारिस गरेको चर्चा चलेको थियो । तर, त्यस बैठकमा प्रस्ताव मात्र गरिए पनि आजको बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 82 पटक पढिएको
  • ओली समुहकी महिला नेता ब्राउन सुगरसहित पक्राउ

    बिर्तामोड / नेकपाको केपी शर्मा ओली समुहकी महिला नेतृ लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेकी छन् । उनी सवार स्कुटरबाट प्रहरीले चेकजाँचको क्रममा ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । पक्राउ पर्ने ओली समुहकी नेतृ तुलसा पोख्रेल उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलकी पत्नी समेत रहेको प्रहरीले जानकारी गराएको छ ।  उनलाई प्रहरीले दिउँसो तुलसीपुरबाट पक्राउ गरेको बताईएको छ । पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । पक्राउ परेकी तुलसा नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहकी जिल्ला सदस्य समेत हुन् ।प्रहरीका अनुसार तुलसीपुर बजारमा रह

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 147 पटक पढिएको
  • अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेका छन् ।पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’प्रचण्डले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवे

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 88 पटक पढिएको
  • विश्वासको मत लिने, तर राजीनामा नदिने : प्रधानमन्त्री ओली

    बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विश्वासको मत लिन तयार भएको तर पदबाट राजीनामा दिने अवस्थामा नरहेको बताएका छन् । आफू निकटका नेताहरुसँग विश्वासको मतसहित विभिन्न विकल्पमा लगातार छलफल गरिएको एक नेताले जानकारी दिए ।“प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्न पाउनुहुन्छ,” ती नेताले भने, “संविधानको धारा १०० मा विश्वासको मत सम्बन्धी व्यवस्था गरिएको छ ।”संविधानको धारा १०० को ९१० मा भनिएको छ, प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।”उपधारा (२) मा प्रधा

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 101 पटक पढिएको
  • ओलीको अर्को कदमः प्रमुख सचेतक गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त

    बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले नकेपाको संसदीय दलको प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर उनले शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।यो कदमले ओली अझै प्रचण्ड–माधव नेपाल पक्षलाई पेलेर जाने रणनीतिमा रहेको देखिएको छ । संसदीय दलमा आफु अनुकुल माहोल बनाउन उनले गुरुङलाई हटाएका छन् । संसदीय दलमा ओली अल्पमतमा भएपनि केही सांसदहरुलाई किन्ने उनको तयारी छ ।प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पनि सत्ताबाट नहट्न उनी अनेक चलखेलमा लागेका छन् । प्रतिनिधि सभा बिघटन अघि नै ओलीले गुरुङको राजीनामा मागेका थिए ।

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 116 पटक पढिएको
  • चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

    मुस्ताङ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुनलाई बिहीबार साँझ बेनी ल्याइएको छ ।प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । “दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो”, उनले भने, “उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।”पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 109 पटक पढिएको
  • कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

    बिर्तामोड / नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति शरीरको देब्रेपट्टि समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो ।आज विहान उनलाई वीर अस्पतालबाट नर्भिक अस्पतालमा भर्ना गरिएको उनको परिवारले जानकारी दिएका छन् । अस्पतालका अनुसार उनको आकस्मिक अपरेसनको तयारी भइरहेको छ ।नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकाले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जोशीलाई थ्यालेमिक ह्यामरेज भएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 101 पटक पढिएको
  • सत्ता सहकार्यमा जसपाले राख्यो शर्त

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहसँग शर्त अघि सारेको छ । प्रचण्ड–माधव समूहले प्रतिपक्ष दलहरुसँगको छलफललाई तीव्रता दिने क्रममा आज जसपाका नेताहरुसँग छलफल गरेका हुन् । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँगको छलफलमा शर्त आएको छ ।जसपाका नेताहरुले संविधान संशोधन, रेशम चाौधरीको रिहाइ लगायतका शर्तहरु अघि सारेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भए

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 108 पटक पढिएको
  • भारतिय गुप्तचर नेपालमा सक्रिय

    काठमाडौं । नेपालको राजनीतिक तरलता बढ्दै जाँदा छिमेकी मुलुकका गुप्तचर सक्रिय बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएदेखि नै भारतका गुप्तचर सक्रिय रहेका छन् ।अदालतले गत ११ गते संसद विघटन बदर गर्दै पुनर्स्थापना गरेपछि नेपालमा नयाँ सरकार गठनको खेल सुरु भएको छ । यही मौका छोपेर भारतीय गुप्तचर तथा भारतीय जनता पार्टी (बिजेपी)को माउ संगठन आरएसएसका प्रतिनिधिहरु नेपाल आउन थालेका छन् ।आजै पनि भारतीय संस्थापन निकट एउटा समूह नेपाल आउँदैछ । सो समूहमा भारतीय जनता पार्टी (विजेपी) लाई मार्गदर्शन गर्ने हिन्दू स्वयंसेवा दल (आरएसएस) का नेतासम्म रहेको स्रोतले बताएको छ ।यो समूह आउन

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.