राजनीति

    Showing १,१०१-१,११० of १०,४६४ items.
  • सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सांसद तामाङको सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताइन् । उनले सुस्ता क्षेत्रमा गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा नेपालको धेरै भूभाग विवादित बनेको उल्लेख गरिन् । उनले भनिन्, ‘नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो धेरै वर

    • प्रकाशित मितिः असार १, २०८३
    • २४० पटक पढिएको
  • जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप, खारेज गर्न सांसद खतिवडाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको बताइन्। खतिवडाले निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख एसपी आएपछि यस्ता गतिविधि

    • प्रकाशित मितिः असार १, २०८३
    • २०० पटक पढिएको
  • माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देश प्रेम भाव चाहिन्छ सांसद गिरी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानहरू नेपाली भूमिमा प्रवेश गरेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले देशको भूगोल र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले जुन १३ मा पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका–५ को थारु टोल क्षेत्रमा हतियारसहित भारतीय एसएसबीका जवानहरू अनुमति बिना नेपाली भूमिमा प्रवेश गरेको आरोप लगाए । गिरीका अनुसार उक्त घटनाका बेला राज्यको उपस्थिति नरहेको र त्यहाँ नेपाली सुरक्षाकर्मी पनि नभएका

    • प्रकाशित मितिः असार १, २०८३
    • २३१ पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय एसएसबीले गतिविधि बढाएकोप्रति ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको आवागमन र गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ताका सीमावासी नेपालीलाई राज्य आफ्नो साथमा रहेको अनुभूति गराउन आवश्यक रहेको बताइन्। उनले प्रधानमन्त्रीले केही समयअघि संसदमा दिएको ‘नेपालले पनि सीमा मिचेको छ’भन्ने अभिव्यक्तिपछि भारतीय एसएसबीका अधिकारीहरू पटक–पटक सुस्ता क्षेत्रमा आउन थालेको दाबी गरिन् । ‘पश्चिम नवलरासी सुस्ताका सीमा रक्षक नेपालीलाई हामीसँग सरकार छ भन्ने अनुभूति दिनुपर्छ । संयोग पनि भयो, प्रधानमन्त्री

    • प्रकाशित मितिः असार १, २०८३
    • २१० पटक पढिएको
  • दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो सांसद दुलाल

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सभामुखले रुलिङ गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने आफ्नो दलको माग जायज रहेको बताए । ‘प्रधानमन्त्रीज्यूले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत छ । यो रेकर्डबाट हटाउनुपर्छ र सभामुखले यसका लागि रुलिङ गर्नुपर्छ । सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष

    • प्रकाशित मितिः असार १, २०८३
    • १९८ पटक पढिएको
  • सबैभन्दा पहिले गिरिबन्धु चिया प्रकरणको फाइल खोल्न पदमा अर्यालको माग

    काठमाडौं— नेकपा एमालेकी नेतृ पदमा अर्यालले आफ्नो पार्टीसँग जोडिएका विषयमा सरकारलाई फाइल खोल्न चुनौती दिएकी छन्।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथिको छलफलका क्रममा ूफाइल खोल्छुू भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई धम्कीको शैली भएको टिप्पणी गरिन्। उनले यदि सरकारले वास्तवमै फाइल खोल्ने हो भने सबैभन्दा पहिले गिरिबन्धु चिया प्रकरणको फाइल सार्वजनिक गर्नुपर्ने बताइन्।अर्यालले सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गर्दै कुनै पनि फाइलको नाममा राजनीतिक दबाब वा धम्की दिन नहुने धारणा राखिन्। अत्यधिक बहुमत प्राप्त सरकारले सबै विवादित फाइल निष्पक्ष रूपमा खोलेर वास्तविकता

    • प्रकाशित मितिः असार १, २०८३
    • ४७८ पटक पढिएको
  • परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो पदमाअर्याल

    काठमाडौं । नेकपा एमालेकी सांसद पदमा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाएकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर विरोध भइरहेको अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गरिन् । उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताइन् ।तर भ्रमणबाट अपेक्षित परिणाम नआएको उनको दाबी थियो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर सदनमा संर्घष गरेका थियौं । ब

    • प्रकाशित मितिः असार १, २०८३
    • २११ पटक पढिएको
  • टेम्पो भिरबाट खसालेको घटनामा छानबिन समिति गठन

    काठमाडौं— कैलालीमा अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।उ

    • प्रकाशित मितिः असार १, २०८३
    • ४१८ पटक पढिएको
  • पार्टीभित्र प्रचण्ड–माधवविरुद्ध असन्तुष्टि, मार्ग प्रशस्त गर्न दबाब

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र नेतृत्व, कार्यविभाजन र वैचारिक दिशालाई लिएर असन्तुष्टि बढ्दै गएको छ ।वरिष्ठ नेता झलनाथ खनालले वर्तमान नेतृत्वबाट वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नभएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।खनालले पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक संकट र कार्यकर्तामा बढ्दो निराशाका कारण पार्टी विघटनको दिशातर्फ उन्मुख भएको चेतावनी दिएका छन् ।उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाएर गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन् ।पार्टी एकतापछि जिम्मेवारी बाँडफ

    • प्रकाशित मितिः असार १, २०८३
    • ४५१ पटक पढिएको
  • रास्वपाको सुदूरपश्चिम अधिवेशन आज, पार्टी सभापति लामिछानेले उद्धाटन गर्ने

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन आज सोमबार धनगढीमा हुने छ । धनगढी स्थित ऋद्धिशिद्ध पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ । प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको रास्वपाका प्रदेश अध्यक्ष प्रकाश विष्टले बताए । ‘बिहान १० बजे देखि अधिवेशन सुरु हुने छ,’ विष्टले भने, ‘अधिवेशन उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यतालिका रहेको छ ।’ रास्वपाको प्रदेश सभापतिका लागि हाल सम् चार जना आकांक्षि रहेका छन् । रास्वपा श्रोतका अनुसार वर्तमान सभापति प्रकाश विष्ट, कैलाली क्षेत्र नम

    • प्रकाशित मितिः असार १, २०८३
    • १६६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.