राजनीति

    Showing 1,761-1,770 of 10,434 items.
  • प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनका समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि केन्द्रित छलफल हुने बताइएको छ ।छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्य

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 501 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ ।बैठकका लागि रास्वपाले ९ बुँदे एजेन्डा तय गरेको छ, जसमा पार्टी गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ तथा केन्द्रीय समिति पदाधिकारी मनोनयनका विषयमा छलफल हुने उल्लेख छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 424 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो ३ बस्न लागेको हो ।यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीतको कार्य गरेको भन्दै प्रष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 430 पटक पढिएको
  • दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन र समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमनबारे छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 480 पटक पढिएको
  • मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ ।त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 440 पटक पढिएको
  • कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

    काठमाडौं— नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो ।पार्टीले नेपालको संविधान २०७२ सालमा संविधानसभामार्फत जारी भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा, कार्यान्वयन र समयानुकूल संशोधन नेपाली कांग्रेसको मूल दायित्व भएको जनाएको छ ।कांग्रेसले संविधानलाई गतिशील र परिवर्तनशील दस्तावेज भन्दै नागरिक भावना, सुशासन, प्रभावकारी सेवा प्रवाह, संघीयता का

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 432 पटक पढिएको
  • वीरगन्जमा मुख्य सडक विस्तार सुरु, डोजर चलाएर काम अगाडि बढाइयो

    वीरगन्ज— लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ । बिहान करिब ५ बजेदेखि सडक डिभिजन कार्यालय हेटौँडाको पहलमा डोजर परिचालन गरी संरचना हटाउने काम थालिएको हो ।वीरगन्जस्थित त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक खण्डलाई फराकिलो बनाउने लक्ष्यसहित दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने अभियान अघि बढाइएको छ । सो क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी स्वयं स्थलमै पुगेर अनुगमन गरेका छन् ।वर्षौँदेखि विभिन्न कारणले रोकिँदै आएको यो योजना कार्यान्वयनमा आएपछि मुख्य सडक व्यवस्थित र फराकिलो बन्ने अपेक्ष

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 462 पटक पढिएको
  • बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै

    मकवानपुर— बागमती प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत आज बिहान ११ बजे बैठक बस्ने भएको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बैठकमा गत २५ र २६ चैतमा प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक तथा दफाबार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।उनका अनुसार सदनमा उठेका विषयहरूलाई सम्बन्धित समितिमा पठाई विस्तृत अध्ययन तथा दफाबार छलफल गरिनेछ ।“समितिबाट प्राप्त सुझावका आधारमा विधेयकहरूलाई परिमार्जन गरी प्रतिवेदन तयार पारिनेछ,” उनले बताए ।यद्यपि, सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच सहमति नजुट्दा यस अधिवेशनमा सभामुख चयन प्रक्रिया अघि बढ्ने सम्भावना न्यून देखिएको छ ।कांग्रेस नि

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 453 पटक पढिएको
  • राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह

    इस्तानबुल (टर्की)—  राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ ।अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेट गरेका हुन् ।भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो ।द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देश बिचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरू आ

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 474 पटक पढिएको
  • पूर्णबहादुर खड्काले बोलाए बैठक

    काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन् ।बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । छलफलपछि निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.