काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस, नेकपा ९एमाले० लगायत विभिन्न कम्युनिष्ट दलहरूले दशकौँसम्म निरन्तर संघर्ष गरेको स्मरण गरे ।उनले भने, ‘यो देशमा एकदलीय, पञ्चायत शासन व्यवस्था थियो । अहिले हामीले कटाक्ष गरेपनि ती राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा ९एमाले०, विभिन्न कम्युनिष्ट घटक दलहरूले ३० वर्ष अनवरत संघर्ष गरे । ति दलका नेताहरूलाई यस्तो परिवर्तन आउँछ कि
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख गरे । उनले नेतृत्व तहबाट समय–समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा सफल हुन नसकेको बताए ।उनले भने, ‘हजारौं र लाखौं कार्याकर्ताहरु पनि कम्युनिस्टहरुको बीचमा एकता होस् भन्ने पक्षमा छन् । ती प्रयासहरु पनि लिडरसिपको प्रयासबाट बेलामौकामा हुने पनि गरेका छन् । तर त्यो एकतालाई सुदृढ र दिगो बनाउनका व
काठमाडौं— प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सहभागी केही दलले निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ। निर्वाचन आयोगका अनुसार स्वाभिमान पार्टी, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले हालसम्म विवरण पेश गरेका छैनन्।यस्तै, नेकपा (एमाले) सहित ६ दलले खर्च विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन्। एमालेले ७५ लाख ५५ हजार रुपैयाँभन्दा बढी खर्च भएको विवरण आयोगमा बुझाएको जनाएको छ।निर्वाचन आयोगले समयमै विवरण नबुझाउने दललाई स्पष्टीकरण सोधिएको जनाएको छ। कानुनअनुसार निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मोहनलाल आचार्यले संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा रहेको बताएका छन् । संविधान संशोधनका सन्दर्भमा संघीयताको सवाल विषयक छलफल कार्यक्रममा बोल्दै उनले हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभई विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु रहेको स्पष्ट पारे ।उनले भने, ‘संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा छ । हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभइ विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु हो ।’उनले संविधान संशोधनका वि
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन नेपालस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले आवश्यक कागजात पठाइसकेको छ । यसअघि इन्टरपोलले थप विवरण र कागजात मागेपछि प्रक्रिया केही समय रोकिएको थियो ।गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुँदासम्म उनीहरू विदेशमै रहेको बताइएको छ ।स्रोतका अनुसार देउवा दम्पती १४ फागुनमा उप
बाँके । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख आचार्यले सुकुमवासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए ।‘वास्तविक भूमिहीन सुकुम्वासीको व्यवस्थापन नगरपालिकाले गर्छ । हामी वास्तविक सुकुम्बासीहरुलाई यसै अलपत्र पार्दैनौं,’ कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्यले पुर्णप्रसाद आचार्यले भने, ‘तर सुकुम्वासीका नाममा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्ने कार्यलाई निरन्तरता दिन सकिँदैन ।’उनका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफल
बढैयाताल— बर्दियाको पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण क्षेत्र बढैयातालमा प्रथम बढैयाताल कृषि पर्यटन, सांस्कृतिक तथा व्यापारिक सन्ध्याकालिन मेला २०८३ सञ्चालन हुने भएको छ ।थारु पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा यही जेठ १ गतेदेखि ११ गतेसम्म ‘कृषि पर्यटन व्यापार, बढैयाताल संरक्षण गर्ने हाम्रो मूल आधार’ भन्ने मूल नाराका साथ ११ दिने मेला आयोजना गर्न लागिएको हो ।बदैयातालमा आयोजित पत्रकार सम्मेलनमा थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष जागेश्वर सिंह थारुले बढैयाताल क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा यहाँको कृषि, पर्यटन र सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले मेल
सुर्खेत— नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ ।शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो ।नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले भेलाको तयारी तीब्र रुपमा भई रहेको जानकारी दिए ।कार्यक्रममा केन्द्रीय सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा,
काठमाडौं— जबरजस्ती करणी, जबरजस्ती करणीपछिको हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न तथा पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाए छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिएकी छन् ।उनका अनुसार कार्यदलले अपराध संहिता लगायतका कानुनहरूमा देखिएका अवरोधहरू पहिचान गरी सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउने उद्देश्यले गठन गरिएको अध्ययन कार्यदलले मिहिन रूपमा अध्ययन गरी प्रतिवेदन पेस गरेको हो । मन्त्री गौतमले उक्त प्रतिव
हेटौँडा— श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् ।शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले मकवानपुरका हेटौँडा–११, स्थित थानाभ¥याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मानिसको समस्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.