राजनीति

    Showing 1,431-1,440 of 7,653 items.
  • रामेछापमा कफ्र्यू हट्यो

    रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन, घेराउ वा विरोध कार्यक्रम नगर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।यसअघि मिति २०८२ भदौ

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 168 पटक पढिएको
  • राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौः नेपाली सेना

    काठमाडौँ, २५ भदौः नेपाली  सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास  व्यक्त गरेको छ ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पु¥याउन पुनः अनुरोध गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज ५ः०० बजेसम्म देशभर निरन्तर रहने जनाएको छ । साथै निषेधाज्ञा भोलि भदौ २६ गते बिहान ६

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 459 पटक पढिएको
  • भुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    काठमाडौँ, २५ भदौः विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार  अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 148 पटक पढिएको
  • काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    काठमाडौँ, २५ भदौः काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल  सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्य

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 135 पटक पढिएको
  • नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस्: भारतीय प्रधानमन्त्री

    काठमाडौँ, २५ भदौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उल्लेख गर्नुभएको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 137 पटक पढिएको
  • जेनजी आन्दोलनकारीले राज्यका तीन वटै अङ्ग नियन्त्रणमा लिए

    काठमाडौं— सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् ।व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 492 पटक पढिएको
  • जेनजीहरुको आन्दोलनमा ट्रमाका डाक्टहरुको समर्थन

    काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरहरुले जेनजीहरुको आन्दोलनमा ऐक्यबद्धता एवम समर्थन जनाएका छन् ।मंगलबार भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेको जेनजीहरुलाई साथ दिनको लागि डाक्टरहरुले पनि ऐक्यबद्धता जनाएका हुन् ।सोही क्रममा डाक्टरहरुले नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साएको भन्दै यस्तो प्रशासन र प्रहरी नचाहिने दाबी गरेका छन् । उनीहरुले भने, ‘नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साउनु भयो र टाउमा ताकि ताकि हान्नुभयो । तपाईहरु जस्तो प्रशासन र प्रहरी हामीलाई चाहिदैँन् ।’जेनजी आन्दोलनमा सरकारले निर्दोष जनतामाथि दमन गरेको भन्दै उनीहरु पनि आन्दोलन

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 601 पटक पढिएको
  • प्रधानमन्त्री ओली बालुवाटार छाडेर अज्ञात स्थलतर्फ लागे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिए लगत्तै बालुवाटार छाडेर अज्ञातस्थलतर्फ लागेका छन्।सुरक्षा स्रोतका अनुसार आन्दोलनकारीहरू प्रवेश गर्ने संकेत पाएपछि उनी राजीनामा लगत्तै  बालुवाटार छाडेर अज्ञात क्षेत्रतर्फ लागेका हुन्। उनको बालकोटस्थित घर समेत आगलागी भएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 469 पटक पढिएको
  • सरकारी वकिलको कार्यालयमा पनि आगजनी

    काठमाडौं— जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन्। माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि राज्य प्रशासनले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।सोमबारको प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 473 पटक पढिएको
  • प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु

    काठमाडौं—  काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 394 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा