राजनीति

    Showing 1,741-1,750 of 7,653 items.
  • डा. महतको प्रस्ताव : योग्यता भए विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिन सकिने

    काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी नागरिक वा विदेशमा स्थायी बसोबास (पीआर) लिएका नेपाली नागरिकलाई पनि योग्य भएमा सरकारी जिम्मेवारी दिन सकिने प्रस्ताव गरेका छन्।संसद्को अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल गर्दै महतले सरकारले नीति निर्धारण गरेपछि कार्यान्वयनको जिम्मा योग्य व्यक्तिलाई दिनुपर्नेमा जोड दिए।उनले उदाहरण दिँदै भने, “अमेरिका, युरोपका ट्रिलियन डलरका कम्पनीहरू विदेशीहरूले चलाइरहेका छन्, इन्डियनहरूले नेतृत्व लिएका छन्। काम गर्नसक्ने क्षमतावान व्यक्ति हो भने विदेशी नागरिक वा पीआर होल्डरलाई पनि सीईओ बनाउनुमा कुनै आपत्ति हुनु हुँदैन।”उन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 560 पटक पढिएको
  • सांसद साउदद्वारा कारागार समस्या समाधानका लागि संसदीय समिति गठनको माग

    काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले देशभरका कारागारमा बढ्दो समस्या समाधानका लागि संसदीय अध्ययन समिति गठन गर्न माग गरेका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले कारागार सुधारका लागि पूर्वनिर्धारित नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या चुलिँदै गएको बताए।"गृह प्रशासन सुधार योजना–२०७८ अन्तर्गत तयार गरिएको कारागार सुधार अवधारणा पत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन र कारागारसम्बन्धी दीर्घकालीन समाधान खोज्न संसदीय अध्ययन समिति गठन गर्न आवश्यक छ," उनले भने।साउदले कैदीबन्दीहरू पनि समाजकै हिस्सा भएको भन्दै उनीहरूका न्यूनतम मानव अधिकारक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 434 पटक पढिएको
  • फास्ट ट्रयाकको काम ०८३ सालसम्म सक्न कठिन

    काठमाडौं – रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) ०८३ सालसम्म सक्न कठिन रहेको जानकारी दिएका छन् । बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले फास्ट ट्रयाकको काम ०८३ भित्र सक्ने सम्भावना कठिन भएको बताएका हुन् । मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशंका रह्यो । ०८३ नआइकन भन्नपनि सकिदैन् । तर मेलम्चीको आयोजना लम्बिदैन् ।’ उनले नेपालमा फास्ट ट्रयाकको काम गर्दा जमिन र जङगल सम्बन्धिका कानुनले अप्ठ्यारो पर्ने बताए । ‘नेपाल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 443 पटक पढिएको
  • क्यासिनोबारे नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् ।विहीबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै, ‘हिमालकै कारण नेपाल चिनिन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो ’ भने । उनले पर

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 413 पटक पढिएको
  • नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

    विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् । विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए । मुख्यमन्त्री कार्कीले नेपालमा संस्थाहरू खोलिने तर त्यसलाई ध्यान नदिइने प्रवृत्तिको आलोचना गर्दै पुराना संरचनाहरू पुनर्संरचना गरेर क्रियाशील बनाउनुपर्ने आवश्यकता औल्याएका छन् । उनले भनेका छन्,‘संरचनाहरू छन् तर त्यसले रिजल्ट दिएको छैन । अब पुनर्संरचना गरेर अगाडि बढ्नुपर्छ ।’बा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 260 पटक पढिएको
  • नेपाल सद्भावना पार्टी पुनर्गठन, १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता

    काठमाडौं –नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए  ।पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 372 पटक पढिएको
  • किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा

    काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 427 पटक पढिएको
  • खेलाडीहरुका लागि उचित र उपयुक्त वातावरण बनाउनुपर्ने

    काठमाडौं – नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले खेलाडीहरुको लागि उचित र उपयुक्त खालको वातावरण बनाउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्ने भन्दै सरकारले यसतर्फ विशेष ध्यान जानुपर्ने बताए । उनले भने, ‘सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्ने हो भने नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्छन् भन्ने कुरा स्पष्ट भएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 381 पटक पढिएको
  • ‘प्रधानमन्त्रीले ‘शुसासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन् ।प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् । उनले गृहमन्त्री रमेश लेखक माथि लागेका आरोपहरूको चर्चा गर्दै रामहरि खतिवडाको राजीनामालाई नैतिकताको उदाहरणको रूपमा प्रस्तुत गरिन् ।‘नैतिकता जागेर रामहरि खतिवडाले राजीनामा दिनुभयो,’उनले भनिन्, ‘तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूको नैतिकता जोगाउन उहाँको आफ्नै मानविया

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 475 पटक पढिएको
  • कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन् : सांसद प्रधान

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुव बहादुर प्रधानले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा विचार गर्नुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर कुलिङ पिरियडमा भएको त्रुटी सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा सोच्नुपर्ने बताए । यद्यपी उनले नैतिकताका आधारमा राजीनामा दिएर संसदको सम्मान बढेको अनुभूति भएको बताए । संसदको सम्मान बढेको अनुभूति भएको छ । राज्य व्यवस्थ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 498 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा