राजनीति

    Showing 10,401-10,410 of 10,449 items.
  • ओलीपक्षीय नेताको गाडी तोडफोड

    काभ्रे । जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गएराति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए । “पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 107 पटक पढिएको
  • विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा

     बिर्तामोड । सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।संसदीय व्यवस्थाको विकल्पमा जनवादी जनगणतन्त्रको लागि जनमत संग्रहमा जाने विप्लव समूहले वार्ताको प्रमुख एजेन्डा तय गरेको बुझिएको छ । सरकार र विप्लव समूह दुवैले वार्ता टोली भोलि नै घोषणा गर्ने भएका छन् । सम्भवतः बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका विप्लव नेता धर्मेन्द्र बाँस्तोला पनि भोलि नै सर्वोच्च अदालतको आदेशमा छुट्नेछन् । टोलीमा बाँस्तोला रहने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 144 पटक पढिएको
  • मुठभेड निम्त्याउँदै निर्वाचन आयोग

    काठमाडौं । संवैधानिक निकायले व्यक्तिको मुख हेरेर होइन, विधिसम्मत निर्णय गर्नुपर्छ । विधिसम्मत निणर्य गर्ने निकाय अमूक व्यक्तिको इशारामा सञ्चालन भयो भने त्यसले अनिष्ट निम्त्याउँछ । संवैधानिक निकायमा ओलीले धमाधम आफ्नो मान्छे सेटिङ गरेका कारण त्यस्ता व्यक्तिबाट न्याय पाइन्छ भन्ने आशा कमै गर्न सकिन्छ ।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियामाथि अहिले यस्तै आशंका गरिन थालिएको छ । नेकपा नफुटे पनि त्यसको आधिकारिकता प्रचण्ड–नेपाल पक्षमा छ । त्यो कुरा आयोगकै तथ्यांकमा स्पष्ट हुँदाहुँदै पनि आयोग कसका कारण अनिर्णयको बन्दी बनेको छ ।यो लुकाउनुपर्ने विषय होइन, जनताले बुझिसकेका छन् । प्रधानमन्त्री केपी शर

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 100 पटक पढिएको
  • ओली समूहमै फर्किए शेरबहादुर र उषाकला

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी तथा नेतृ उषाकला राई फेरि नेकपा ओली समूहमै फर्किएका छन् ।संसद विघटन भएसँगै तामाङ दम्पति नेकपाको प्रचण्ड नेपाल समुहमा गएका थिए । तर, सो समूहमा सही व्यवस्थापन हुुन नसक्ने देखेर आफूूहरु फेरि ओली समूहमा फर्किएको तामाङ दम्पतीले जनाएका छन् । सिन्धुपाल्चोक २ बाट निर्वाचित शेरबहादुर नेकपाको केन्द्रीय सदस्य हुन् ।

    • प्रकाशित मितिः फागुन ८, २०७७
    • 103 पटक पढिएको
  • प्रधानमन्त्रीलाई विराटनगरमा कालो झण्डा

    बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीलाई  नेकपा (प्रचण्ड–माधव) समूहका विद्यार्थी तथा युवाहरुले आज विराटनगरमा कालो झण्डा देखाएका छन् ।प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको उनीहरुले बताएका छन् ।

    • प्रकाशित मितिः फागुन ८, २०७७
    • 106 पटक पढिएको
  • प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक प्रदर्शन

    काठमाडौं । असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन न गरिएकोप्रति नागरिक प्रदर्शन जारी छ । आज पनि काठमडौंको माइतीघरमण्डलामा नागरिक प्रदर्शन गरिने भएको छ ।मध्यान्ह १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्न लागिएको हो । अहिंसात्मक नागरिक प्रदर्शनमा डा. गोविन्द केसी लगायत नागरिक समाजका अगुवाहरु सहभागी हुने छन् ।प्रतिनिधिसभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न आयोजकले शनिबारको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दल, कलाकार, समाजका विभिन्न तह

    • प्रकाशित मितिः फागुन ८, २०७७
    • 156 पटक पढिएको
  • प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज नियुक्त

    काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेसँगै आज सो ठाउँमा राजेश झा नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 107 पटक पढिएको
  • सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रधानमन्त्रीको दाबी

     काडमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ ।७१औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताउनुभयो । “

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 103 पटक पढिएको
  • नेकपा ओली समूहले झापामा गर्यौ मार्च पास

    बिर्तामोड । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको बचाउमा नेकपाको ओली समूहका कार्यकर्ताले शुक्रबार झापाका प्रमुख सहरहरुमा प्रर्दशन गरेका छन् । झापाको बिर्तामोड र दमक लगायतका सहरमा सो समुहका कार्यकर्ताले मार्च पास सहित ओलीको संसद विघटन गर्ने निर्णयको बचाउ गरेका हुन् ।  बिहान बिर्तामोडमा सयौंको संख्यामा ओली समुहका नेता तथा कार्यकर्ताले मार्च पास गरेका हुन् । शहरका मुख्य भागको परिक्रमा पछि मुक्ति चौकमा कोण सभा गर्दै प्रधानमन्त्रीको निर्णयको उनीहरुले बचाउ गरेका थिए । कोणसभालाई छवी चुँडाल , मनोज लिम्बु , दिपेन पोमु र घनश्याम अधिकारी लगायतले संवोधन गरेका थिए । झापाकै

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 114 पटक पढिएको
  • नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएका हुन् । मध्यान्ह १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् ।नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको छैन् । आयोगले नेकपा नफुटेको आशयसहितको निर्णय गर्दा प्रचण्ड–माधव समूह आक्रोशित छ । आफूसँग स्पष्ट बहुमत हुँदा पनि आय

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.