काठमाडौं— संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ ।मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ ।दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ ।समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ ।
काठमाडौं— ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौंका सडकमा मानिसहरू किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरूको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौंलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’ काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान पशुपति क्षेत्रमा सहयोगापेक्षीको अवस्थाको स्थलगत अवलोकन गरिसकेपछि यस्तो योजना सुनाइन् । अवलोकनका क्रममा पशुपति क्षेत्रका सुरक्षाकर्मीले माग्नका लागि मोटरसाइकल चढेर व्यक्तिहरू आउने गरेको अनुभव सु
काठमाडौं— टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका छन् । बुधबार सार्वजनिक सूचीमा प्रधानमन्त्री शाह पनि अटाएका हुन् ।टाइम म्यागेजिनले युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएकाले उनलाई सूचीमा राखेको उल्लेख गरेको छ । काठमाडौं महानगरको मेयर हुँदै तीन करोड नेपालीको नेतृत्व गर्ने हैसियतमा उनी पुगेको टाइम म्यागेजिनले उल्लेख गरेको छ ।सामाजिक सञ्जालमा उनको पोस्ट उल्लेख गर्दै टाइम म्यागेजिन लेख्छ, 'पुराना र नयाँ सबै नेता चोर हुन् । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए । नेपालीहरू अहिले बालेनले आफ्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा र अन्य विविध विषयमा छलफल हुने छ ।
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् ।बुधबार सभामुख डीपी अर्याल र उद्योगमन्त्री गौरीबिच भेटवार्ता भएको हो ।उनीहरुबीच भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन् ।साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन् ।प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उनले समानुपातिक सांसदहरूको ‘मिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे ।प्रधानमन्त्री शाहले सांसदहरूलाई भने, ‘तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईँहरू देशभरका आफ्ना क्लस्टरका ल
काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि मन्त्री कुँवरल पदबाट राजीनामा दिएका हुन् ।बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३० बजे का लागि बोलाएका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालको वर्तमान कानुनी व्यवस्था, विशेषगरी नेपाल नागरिकता नियमावलीको पछिल्लो संशोधनप्रति गम्भीर आपत्ति जनाएकी छन् ।मंगलबार सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ प्रति असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त नियमावलीका केही प्रावधानहरूले प्रवासी नेपालीहरूलाई विभेद गरेको टिप्पणी गरेकी हुन् ।सांसद तामाङले नियमावलीको नियम ७ (क) र त्यससँग सम्बन्धित कार्यविधिहरूले विदेशको स्थायी बसोबास अनुमति (पिआर) त्यागेको तीन महिनापछि मात्र केही राजनीतिक तथा प्रशासनिक अधिकारका लागि योग्य हुने व्यवस्था राखिएको
काठमाडौं— मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका हुन्।बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा माघ २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन्।राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.