राजनीति

    Showing 1,441-1,450 of 7,653 items.
  • ​रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

     काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन्। ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए।सहकारी ठगीसम्बन्धी अभियोगमा उनी सो कारागारमा थुनामा थिए।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 430 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदको सामूहिक राजीनामा

    काठमाडौं— ​जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको ‘बर्बर दमन’को विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका छन्। रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको उपेक्षा, क्रूर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको छ।' सरकारले जेनजी आन्दोलनमाथि गरेको हस्तक्षेपले संविधान र लोकतान्त्रिक मूल्यको अपमान भएको उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 398 पटक पढिएको
  • प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 159 पटक पढिएको
  • काठमाडौं चक्रपथभित्र आज बिहान साढे ८ पछि अनिश्चितकालीन कर्फ्यू आदेश

    काठमाडौं— काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र आज कर्फ्यू आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ः३० बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू—भागमा कर्फ्यू आदेश जारी गरिएको हो ।सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरिएको हो ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 424 पटक पढिएको
  • हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 454 पटक पढिएको
  • ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी

    ललितपुर— ललितपुर जिल्लास्थित ललितपुर महानगरपालिकाका केही क्षेत्रमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेका हुन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कफ्र्यू आदेश जारी गरेका छन् । कफ्र्यू आदेशअनुसार तोकिएको सिमाना भित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि ग

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 436 पटक पढिएको
  • संसद भवन बाहिर आजपनि आक्रोशित युवाहरु

    काठमाडौं— जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् । संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपा

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 339 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैँ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आव्हान गरेको छ । मंगलबार बैठक बस्न पार्टी कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको आकस्मिक बैठक गरेका हुन् । बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिनको १ बजे बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ । 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 350 पटक पढिएको
  • एमाले गण्डकीका युवा नेता विश्वदर्शन पराजुलीले पार्टी परित्याग

    पोखरा— जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजव विश्वदर्शन पराजुलीले पार्टी परित्याग गरेका छन् । सहसंयोजक पराजुलीले एमाले नेतृत्वको सरकारले युवासँगै सिंगो राज्य र जनताप्रति घात गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।‘‘सरकारबाट कुनै लाभ नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ । अब देशलाई दिने विचारका साथ आजैको मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको जिम्ममेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।उनले आफु सरकारको मतियार

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 361 पटक पढिएको
  • गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    काठमाण्डौ - गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले  भने।जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए।उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दु:खी रहेको र नैतिकताका आधारमा राजीनामा

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 174 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा