काठमाडौं— नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५/१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताए । ‘पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौं आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ रु’ उनले प्रश्न गरे ।सांसद बरालले सरकारको कदमलाई
काठमाडौं— बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिनुभएको थियो । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।
बाजुरा— बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत नगरपालिका अघि बढेको बताएका छन् ।नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नगरपालिका ‘पर्यटन गुरु योजना’ लाई आत्मसात गरेर अघि बढेको बताएका हुन् ।नगरभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रको उजागरको लागी नगरपालिकाले निति तथा कार्यक्रममा ‘पर्यटन गुरु योजना’ बनाई सोही अनुरुप ती क्षेत्रको पर्यटन, प्रबद्र्धन, संरक्षण तथा सम्बद्र्धनमा नगरपालिका लागेको उनले प्रष्ट पारे ।नगरको प्रमुख विकास समृद्धि धार्मिक र पर्यटन क्षेत्र भएकोले पालिका भित्र रहेका व
काठमाडौं— दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुनेछ ।यसैगरी, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा आगामी आ।व।२०८३्र०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची छ ।
काठमाडौं— प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ ।यसैगरी, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा चर्किएको भिजिट भिसा प्रकरणमा अर्को मुद्दा चलाएको छ।भिजिट भिसा सेटिङ गरी युवाहरूबाट लाखौँ घुस लिएर भ्रष्टाचार गरेको भनिएको मुद्दामा डीएमसी ट्राभल प्रालिका तत्कालीन मार्केटिङ अफिसर दीपक थापाविरुद्ध आरोपपत्र दायर गरिएको हो।आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार थापाले पहिले सरकारी साक्षीका रूपमा बयान दिएका थिए । तर विशेष अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयानको प्रतिकूल उभिएपछि भ्रष्टाचार मुद्दा चलाइएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले यसबारे मंगलबार जानकारी दिइएको छ।आयोगको अनुसन्धान अनुस
काठमाडौं— संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ ।मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गरेको हो ।गत वैशाख २४ गते संवैधानिक परिषद बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।
काठमाडौं— प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको बैठक १५ मिनेटको लागि स्थगित गरीको हो ।विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि–बजेट छलफल भएको देखेको भन्दै सांसद सिंहले आपत्ति जनाए।नयाँपनको नाममा संसदीय परम्परा भत्काउँदै जाँदा संसद्को औचित्य नै समाप्त हुने भन्दै उनले चिन्ता व्यक्त गरे।उनले भने,‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.