राजनीति

    Showing 1,601-1,610 of 7,653 items.
  • आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन थापा

    रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन  ।कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए ।  उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए ।यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो बर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।आफू

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 192 पटक पढिएको
  • प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित

    काठमाडौं— प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही समयपछि स्थगित भएको छ ।आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले बिरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजबादी पार्टी नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवलाई बोल्न समय दिएका थिए।प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गरे । उनले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको उपस्थिति बिना बजेट ल्याइनु गलत भएको उल्लेख गर्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म आफूहरुले प्रदेशसभा अवरुद्ध गर्ने बताए

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 544 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले शुक्रबार (भोलि) संसद्‌मा सम्बोधन गर्ने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।बिहीबार सिंहदरबारमा बसेको विभिन्न पार्टीका प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 548 पटक पढिएको
  • राष्ट्रपति पौडेल मादीमा, ‘हीरक महोत्सव’ मा सहभागी हुन विशेष समारोहमा उपस्थित

    सङ्खुवासभा— राष्ट्रपति रामचन्द्र पौडेल आज मादी माध्यामिक विद्यालयको हीरक महोत्सव (६०औं वार्षिकोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन खाँदबारी आइपुगेका छन्।वि.सं. २००७ सालमा स्थापना भएको मादी माध्यामिक विद्यालयले पूर्वी नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विद्यालयको योगदानको सम्मानस्वरूप आयोजित महोत्सवमा राष्ट्रपति पौडेलको उपस्थिति स्थानीयहरूका लागि गर्वको विषय बनेको छ।राष्ट्रपतिलाई खाँदबारीमा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, र विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी सहित विद्यालय परिवारले स्वागत गरेका थिए।क

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 567 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विवाद, कार्यकर्ता निराश

    धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को शीर्ष नेतृत्वबीचको विवाद सतहमा आउँदा कार्यकर्ता र तल्लो तहका नेताहरू निराश बनेका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको मतभेदले संगठनलाई नै असर पार्न थालेको नेताहरूको भनाइ छ।२०७९ को निर्वाचनपछि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बलियो बनेको नाउपा भित्र अध्यक्ष श्रेष्ठलाई पदबाट हटाउने प्रयासपछि विवाद चुलिएको हो। संरक्षक चौधरीको नेतृत्वमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि श्रेष्ठ अझै अध्यक्षकै भूमिकामा छन्।यस विवादका कारण सुदूरपश्चिम प्रदेशमा प

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 581 पटक पढिएको
  • पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

    काठमाडौं— अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद ऐन महर केही घण्टामै हाजिरी जमानीमा रिहा भएका छन्।सशस्त्र प्रहरीको संगठन सञ्जालमार्फत अपहरण गरी फिरौती असुल्ने गिरोहसँग सम्बन्ध रहेको आरोप लागेका महरलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो। उनलाई प्रहरीले काठमाडौंको मिनभवन क्षेत्रबाट पक्राउ गरेको थियो।पक्राउ परेको केही घण्टामै जिल्ला सरकारी वकिलको कार्यालयको सिफारिसमा हाजिरी जमानीमा छाडिएको प्रहरी स्रोतले जानकारी दिएको छ।यस्तो थियो आरोप !प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महरमाथि अपहरणमा संलग्न रहेको, फिरौतीका लागि दबाब दिने गिरोहसँग

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 546 पटक पढिएको
  • एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ आदेश जारी, बलात्कार मुद्दामा अनुसन्धान अघि बढ्दै

    काठमाडौं— सर्वोच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार आरोपमा पक्राउ आदेश जारी गर्दै, तत्काल अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिल कार्यालयलाई आदेश दिएको छ।उच्च अदालत पाटनका न्यायाधीश ब्रजेज कुमार प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले, पीडित महिलाले दिएको जाहेरी तामेली अवस्थामा राखिएको र त्यसकारण रिटद्वारा प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो। अदालतले प्रहरी र सरकारी वकिललाई बिज्ञापन प्रकृयाबाट हटेर मुद्दा दर्ता गरी छिटो अनुसन्धान सुरु गर्न निर्देशन गरेको छ।पीडित महिलाको तर्फबाट प्रमुख अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल, र अञ्जना अर्यालले ब

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 547 पटक पढिएको
  • काठमाडौं महानगरसँग असहमति, कवाड व्यवसायीको आन्दोलन चर्किंदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आफूहरूमाथि दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले आन्दोलन जारी राखेका छन्।  बुधबार पनि कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौंको विभिन्न स्थानबाट र्‍यालीसहितको प्रदर्शन गर्दै व्यवसायीहरूले महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन्। कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम भएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले निरन्तर आन्दोलन गरेका हुन्।उनीहरुले संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्। विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यव

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 510 पटक पढिएको
  • आफूलाई मूलधार ठान्नेहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’उनले जनयुद्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 409 पटक पढिएको
  • मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट

    वीरगन्ज— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव कार्की र नेपालका लागि इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावना र प्रदेशस्तरीय साझेदारी लगायत विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री कार्कीले इजरायलसँग कृषिको आधुनिकीकरण, सीपमूलक तालिम, श्रमिक व्यवस्थापन र प्रविधि हस्तान्तरणमा सहयोगको अपेक्षा राखेको बताए।राजदूत गोडरले इजरायल नेपालसँग सम्बन्ध अझ बलियो बनाउन इच्छुक रहेको र प्रदेशस्तरीय पहलहरूमा पनि सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका थिए।भेटवार्तामा प्रदेश सरकारका उच्च अधिकारीहरू समेत सहभागी थिए।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 487 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा