राजनीति

    Showing 1,401-1,410 of 10,433 items.
  • बागमती प्रदेशसभाको बैठक बस्दै ः नीति कार्यक्रम प्रस्तुत हुँदै

    बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । यस्तै प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तावमाथि आजैदेखि छलफल हुने भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारक

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 233 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।  साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,  तथा

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 240 पटक पढिएको
  • नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह

    काठमाडौं— परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू)ले कायम राखेको उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहजीकरण गर्न ईयू सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित ईयू सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री खनालले नेपालको नागरिक उड्डयन सुरक्षामा पछिल्ला वर्षहरूमा भएको सुधार र प्रगति ध्यानमा राखेर उक्त सूची पुनरावलोकन गर्नुपर्ने धारणा राखेका हुन्।भेटमा मन्त्री खनालले नेपाल र ईयूबीचको विकास साझेदारीलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्ब

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 445 पटक पढिएको
  • प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका छन् ।मंगलबार शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका हुन् ।उनले यसअघि विदेशी देशका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने परम्परा तोड्दै प्रशंसा बटुलेका थिए ।भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी छन् ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 472 पटक पढिएको
  • सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

    काठमाडौं— आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ ।बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्येबाट डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई संक्षिप्त सूचीमा राख्दै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरिसकेको छ । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको बुझिएको छ ।प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये डा. अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 443 पटक पढिएको
  • मन्त्री गौतम भन्छिन् पूर्वाधार विकास छिट्याउन विशेष न्यायाधिकरण चाहिन्छ

    काठमाडौं— प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी समितिले गरेको स्थलगत अवलोकन प्रतिवेदनमाथि छलफल गरिएको छ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कतिपय मन्त्रालयको प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताइन् ।त्यस्ता विषय सम्बन्धित मन्त्रालय वा निकायमा पठाउने गरिएको उल्लेख गर्दै उनले शाखा तथा महाशाखामा तोकिएको समयभित्र काम सम्पन्न भए नभएको नियमित अनुगमन भइरहेको जानकारी दिइन् ।उनले भनिन्, ‘यस मन

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 505 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान सकियो, प्रतिवेदन बुझाइयो

    काठमाडौं— पर्सा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो ।प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय दिइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको छ । ती अभिव्यक्तिमा उनले महिलामाथि अ

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 471 पटक पढिएको
  • देउवा दम्पत्तिलाई पक्राउ गर्न जारी गरिएको पुर्जीविरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं—  नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउबा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको मागसहित दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट पहिलो नम्बरमा पेसीमा राखिएको छ। यसअघि गत ५ जेठमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। तर निवेदक पक्षले भने सम्पत्ति शुद्धीकर

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 459 पटक पढिएको
  • बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु

    काठमाडौं— बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट तथा प्रदेश सरकारका प्राथमिकतामाथि केन्द्रित रहने बताइएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 426 पटक पढिएको
  • एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

    भक्तपुर। नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ ।एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो  । तीन दिनसम्म चलेक

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 321 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.