काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १६ वर्षमा बिहे गरे ओली झन् खुसी हुन सक्ने बताए ।केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, "अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।"
काठमाडौं— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् । उनले भने, ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ । यदी हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त । त्यो चाहीं महास
झापा— प्याप्सन झापामा १४औं जिल्ला अधिवेशनपछि आन्तरिक मतभेद सतहमा आएको छ। अध्यक्षमा छत्र कार्की विजयी भएपछि प्रतिस्पर्धी जनार्दन ढकाल पक्षले बेवास्ता गरिएको आरोप लगाउँदै झापा क्लस्टर प्याप्सनको नाममा समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ।शिवशताक्षीमा हालै सम्पन्न कर, सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा १५३ प्रिन्सिपलको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रम जनार्दन ढकालको अध्यक्षतामा भएको थियो, जसमा संगठनको समावेशीपनमाथि प्रश्न उठाइयो।अर्कोतर्फ, अध्यक्ष कार्कीले पराजित समूहलाई सल्लाहकारको रूपमा समेट्ने प्रयास गरिएको दाबी गर्दै विभिन्न पालिकासँगको समन्वयमा कार
झापा— निजी विद्यालयहरूको पारदर्शिता, सामाजिक सुरक्षा र कर प्रणालीबारे जानकारी दिन झापा क्लस्टर प्याप्सनले शिवशताक्षीस्थित वाटर किङ्गडम पार्कमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा शिवशताक्षी नगरपालिका–८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले शिक्षासँग जोडिएका यस्ता विषयगत कार्यक्रमहरूमा स्थानीय तहको समेत चासो रहेको भन्दै यस्ता प्रयासहरूलाई स्वागतयोग्य बताए।गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापाले निजी विद्यालयहरूले पारदर्शिता, उत्तरदायित्व तथा सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए
विर्तामोड— विकास निर्माण र कृषि क्षेत्रका समस्याहरू समाधान गर्न ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस झापाको प्रतिनिधि मण्डलले बुधबार काठमाडौंमा तीन मन्त्रालयका जिम्मेवार मन्त्रीहरूसँग भेटवार्ता गरेको छ।जिल्ला सभापति देउकुमार थेबे नेतृत्वको प्रतिनिधि मण्डलले पहिलो भेट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग गरेको थियो। भेटमा प्रतिनिधि मण्डलले एसियन हाईवे निर्माणका क्रममा बिर्तामोड बजार क्षेत्रको सौन्दर्य र व्यापारमा असर नपुग्ने गरी व्यवस्थित फ्लाइओभर निर्माण गर्न सुझाव दिएको छ। कलंकीको जस्तै बाइपास निर्माण गरी बजार क्षेत्रको सन्तुलन कायम गर्नुपर्ने सुझाव प्रतिनिधि मण्डलले दिएको हो
रुपन्देही— जनताको सेवा भावनासहित सक्रिय रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्व गृहमन्त्री रबि लामिछानेले रुपन्देही कारागारमा रहेका कैदीबन्दीका लागि २१ थान पंखा उपलब्ध गराएका छन्।२५० कैदी क्षमता भएको रुपन्देही कारागारमा हाल करिब ६०० कैदीबन्दी रहेका छन्। अत्यधिक गर्मी (४० डिग्री सेल्सियस हाराहारी) को बीचमा पंखाको अभावमा बसेका कैदीहरूले लामो समयदेखि कारागार प्रशासनसँग सहयोगको माग गर्दै आएका थिए। कैदीहरुले आफुहरुले माग गरेपनि प्रशासनले सो बारे बेवास्ता गरेको उनीहरूको गुनासो छ।पूर्व गृहमन्त्री समेत भएका लामिछाने कारागार निरीक्षणका क्रममा कैदीबन्दीहरूले पंखाको माग गर्दै
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदैछन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज आज स्वदेश फर्किन लागेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसं
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धीमा छलफल हुने रास्वपाले जनाएको छ ।पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेदेखि केन्द्रीय विभाग र प्रद
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि माग गरे ।उनले भने, ‘यति दुइटा कुरा भयो विद्यार्थीहरुको ९० प्रतिशत जवाफ त्यही हुन्छ । यी दुईटा काम गर्नको लागि व्यवस्था परिवर्तन गर्न पर्दैन । सजिलै सरकारले गर्ने कुरा हो। मेरो नेतृत्वको सरकारले अगाडि बढाइसकेको छ । त्यसलाई अन्तिम रुप दिइयोस् ।’उनले शिक्षा विधेयक आउन सरकारकै कारणले ढिलाइ भइरहेको आरोप लगाए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.