काठमाडौं— आज (बिहीबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।यस्तै, दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणका साथै विविध विषयमा छलफल हुनेछ ।
काठमाडौं— संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता र कानुनविद्बाट सुझाव संकलन गरेको छ ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई आमन्त्रण गरी छलफलसहित सुझाव संकलन गरेको हो ।छलफलमा पूर्वमहान्यायाधिवक्ता डा। युवराज संग्रौला, सविता भण्डारी, रमनकुमार श्रेष्ठ, महादेव प्रसाद यादव, मुक्तिनारायण प्रधान, अग्निप्रसाद खरेलका साथै संविधानसभा सदस्य सुरेश आले मगर, प्रतिनिधिसभा सदस्य पर्शुराम तामाङ र पूर्व कानुन सचिव राजीव गौतम सहभागी थिए ।उक्त अवसरमा शासकीय स्वरूप, निर्वाचन प्रणाली,
काठमाडौं— मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्व तयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् ।मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीन दिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्व सूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरे । त्यस्तै, चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हा
काठमाडौं— नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताए ।उनले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सरकार गठनमा सहयोग गरेको उल्लेख गर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र निरंकुशताको दोहोरो समस्या रहेको धारणा राखे ।उनले भने, ‘जति शक्तिशाली सरकार हुन्छ त्यति स्वभाविक जनताका अपेक्षाहरु पनि त्यति नै हुन्छन् । जनताले अपेक्षाका साथ नै आफ्नो सम्पूर्ण बुद्धि, क्षमता प्रयोग गरेर यो सरकारलाई ल्याउनक
हेटौँडा— बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङ का अनुसार प्रशासनिक संरचनालाई मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यले ६ वटा मन्त्रालय समायोजन गरिएको हो । नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।बैठक पार्टी कार्यालय ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गर्ने भएको छ ।सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रम आयोजना गरेको हो ।छलफलमा अर्थमन्त्री डा।स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल को सहभागिता हुने छ ।
काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेको छ ।मंगलबार उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन् ।सदस्यमा मधु आचार्य-काभ्रे, डा. गोपाल दहित थारू-वर्दिया, अञ्जु झा-रौतहट, उमेश श्रेष्ठ-ललितपुर, प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान, मीन भाम-मुगु, डा. अञ्जनीकुमार झा-महोत्तरी, डा. यादव पण्डित-प्रवास, बद्री सिग्देल-वर्दिया र गोपालप्रसाद पोखरेल-सुनसरीबाट रहेका छन् ।यसैगरी,
काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धका तथा अन्य विविध विषयमा छलफल हुने छ ।
काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको निर्माण आयोजनाहरूको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।मंगलबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न भनेको हो ।आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायहरूबिच प्रभावकारी समन्वय गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ ।‘मूल्य समायोजन सम्बन्धमा कनट्र्याक्ट डकुमेन्टमा भएको व्यवस्था अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.