राजनीति

    Showing 1,171-1,180 of 7,638 items.
  • एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ।बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ। समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ। पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 492 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि

    काठमाडौं— नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुनेछ । यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेको  पार्टीका केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारील

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 391 पटक पढिएको
  • सरकारले प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलायो

    काठमाडौं—  सरकारले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको गृह स्रोतले बताएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 484 पटक पढिएको
  • सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज

    काठमाडौं— सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।यसअघिका सरकारले आयोगका नाममा देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणलाई वैधानिकता दिने प्रक्रिया अघि बढाएका थिए।कतिपय अतिक्रमित जग्गावापत नाम मात्रको राजस्व लिएर लालपुर्जा वितरण गर्ने योजना समेत सरकारले बनाएको थियो। 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 494 पटक पढिएको
  • मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छः लिङ्देन

    हेटौडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् । राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी व्यवस्था महत्वपूर्ण रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्र

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 501 पटक पढिएको
  • कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 511 पटक पढिएको
  • परिवर्तनको विपक्षमा उभिए केपी ओली

    अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ । किनकि देशमा सरकार छ, तर संविधानअनुसार बनेको छैन । बलमिच्याइँले यो सरकार बनेको छ ।अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभएको छ — शपथ ग्रहण गरेपछि तुरुन्तै संसद् भङ्ग गर्ने सिफारिस गर्छु । त्यो भङ्ग र सिफारिस लागू गर्नुपर्छ र संसद् भङ्ग गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु, नत्र भने देशमा जेनजीले आगो बाल्छन् । संसद् भङ्ग गर्ने पूर्वसर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।उहाँलाई राम्ररी थाहा छ– नेपालको स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 320 पटक पढिएको
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।आयोगका अनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा बदनियतपूर्वक अनियमितता गरी राज्यकोषमा करिब १२ करोड रुपैयाँभन्दा बढीको हानि पु¥याइएको पाइएको छ ।अनुसन्धानबाट तत्कालीन उपकसलपति भण्डारीले प्रतिष्ठानका लागि एमआरआई मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत कार्य गरेको खुलेको आयोगले जनाएको छ । प्रमुख प्रतिवादीहरूबाट करिब ९ करोड ३४ लाख रुपैयाँ असु

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 499 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखहरू बोलाएर उच्चस्तरीय सुरक्षा बैठक

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । मन्त्री अर्यालले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएको गृह स्रोतले बताएको छ ।पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी समेत मन्त्री अर्यालले लिएका छन् । साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 483 पटक पढिएको
  • हुलाकको आवश्यकता र सार्थकता मरेको छैन् : मन्त्री खरेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए । उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 154 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा